काठमाडौं । बिहीबारको सेयर बजार करिब साढे एक घण्टामै दोहोरो अंकले उकालो लागेको छ । सो दिन कारोबार खुलेदेखि बजार उकालो लाग्ने क्रममा रहेको छ । करिब १२ बजेर २० मिनेट जाँदा नेप्से परिसूचक १६ अंकले उकालो लागेर १२०० अंक पार गरेको छ । सो अवधिसम्म परिसूचक १.४३ प्रतिशतले बढेर १२०५ अंकमा पुगेकाे छ ।

बजारमा कारोबारमा आएका सबै समूह हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूह १०९ अंकले उकालो लागेको छ । त्यस्तै, अन्य र फाइनान्स समूह सामान्य अंकले बढेको छ भने बाँकी समूह दोहोरो अंकले बढेका छन् ।
