एसएसपी पोखरेलले भने–आदेश दिनुहोस् कालोबजारी गरी जनता ठग्नेलाई तह लाउछौं

<p>काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सरोकारवाला विभिन्न निकायका पदाधिकारीहरुलाई कालो बजारी अनुगमन तथा नियन्त्रण गर्न मन्त्रालयमा बैठक डाकी निर्देशन दिएका छन् । मन्त्रालयमा एक छलफलमा कार्यक्रमको आयोजना गरी मन्त्री यादवले नेपाल र नेपालीको लागी खाद्यान्नमा मिसावट, कालोबजारी भेटिएमा नेपालको कानून अनुसार हदैसम्मको सजाय तथा जरीवाना गर्न सरोकारवालासँग छलफल अघि बढाएका छन् [&hellip;]</p>

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सरोकारवाला विभिन्न निकायका पदाधिकारीहरुलाई कालो बजारी अनुगमन तथा नियन्त्रण गर्न मन्त्रालयमा बैठक डाकी निर्देशन दिएका छन् ।

मन्त्रालयमा एक छलफलमा कार्यक्रमको आयोजना गरी मन्त्री यादवले नेपाल र नेपालीको लागी खाद्यान्नमा मिसावट, कालोबजारी भेटिएमा नेपालको कानून अनुसार हदैसम्मको सजाय तथा जरीवाना गर्न सरोकारवालासँग छलफल अघि बढाएका छन् ।

‘जनताले अनुभुति गर्ने गरी बाजार अनुगमन गर्ने, गल्ति गरेको भेटीएमा कानूनले कसैलाई छुट दिइने छैन,’ उनले भने ‘त्यस्तो कार्य गर्ने जो सुकैलाई पनि ठाउको ठाउँ कार्वाही गरी अनुगमनलाई चुस्त, दुरुस्त बनाइनेछ ।’

सो छलफलमा महानगरीय प्रहरी प्रमुख (एस.एस.पी.) विश्वनाथ पोखरेलले मन्त्रालयले कालोबजारीलाई निरुत्साहित गर्न लागेकोमा खुसी व्यक्त गर्दै उक्त कार्यमा प्रहरी प्रशासनकोतर्फबाट भरपुर साथ र सहयोग पर्याप्त मात्रामा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । ‘हामीहरुलाई आदेश दिनुस् कार्वाही अगाडी बढाउछौं,’ उनले भने ‘जनता ठग्नेलाई हामी तह लागाउछौं ।’

Share News