नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि, ५ कम्पनीको एक करोड बढीको सेयर किनबेच

<p>काठमाडौं । लगातार ओरालो लागिरहेको बजार बुधबार भने एकाएक  उकालो लागेको छ । दिनभरको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ८.०४ अंकले बढेर ११८८ अंकमा पुगेको छ । त्यस्तै, कुल १६९ कम्पनीको २५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । जुन रकम मंगलबारको तुलनामा [&hellip;]</p>

काठमाडौं । लगातार ओरालो लागिरहेको बजार बुधबार भने एकाएक  उकालो लागेको छ । दिनभरको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ ।

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ८.०४ अंकले बढेर ११८८ अंकमा पुगेको छ । त्यस्तै, कुल १६९ कम्पनीको २५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । जुन रकम मंगलबारको तुलनामा ६ करोड रुपैयाँ बढी हो ।

बजारमा विभिन्न ५ कम्पनीको एक करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी छिमेक लघुवित्त विकास बैंकको एक करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, नागबेली लघुवित्त विकास बैंक, नबिल बैंकको प्रमोटर सेयर र सानिमा माई हाइड्रोपावरको एक करोड माथिको कारोबार भएको हाे ।

बजारमा कारोबारमा आएका सबैसमूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा ६० अंकले उकालो लागेको छ । त्यस्तै, बैकिङ, फाइनान्स र अन्य समूह सामान्य अंकले उकालो लागेका छन् भने बाँकी बाँकी समूह दोहोरो अंकले बढेका छन् ।

Share News