काठमाडौं । लागूऔषध विरुद्धको एक हप्ते कार्यक्रम शुरु भएको छ । गृहमन्त्रालयले विभिन्न कार्यक्रम आयोजना गरी कार्यक्रम शुरु गरेको हो । अभियान असार १२ गतेसम्म चल्ने गृहसचिव प्रेम कुमार राईले जानकारी दिए ।

गृहसचिव राईले हाल वार्षिक ११ प्रतिशतका दरले लागुऔषधका प्रयोगकर्ता बढीरहेको विवरण पेश गर्दै यसलाई यो वर्ष पाँच देखि सात प्रतिशतमा झार्ने लक्ष्य सहित गृहमन्त्रालयले कार्ययोजना बनाएको बताए ।
एक हप्तामा नियन्त्रण सम्बन्धी नीति, ऐन, निर्देशिका तर्जुमा तथा परिमार्जन सम्बन्धमा छलफल, अन्तरक्रिया, गाँजा÷अफिम फडानी, प्रभातफेरी र सभा लगायतका कार्यक्रम आयोजना गरीने राईले जानकारी दिए ।
उनले नेपालमा हाल करिब एक लाख ५० हजार भन्दा बढी लागुओषध प्रयोगकर्ताहरु रहेको विवरण प्रस्तुत गर्दै यसको नियन्त्रका लागि कठोर रुपमा सरकार प्रस्तुत हुने तयारी गरीरहेको बताए ।