आयल निगमको वार्षिक साधारणसभा साउन ११ गते, पुँजी बढाउन बोनस सेयर जारी गर्ने

<p>काठमाडौं । नेपाल आयल निगमको ३६औंँ वार्षिक साधारणसभा आगामी साउन ११ गते हुने भएको छ । निगम सञ्चालक समितिको बैठकले उक्त दिन कम्पनीको साधारणसभा बस्ने निर्णय गरेको हो । यस कम्पनी साउन ११ गते शुक्रबार दिउँसो १ बजे आफ्नै केन्द्रिय कार्यालय बबरमहलमा साधारणसभा बस्दै छ । सभामा कम्पनीले बोनस सेयर जारी गरी निगमको चुक्ता पुँजी [&hellip;]</p>

काठमाडौं । नेपाल आयल निगमको ३६औंँ वार्षिक साधारणसभा आगामी साउन ११ गते हुने भएको छ । निगम सञ्चालक समितिको बैठकले उक्त दिन कम्पनीको साधारणसभा बस्ने निर्णय गरेको हो ।

यस कम्पनी साउन ११ गते शुक्रबार दिउँसो १ बजे आफ्नै केन्द्रिय कार्यालय बबरमहलमा साधारणसभा बस्दै छ ।

सभामा कम्पनीले बोनस सेयर जारी गरी निगमको चुक्ता पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव लैजाँदै छ । तर कम्पनीले यति मात्रामा बोनस सेयर जारी गर्ने भन्ने बारेमा भने खुलाएको छैन ।

त्यस्तै, सभामा निगमले विभिन्न साधारण प्रस्तावहरु लैजाँदै छ । निगमले आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने भएको छ ।

त्यस्तै, ३६औँ वार्षिक साधारणसभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सेयरधनीहरु तथा सञ्चालकहरुको तर्फबाट एक/एक जना प्रतिनिधि तोक्ने निगमको प्रस्ताव रहेको छ । साथै, सभाले सञ्चालक समितिका सदस्यको सञ्चार भत्ताको अनुमोदन गर्ने भएको छ ।

Share News