काठमाडौं । वैदेशिक रोजगार विभाग ताहाचलमा कार्यरत सवारी चालक दामोदर रेग्मी विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

सेवाग्राहीसँग ६ हजार घुस लिएको प्रमाणित भएपछि उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।
अख्तियारले रेग्मीलाई घुस सहित रंगेहात पक्राउ गरेको थियो । उनीमाथी बिगो र जरिवाना कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र सोही दफाको उपदफा १ बमोजिम मुद्दा अघि बढ्नेछ ।