सनराइज बैंकको रेमिट्यान्स सेवा अब भारतको एक्सिस् बैंकबाट पनि

<p>काठमाडौं । सनराइज बैंक लिमिटेडले रेमिट्यान्स सेवा बिस्तार गर्ने क्रममा भारतको एक्सिस् बैंकसंग रेमिट्यान्स सम्बन्धी सम्झौता गरेको छ । यसबाट भारतमा बस्दै आएका नेपालीहरुले एक्सिसकाे कुनै पनि शाखाबाट नेपालमा सनराइज बैंकको खातामा सजिलै पैसा पठाउन सक्नेछन् । &nbsp; एक्सिस् बैंकको भारतमा ३३०० भन्दा बढी शाखाको संजाल छ । यस रेमिटेन्स सम्झौतासंगैै भारतको जुनसुकै ठाँउबाट पठाएको पैसा [&hellip;]</p>

काठमाडौं । सनराइज बैंक लिमिटेडले रेमिट्यान्स सेवा बिस्तार गर्ने क्रममा भारतको एक्सिस् बैंकसंग रेमिट्यान्स सम्बन्धी सम्झौता गरेको छ । यसबाट भारतमा बस्दै आएका नेपालीहरुले एक्सिसकाे कुनै पनि शाखाबाट नेपालमा सनराइज बैंकको खातामा सजिलै पैसा पठाउन सक्नेछन् ।

 

एक्सिस् बैंकको भारतमा ३३०० भन्दा बढी शाखाको संजाल छ । यस रेमिटेन्स सम्झौतासंगैै भारतको जुनसुकै ठाँउबाट पठाएको पैसा सेवाग्राहीहरुले सनराइजको जुनसुकै शाखाबाट झिक्न सकिने छ । हाल सनराइजको ८८ वटा शाखा र ३ वटा एक्स्टेन्सन् काउन्टर सञ्चालनमा छन् ।

Share News