पत्रकार रवि लामिछाने गैरकानुनी रुपमा पत्रकारितामा संक्रिय, न्यूज२४ टेलिभिजन पनि विवादमा

<p>काठमाडौं । पत्रकार रवि लामिछाने गैरकानुनी रुपमा पत्रकारितामा सक्रिय भएको प्रमाणित भएको छ । उनले नेपाली नागरिकता त्यागेर अमेरिकाको नागरिकता लिएको र नेपालमा गैरकानुनी रुपमा पत्रकारिता गर्दै आएको सरकारी निकायहरुले प्रमाणित गरेका छन् । सञ्चार क्षेत्रको नियामक निकाय प्रेस काउन्सिलले उपलब्ध गराएको विवरणहरु अनुसार अध्यागमन विभाग, सूचना विभाग, श्रम विभाग, सूचना तथा सञ्चार मन्त्रालय लगायत [&hellip;]</p>

काठमाडौं । पत्रकार रवि लामिछाने गैरकानुनी रुपमा पत्रकारितामा सक्रिय भएको प्रमाणित भएको छ । उनले नेपाली नागरिकता त्यागेर अमेरिकाको नागरिकता लिएको र नेपालमा गैरकानुनी रुपमा पत्रकारिता गर्दै आएको सरकारी निकायहरुले प्रमाणित गरेका छन् ।

सञ्चार क्षेत्रको नियामक निकाय प्रेस काउन्सिलले उपलब्ध गराएको विवरणहरु अनुसार अध्यागमन विभाग, सूचना विभाग, श्रम विभाग, सूचना तथा सञ्चार मन्त्रालय लगायत सबै सरकारी निकायले लामिछाने नेपालमा गैरकानुनी रुपमा पत्रकारितामा सक्रिय रहेको प्रमाणित गरेका छन् ।

अध्यागमन विभागले २०७५ जेठ ५ गते प्रेस काउन्सिललाई लेखेको पत्रमा अमेरिकी राहदानी नं. ५१२९६६९८१ वाहक रवि लामिछानेले सन् २०१८ अक्टोवर ४ सम्मका लागि गैर पर्यटन भिसा लिएका छन् । उनले नातेदार भिसा लिएका छन् ।

यस्तो भिसामा नेपालमा बस्ने विदेशीले नेपाल भित्र रहदा पारिश्रमिक लिई वा नलिई कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न पाउने छैन । उक्त व्यवस्था अध्यागमन नियमावली २०५१ को दफा २० को १ मा उल्लेख्य भएको र उपदफा २ मा ‘जुन उदेश्यले भिसा लिएको हो सो उदेश्य वाहेक अन्य काम गर्न नपाईले उल्लेख भएको विभागले खुलाएको छ ।

त्यस्तै सूचना तथा सञ्चार मन्त्रालयले पनि नेपाली मिडियामा र यस क्षेत्रमा कार्य गर्न नेपालमा प्रयाप्त जनशक्ति रहेको उल्लेख गर्दै न्यूज२४ मा काम गर्न चाहेका अमेरिकी नागरिक रवि लामिछानेलाई कार्य गर्न अनुमति नदिन अध्यागमन विभागलाई सुझाव दिएको छ ।

श्रम विभागले पनि अमेरिकी नागरिक रवि लामिछानेले श्रम स्वीकृति लिएको नदेखिएको जनाएको छ ।
लामिछानेले पत्रकारिता गर्नको लागि सूचना विभागबाट लिनुपर्ने प्रेस प्रतिनिधि प्रमाणपत्र समेत नलिएको पाइएको छ । विभागले प्रेस काउन्सिललाई २०७४ चैत्र १ गते पत्र लेख्दै विभागको अभिलेखमा रवि लामिछाने पत्रकार नभएको जनाएको छ ।

तर न्यूज २४ले रमिछानेलाई गैर कानुनी रुपमा वरिष्ठ कार्यक्रम संयोजक तथा वरिष्ठ प्रस्तोताको रुपमा स्थायी नियुक्ती पत्र दिएको र सो को जानकारी टेलिभिजनले १०७५ असार १६ गते जानकारी गराएको सूचना विभागले जनाएको छ ।

गृह मन्त्रालयले गत पुस देखि लामिछानेको बारेमा छानविन थाले पछि उनी गैरकानुनी रुपमा पत्रकारिता क्षेत्रमा सक्रिय भएको पुष्टि भएको काउन्सिलले जनाएको छ ।

लामिछानेले न्युज२४ टेलिभिजनमा ‘जनतासँग सिधा कुरा’ कार्यक्रम प्रस्तुत गर्दै आएका थिए । उक्त कार्यक्रमले गलत सूचना र विचार प्रस्तुत गरेको भन्दै कार्यक्रम प्रस्तोता विरुद्धा सूचना विभागमा दर्जनौ उजुरीहरु दर्ता भएको र पीडितहरुले आफूमाथि अन्याय भएको जनाएको प्रेस काउन्सिले जनाएको छ ।

Share News