विनियोजन विधेयक पारित

<p>काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको विधेयक बहुमतले पारित गरेको हो । बैठकले ‘आर्थिक विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । सो विधेयकमाथि यही असार १८ गते सोमबार छलफल हुने कार्यसूची तय गरिएको सभामुख कृष्णबहादुर महराले सदनलाई जानकारी [&hellip;]</p>

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको विधेयक बहुमतले पारित गरेको हो । बैठकले ‘आर्थिक विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

सो विधेयकमाथि यही असार १८ गते सोमबार छलफल हुने कार्यसूची तय गरिएको सभामुख कृष्णबहादुर महराले सदनलाई जानकारी गराए ।यसैगरी ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७५’ र ‘ऋण तथा जमानत बाइसौँ संशोधन विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत गरेको छ । त्यसअघि सांसदहरुले प्रस्तुत गर्नुभएका विभिन्न मन्त्रालयको खर्च कटौतीसम्बन्धी प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । रासस

 

–––

Share News