आइएमई पे र टुटलबीच यात्राको सेवा शूल्क भुक्तान गर्ने सम्झौता

<p>काठमाडौं । ‘आइएमई पे’ र टुटलबीच यात्राको सेवा शूल्क भुक्तान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा ‘आइएमई पे’ का तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र टुटलका तर्फबाट संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत सिक्षित भट्टले हस्ताक्षर गरेका छन्। सम्झौता पश्चात टुटलका सेवाग्राहीहरूले आफुले प्रयोग गरेको यात्राको सेवा शूल्क अबदेखि ‘आइएमई पे’ मार्फत भुक्तान गर्न [&hellip;]</p>

काठमाडौं । ‘आइएमई पे’ र टुटलबीच यात्राको सेवा शूल्क भुक्तान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा ‘आइएमई पे’ का तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र टुटलका तर्फबाट संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत सिक्षित भट्टले हस्ताक्षर गरेका छन्।

सम्झौता पश्चात टुटलका सेवाग्राहीहरूले आफुले प्रयोग गरेको यात्राको सेवा शूल्क अबदेखि ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सक्ने व्यवस्था मिलाइएको छ । टुटल सेवा मार्फत सम्पर्कमा आएका यात्रु एवम् चालकहरुले कुनै पनि आइएमईका व्यावसायिक साझेदार वा ‘आइएमई पे’ बाट सेवा शूल्क संकलन तथा भुक्तान गर्न सक्ने कम्पनीले जनाएको छ ।

Share News