काठमाडौं । एनसीसी बैंक लिमिटेडको आगामी साउन १५ गते बुक क्लोज हुने भएको छ । बैंकले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनको लागि उक्त एक दिन कम्पनीको कारोबारको दर्ता किताब बन्द गर्न लागेको हो ।
बैंकले हाल कायम रहेको चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत(२ः१को अनुपातमा) हकप्रद जारी पश्चात बैंकको पुँजी ७ अर्ब रुपैयाँ नाघ्ने छ ।