काष्ठमण्डप पुर्ननिर्माण गर्न महानगरको ५० लाख सहयोग

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले काष्ठमण्डप पुननिर्माणको लागि ५० लाख सहयोग गरेगरेको छ । एक कार्यक्रममा महानगरका मेयर विश्व सुन्दर शाक्यले काष्ठमण्डप पुननिर्माण समितिलाई ५० लाख प्रदान गरेका हुन् । काष्ठमण्डपलाई छिटो, मौलिक स्वरुप र दिगो रुपमा पुनःनिर्माण गर्न राजेशकाजी श्रेष्ठ नेतृत्वको समिति र काठमाडौं महानगरबीच सहमति आर्थिक सहयोग गर्ने सहमति भएको थियो । कार्यक्रममा मेयर [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले काष्ठमण्डप पुननिर्माणको लागि ५० लाख सहयोग गरेगरेको छ । एक कार्यक्रममा महानगरका मेयर विश्व सुन्दर शाक्यले काष्ठमण्डप पुननिर्माण समितिलाई ५० लाख प्रदान गरेका हुन् ।

काष्ठमण्डपलाई छिटो, मौलिक स्वरुप र दिगो रुपमा पुनःनिर्माण गर्न राजेशकाजी श्रेष्ठ नेतृत्वको समिति र काठमाडौं महानगरबीच सहमति आर्थिक सहयोग गर्ने सहमति भएको थियो ।

कार्यक्रममा मेयर शाक्यले भने — ‘काष्ठमण्डपको पुननिर्माणका लागि यस अघि गरिएको ढिलाइ अव गर्नु हुँदैन । नियमित काम गरेर २ बर्षभित्र पुननिर्माण कार्य सम्पन्न गर्नुपर्छ । प्रक्रियाको परिपक्वता र क्षेत्रगत सहभागिताका लागि यस अघि नै पर्याप्त समय खर्च भइसकेको छ । त्यसैले अव कुनै पनि हालतमा काम ढिलो हुनुहुँदैन ।’

कार्यक्रममा महानगरका उप मेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला, पुरातत्व बिभागका महानिर्देशक भेष नारायण दाहाल लगायतको उपस्थिति रहेको थियो ।

Share News