प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर

<p>बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको छ । भ्रमणको आज तेस्रो दिन ग्रेट हल अफ पिपलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको हो । सो कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ सहभागी थिए । त्यसअघि प्रधानमन्त्री ओलीले चिनियाँ जनकांग्रेस स्थायी समितिका अध्यक्ष लि झाङसुसँग भेटवार्ता गरेका थिए [&hellip;]</p>

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको छ । भ्रमणको आज तेस्रो दिन ग्रेट हल अफ पिपलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको हो ।

सो कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ सहभागी थिए । त्यसअघि प्रधानमन्त्री ओलीले चिनियाँ जनकांग्रेस स्थायी समितिका अध्यक्ष लि झाङसुसँग भेटवार्ता गरेका थिए । ग्रेट हल अफ दि पिपलमा आज भएको भेटवार्तामा आपसीहित र द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो ।

प्रधानमन्त्री ओलीले चिनियाँ जनकंग्रेसको अध्यक्षमा निर्वाचित भएकामा लिलाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका थिए।

अध्यक्ष लिले नेपालको भूकम्प र त्यसले पारेको प्रभाव र पुनःनिर्माणमा भइरहेको प्रगतिका बारेमा प्रधानमन्त्री ओलीसँग जिज्ञासा राखेका थिए । भेटवार्तामा नेपाली प्रतिनिधिमण्डलको समेत सहभागिता थियो । रासस

Share News