सरकारले प्रसारणलाइन गुरुयोजना ल्यायो, ६ खर्ब थप लगानी चाहिने

<p>काठमाडौं । सरकारले थप ६ खर्ब रुपैयाँ लगानी हुने गरी प्रसारणलाइन गुरुयोजना ल्याएको छ । १३२, २२० र ४०० केभी क्षमताका प्रसारणलाइन र सवस्टेशन बनाउन यो रकम आवश्यक पर्ने देखिएको हो । जसअनुसार ३ खर्ब ७० अर्ब प्रसारणलाइन प्रणाली र २ खर्ब २७ अर्ब रुपैयाँ सवस्टेशन निर्माणमा लगानी आवश्यक पर्ने देखिएको छ । राष्ट्रिय प्रसारण [&hellip;]</p>

काठमाडौं । सरकारले थप ६ खर्ब रुपैयाँ लगानी हुने गरी प्रसारणलाइन गुरुयोजना ल्याएको छ । १३२, २२० र ४०० केभी क्षमताका प्रसारणलाइन र सवस्टेशन बनाउन यो रकम आवश्यक पर्ने देखिएको हो । जसअनुसार ३ खर्ब ७० अर्ब प्रसारणलाइन प्रणाली र २ खर्ब २७ अर्ब रुपैयाँ सवस्टेशन निर्माणमा लगानी आवश्यक पर्ने देखिएको छ ।

राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नेत्र ज्ञवालीले प्रसारणलाइनमा लगानी फिर्ता हुन २५ वर्षसम्म समय लाग्ने भन्दै सरकाले बनाउनु पर्ने बताए । उनले १३२ केभी क्षमताका २ हजार ५१५, २२० केभी क्षमताको १ हजार ११६० र ४०० केभी क्षमताको ३ हजार १९२ किलोमिटर लामो प्रसारणलाइन आवश्यक भएको बताए ।

प्रसारणलाइन गुरुयोजना तयार भएकाले अब नदी वेसिनमा जलविद्युत आयोजना निर्माण र ऊर्जा प्रसार सहज हुने बताए ।
ऊर्जामन्त्री पुनले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारको योजनालाई प्रसारणलाइन गुरुयोजनाले समधान गरेको बताए । अब निजी लगानीकर्ताले बिजुली खरिदबिक्री नहोला भनेर चिन्ता लिनुपर्ने अवस्था नरहेको स्पष्टपारे ।

उनले ८०० मेगावाट क्षमताका विभिन्न आयोजना बनाउन चीनबाट मात्रै २ खर्ब रुपैयाँ लगानी आउने उनले जानकारी दिए । नयाँ प्रसारणलाइन गुरुयोजनाको मन्त्री पुनले सार्वजनिक गरेका छन् ।

Share News