‘किरानामा’ कुमारी बैंकको महाबचत योजना, सामान खरिदमा १० प्रतिशत नगद फिर्ता

<p>काठमाडौं । कुमारी बैंक लिमिटेडले ‘कुमारी महाबचत योजना’ नामक नयाँ योजना ल्याएको छ । उक्त योजना अन्तर्गत बैंकको ग्राहकहरुले मेरो किराना डट कमबाट अनलाइन अर्डर मार्फत सामान खरिद गर्दा १० प्रतिशत सम्मको क्यास ब्याक (नगद फिर्ता) पाउने छन् । यस योजना अन्तर्गत कुमारी बैंकको मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुले अनलाइन सामान खरीद गर्दा १० प्रतिशतसम्म [&hellip;]</p>

काठमाडौं । कुमारी बैंक लिमिटेडले ‘कुमारी महाबचत योजना’ नामक नयाँ योजना ल्याएको छ । उक्त योजना अन्तर्गत बैंकको ग्राहकहरुले मेरो किराना डट कमबाट अनलाइन अर्डर मार्फत सामान खरिद गर्दा १० प्रतिशत सम्मको क्यास ब्याक (नगद फिर्ता) पाउने छन् ।

यस योजना अन्तर्गत कुमारी बैंकको मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुले अनलाइन सामान खरीद गर्दा १० प्रतिशतसम्म क्यास ब्याक पाउने छन् । काठमाडौं उपत्यका भित्र लागु हुने यो योजनामा किरानाले काठमाडौंको चक्रपथ भित्रको क्षेत्रमा फ्री होम डेलिभरीको व्यवस्था पनि मिलाएको छ । मेरो किराना डटकममा ग्राहकहरुले खाद्यान्य लगायतका घरायसी सामानहरु सुपथ मूल्यमा खरिद गरि निःशुल्क डेलिभरीको सुविधा पाउने कम्पनीले जनाएको छ ।

हाल यस बैंकले ८५ वटा शाखाहरु, ६१ वटा एटिएम्हरु तथा २ वटा एक्सटेन्सन काउण्टरहरुद्धारा सम्पूर्ण बैंकिङ् सेवा दिइरहेको छ ।

Share News