काठमाडौं । व्यवस्थित शहरको रुपमा प्रचार गरिदैं आएको नयाँ शहर ‘काठमाडौं उत्तर’को वृस्तिृत योजना प्रतिवेदन डीपीआर बनाउने जिम्मा फुल ब्राइट कम्पनीले पाएको छ ।

उपत्यका विकास प्राधिकरणले डीपीआरका लागि बोलपत्रमा सहभागी भएका ५ कम्पनीमध्ये फुल ब्राइट छनोट गरेको हो । कम्पनीले १ वर्षमा आयोजनाको प्रतिवेदन तयार पारी बुझाउने प्राधिकरणका प्रवक्ता भाइकाजी तिवारीले बताए । उनका अनुसार कम्पनीसँग प्राधिकरणले १ करोड ४२ लाखमा डीपीआर निर्माण गर्ने सम्झौता भएको छ ।
यसअघि प्राधिकरणमा आवेदन परेका कम्पनीले मापदण्ड पुरा नगरेको भन्दै रद्ध गरि पुन नयाँ बोलपत्र आव्हान गरेको थियो । टेण्डर प्रक्रियामा बिडीए, मल्टिी, सिनेका, ट्युस एण्ड फुल ब्रेज र सिभिल इन्फरमेटिभ सोलुसनले भाग लिएका थिए ।
‘काठमाडौं उत्तर’ नामक यो शहरले काठमाडौं जिल्लाको १० हजार रोपनी जमिन ओगट्नेछ । यसको पुर्वतिर सामाखुसी, टोखा रोड हुँदै बाइपाससम्म आउनेछ । त्यस्तै, पश्चिममा काभ्रेस्थली देखि बाइपास आउने मुल सडक पर्नेछ । उत्तरतर्फ भने सपनतिर्थ मालुङ हुँदै काभ्रेस्थलीको बाटोसम्म पुग्नेछ । दक्षिणमा भने यो शहरले ग्रीनल्याण् चौक देखि महादेवखोला काभ्रेस्थली मुल सडक छुनेछ ।
यस बाहेक काठमाडौं आग्नेय र काठमाडौं नैऋत्य शहर डिजाइनको जिम्मा पाएको इएमआरसी कम्पनीले पहिलो महिनाको रिपोर्ट बुझाइसकेको छ । १ लाख रोपनी क्षेत्रफलम बन्ने इशान काठमाडौं शहर डिजाइनको जिम्मा फिनल्याण्डको हेलेन एण्ड आर्किटेक जेभीले जिम्मा पाएको छ ।
सरकारले उपत्यकामा जनसंख्याको समानुपातिक वितरण गर्न नयाँ शहको निर्माणको सुरु गरेको हो । सरकारले उपत्यकामा जनसंख्याको समानुपातिक वितरण र व्यवस्थित शहर निर्माण गर्न नयाँ शहको निर्माणको सुरु गरेको हो ।