काठमाडौं । सामान्यतय सरकारी निकायका कर्मचारीले मासिक कति तलब खान्छन् ? ३० हजार ५० हजार १ लाख ? तर काठमाडौं खानेपानी लिमिटेडका परामर्शदाताले मासिक ३ लाख तलब खाँदै आएका छन् ।
लिमिटेडमा परामर्श दाताको रुपमा फागुन २० गते नियुक्ति भएका तिलकमाेहन भण्डारी दैनिक १० हजार तलब खाँदै आएका छन् । उनको समयअवधि ४ सय ५० दिनको रहेको छ । उनले सो समयअवधिमा लिमिटेडले ४५ लाख लिनेछने । फागुन २० गतेनै नियुक्ती पाएका वसन्त जोशीले ३ सय १२ दिनमा २४ लाख ९६ हजार लिनेछन् ।
यस्तै ९० दिनका लागि नियुक्ति लिएका ढुण्डीराज दाहालले दैनिक ८ हजार पारिश्रमिक लिदैं आएका छन् । उनले कार्यअवधिभर ७ लाख २० हजार लिनेछन् । यसैगरी विमलप्रसाद ढकाले ३ सय १२ दिनमा १८ लाख तलब लिनेछन् । ३१२ दिनकै लागि नियुक्ति पाएका निर्मल तण्डुकारले दैनिक ५ हजार ७६९ पारिश्रमिक लिदैं आएका छन् । उनले कार्यअवधी भर १८ लाख लिनेछन् ।
५ जनालाई नै करारमा नियुक्ति गरिएको लिमिटेडका प्रवक्ता सुरेश आचार्यले बताए । आचर्यका अनुसार उनीहरुलाई एडीबीको शर्त अनुसार गरिएको हो । उनीहरूकाे समयअवधि सकिएपछि करार थप नहुने अाचार्यले बताए ।
५ जना परामर्श दातालाई लिमिटेडले करिब १ करोड १४ लाख खर्च गर्नेछ ।
