काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले बाराको निजगढ नगरपालिका स्थित निजगढ बजारमा शाखा खोलेको छ । पर्साको विरगञ्ज लिंकरोडमा रहेको बैंकले (साबिकको एस डेभलपमेण्ट बैकं लि.) स्थित शाखालाई बाराको निजगढमा स्थानान्तरण गरेको हो ।
२५ हजार बढी जनसंख्या रहेको प्रदेश नम्बर २ स्थित निजगढका स्थानीयलाई यो शाखाले वित्तिय कारोबारमा सहजता प्रदान गर्ने अपेक्षा लिइएको छ । बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको हो ।
हाल बैंकको १०० वटा एटिएम पुगेको छ भने ७ वटा एक्स्टेन्सन काउन्टर रहेको छ । बैंकले ५७ वटा शाखारहित बैंकिङ्ग सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य रहेको एटिएम मार्फत सेवा दिँदै अाएकाे छ ।