अपर तामाकोशीको आईपीओ २२ दिनपछि सर्यो, आवेदन गर्ने दिन पनि बढ्यो

<p>काठमाडौं । अपर तामाकोशी हाइड्रो पावर कम्पनीको आईपीओ २२ दिन पछि सरेको छ । यस अघि असार २४ गतेदेखि साउन ९ गतेसम्म आयोजना प्रभावितका लागि १० प्रतिशत सेयर निष्काशन गर्ने भनिएको थियो । तर अब त्यसको ठिक २२ दिन पछि अर्थात साउन १६ गतेदेखि भदौ १४ गतेसम्म सेयर खुल्ला गरिनेछ । जिल्ला समन्वय समिति दोलखाको [&hellip;]</p>

काठमाडौं । अपर तामाकोशी हाइड्रो पावर कम्पनीको आईपीओ २२ दिन पछि सरेको छ । यस अघि असार २४ गतेदेखि साउन ९ गतेसम्म आयोजना प्रभावितका लागि १० प्रतिशत सेयर निष्काशन गर्ने भनिएको थियो । तर अब त्यसको ठिक २२ दिन पछि अर्थात साउन १६ गतेदेखि भदौ १४ गतेसम्म सेयर खुल्ला गरिनेछ ।

जिल्ला समन्वय समिति दोलखाको आग्रह अनुसार सेयर खुल्ला गर्ने मिति सारिएको तामाकोशी हाइड्रो पावर कम्पनीका विज्ञान न्यौपानेले बताए । उनले बर्षातको समयमा सेयर आवेदन गर्न कठिन हुने भएकाले असारबाट पछि सारेर मध्य साउन पुर्याईको बताए ।
आयोजना प्रवद्र्धक अपरतामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीयबासिन्दा र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

जसअनुसार आयोजना प्रभावित स्थानीय बासिन्दालाई १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ९० लाख कित्ता र सर्वसाधारणलाई १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ कित्ता आईपीओ निष्कासन हुन लागेको हो ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दालाई निष्कासन हुने बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ । आयोजना प्रभावितले प्रतिकित्ता न्युनतम ३० देखि अधिकतम ३०० र सर्वसाधारणले ५० देखि बढीमा १ हजार कित्तासम्म आईपीओ भर्न पाउने कोषले जानकारी दिएको छ ।

Share News