सार्क विकास कोषले नेपालका साना उद्योगलाई सघाउने

<p>काठमाडौं । सार्क विकास कोषले नेपालका साना उद्योगहरुको विकास र प्रवद्र्धनमा सघाउने भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ र सार्क चेम्बर अफ कमर्शको नेतृत्वबिच भएको बैठकले कोषको रकमबाट नेपालका साना उद्योगहरुको प्रवद्र्धनमा सघाउने सहमति भएको हो । दिल्लीमा सम्पन्न बैठकमा महासंघकी अध्यक्ष भवानी राणा, सार्क उद्योग वाणिज्य संघका अध्यक्ष रुवान इदिरिसिंहे, सार्क उद्योग बाणिज्य [&hellip;]</p>

काठमाडौं । सार्क विकास कोषले नेपालका साना उद्योगहरुको विकास र प्रवद्र्धनमा सघाउने भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ र सार्क चेम्बर अफ कमर्शको नेतृत्वबिच भएको बैठकले कोषको रकमबाट नेपालका साना उद्योगहरुको प्रवद्र्धनमा सघाउने सहमति भएको हो ।

दिल्लीमा सम्पन्न बैठकमा महासंघकी अध्यक्ष भवानी राणा, सार्क उद्योग वाणिज्य संघका अध्यक्ष रुवान इदिरिसिंहे, सार्क उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चण्डिराज ढकाल, विकास कोषका प्रमुख कार्यकारी अधिकृत डा. सुनिल मोतिवाल सहभागी थिए ।

उक्त बैठकमा नेपालमा साना तथा मझौला उद्यम व्यवसायमा समयवद्ध परियोजनामा सहयोग गर्नेमा कोषले प्रतिवद्धता जनाएको हो ।
सार्क विकास कोषले सार्क सदस्य राष्ट्रहरूमा सम्भाव्य परियोजनालाई अगाडी बढाउने बताईएयो । नेपालको सन्दर्भमा अर्थतन्त्रमा सवैभन्दा बढी योगदान रहेको साना उद्योगहरुकोे विस्तार तथा उनीहरूलाई पछिल्लो प्रविधिबाट सुसज्जित बनाउन आवश्यक रहेको र यसो हुन सकेमा नेपालको अर्थतन्त्रलाई अगाडी बढाउन थप सहयोग पुग्ने धारणा महासंघका तर्फबाट राखिए पछि कोषबाट सहयोग गर्ने प्रतिवद्धता आएको थियो । नेपालको अर्थतन्त्रमा करिव ९० प्रतिशत योगदान रहेको अनुमान गरिएको छ ।

Share News