माछापुच्छ्रे बैंकद्धारा बालुवाटारदेखि भाटभटेनीसम्म वृक्षारोपण सम्पन्न

<p>काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले बालुवाटार शाखादेखि भाटभटेनीसम्म वृक्षारोपण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा बुधबार म.पा. ४ वडाको मुल सडक बालुवाटार राष्ट्र बैंक चोकको वरपर बिरुवा रोपेको हो । बैंकले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय वातावरण बनाउन प्रगतिशील धारा सुधार समितिसँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो [&hellip;]</p>

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले बालुवाटार शाखादेखि भाटभटेनीसम्म वृक्षारोपण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा बुधबार म.पा. ४ वडाको मुल सडक बालुवाटार राष्ट्र बैंक चोकको वरपर बिरुवा रोपेको हो ।

बैंकले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय वातावरण बनाउन प्रगतिशील धारा सुधार समितिसँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त वृक्षारोपण कार्यक्रमको उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका छन् । माछापुच्छ्रे बैंकको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत अर्जुन थापाले वृक्षारोपण गरी कार्यक्रममा आफ्नो सक्रिय सहभागिता जनाएका छन् ।

बैंकले हाल ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा मार्फत सेवा दिँदै आएको छ । साथै, बैंकको देशभर ९१ वटा एटीएमहरु संचालनमा रहेको छ ।

Share News