काठमाडौं । गण्डकी विकास बैक लिमिटेडको अध्यक्षमा सुशिल गौचन चयन भएका छन् । बैंकको हालै बसेको सञ्चालक समितिको बैंठकले समितिको अध्यक्ष पदमा गौचनलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।
गत जेठ २५ गते सम्पन्न कम्पनीको १०औँ वार्षिक साधारण सभाले संस्थापक तर्फ सुशिल गौचन, पद्य प्रसाद पौडेल, किशोर ओझा तथा सर्वसाधारण तर्फ नारायण बहादुर बानिया, कृष्ण वहादुर थापा क्षेत्री र वासुदेव त्रिपाठी समेत ६ जना संचालकहरुको निर्विरोध निर्वाचित गरेको थियो ।
सोही निर्वाचन पश्चात कम्पनीकाे पहिलो सञ्चालक समितिको बैंठक बसेकाे हाे ।