चौधरी फाउण्डेसनद्वारा विद्यालयलाई १० लाखको शुद्ध खानेपानी प्रणाली हस्तान्तरण

<p>काठमाडौं । चौधरी फाउण्डेसनले चितवन महानगरपालिका वडा नम्बर २८, मेघौलीस्थित राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक र स्थानीयका लागि समेत शुद्ध खानेपानी सेवा उपलब्ध गराएको छ । अन्तर्राष्ट्रिय प्रविधीको ‘वाटर फिल्ट्रेसन सिस्टम’ जडान गरि उक्त विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था मिलाइएको हो । चौधरी फाउण्डेसनका अध्यक्ष एवं सांसद विनोद चौधरीले विहीबार विद्यालयमा आयोजित एक समारोहकाबीच ‘वाटर फिल्ट्रेसन [&hellip;]</p>

काठमाडौं । चौधरी फाउण्डेसनले चितवन महानगरपालिका वडा नम्बर २८, मेघौलीस्थित राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक र स्थानीयका लागि समेत शुद्ध खानेपानी सेवा उपलब्ध गराएको छ । अन्तर्राष्ट्रिय प्रविधीको ‘वाटर फिल्ट्रेसन सिस्टम’ जडान गरि उक्त विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था मिलाइएको हो ।

चौधरी फाउण्डेसनका अध्यक्ष एवं सांसद विनोद चौधरीले विहीबार विद्यालयमा आयोजित एक समारोहकाबीच ‘वाटर फिल्ट्रेसन सिस्टम’को उद्घाटन गरेका थिए । उक्त अवसरमा बोल्दै उनले समाजसेवा आफ्नो कार्यसूचिको पहिलो नम्बरमा रहेको उल्लेख गर्दै साना साना बालबालिकाहरूका लागि शुद्ध खानेपानीको व्यवस्था मिलाउन पाउदा खुसी लागेको जनाए ।

चौधरी फाउण्डेसनले शिक्षा र बालबालिकालाई प्रत्यक्ष लाभ हुने क्षेत्रमा आफुलाई संलग्न गराउदै आएको उनको भनाइ छ । ‘देशको उज्यालो भविष्यको आधार तयार गर्न शिक्षा र बालबालिकामा नै पर्याप्त लगानी गर्नु जरूरी छ,’ उनले भने ‘जसबाट भोलीको नेपाल अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन सम्भव हुनेछ ।’

फाउण्डेसनका अनुसार करिब १० लाख रूपैयाँ लागतमा उक्त खानेपानी सिस्टम जडान गरिएको हो । जसबाट २४ सै घण्टा शुद्ध खानेपानीको व्यवस्था मिलाइएको छ । यस खानेपानी प्राणालीवाट स्थानीय वासिन्दा पनि लाभान्वित हुने विश्वास गरिएको छ ।

यसैगरि जीर्ण अवस्थामा रहेको स्कूललाई फाउण्डेसनले रंगरोगन गरेको छ । यसअघि उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई झोलाबितरण गरीएको थियो । खानेपानी प्रणाली जडान कार्यमा प्लानेट वाटर फाउण्डेशनसँग सहकार्य गरिएको हो ।

Share News