काठमाडौं । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको सम्पूर्ण स्थानिय निकायहरुमा वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्ने लक्ष्य अनुरुप यस एनआईसी एशिया बैंकले नयाँ शाखा हरिपुर्वा गाँउपालिका, वडा नं ५, बजार चोक, सर्लाहीमा स्थापना गरेको छ ।
उक्त शाखाको मंगलबार एक समारोहबीच हरिपुर्वा गाँउपालिकाका मेयर सियाराम रायले विधिवत् उद्घाटन गरेका थिए । उद्घाटनको क्रममा बैंकका पदाधिकारीहरुले बैंकमार्फत विभिन्न बैंकिङ सेवा प्रदान गरिने बताएका छन् । बैंकले मुलुकभर २२४ शाखा कार्यालयहरु, २१० एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ सेवामार्फत विभिन्न सेवाहरु प्रदान गरिरहेको जनाएको छ ।
हाल बैंकको वासलातको आकार रू १६६ अर्ब भन्दा बढी पुगेको छ भने बैंकको कुलकर्जा करिब रू ११८ अर्ब र कुलनिक्षेप करिब रू १४१ अर्ब पुगेकाे छ ।