विदेशीबाट ऋण ल्याएर बूढीगण्डकी जलविद्युत् आयोजना सञ्चालन गर्न सुझाव

<p>काठमाडौं । प्रतिनिधिसभाको आज(आइतबार)को बैठकमा विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकअन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयका शीर्षकमाथि छलफल भएकाे छ । छलफलमा नेकपाका राधा ज्ञवालीले विदेशीबाट ऋण ल्याएर बूढीगण्डकी जलविद्युत् आयोजना सञ्चालन गर्न माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा निजी क्षेत्रसँग करीब ९०० मेगावाटका विद्युत् [&hellip;]</p>

काठमाडौं । प्रतिनिधिसभाको आज(आइतबार)को बैठकमा विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकअन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयका शीर्षकमाथि छलफल भएकाे छ । छलफलमा नेकपाका राधा ज्ञवालीले विदेशीबाट ऋण ल्याएर बूढीगण्डकी जलविद्युत् आयोजना सञ्चालन गर्न माग गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा निजी क्षेत्रसँग करीब ९०० मेगावाटका विद्युत् आयोजनामा लगानी ल्याउने सहमति हुनु सकारात्मक रहेको बताएका छन् । राष्ट्रिय जनता पार्टीका अनिलकुमार झाले परराष्ट्र सेवालाई समावेशी बनाउन बजेट विनियोजन हुनुपर्ने बताए । उनले सरकारलाई कुनै मुलुकप्रति नजिक नभई राष्ट्रवादीरुपमा काम गर्न आग्रह गरेका छन् ।

छलफलमा विमलप्रसाद श्रीवास्तव, लालबहादुर थापा, सत्यनारायण खनाल, यज्ञबहादुर बोगटीलगायतले भाग लिएका थिए । ती मन्त्रालयमाथिको छलफल आगामी बैठकमा जारी रहनेछ ।

सभामुख कृष्णबहादुर महराले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको छलफल यही असार ११ गतेको बैठकमा हुने जानकारी गराएका छन् । अर्को बैठक असार ११ गते सोमबार बिहान ११ बजे बस्नेछ । रासस

Share News