एकान्तकुना र सातदाेबाटाेकाे दुर्इ पेट्रोल पम्प सिल

<p>काठमाडौं । मापदण्ड विपरित काम गरिएकाे भेटिएपछि दुई पेट्रोल पम्पलाई सिलबन्दी गरिएको छ । मापदण्ड विपरित काम गरेका प्रशान्ति आयल डिस्टिब्युटर एकान्तकुना र ललितपुरको सातदोबाटो १५ स्थित महालक्षमी विश्वकर्मा ट्रेडर्सको पेट्रोल डिस्पेलिङ पम्पमा सिल लगाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको निर्देशनमा उपत्यकाका विभिन्न पाँच पेट्रोल पम्पमा गरिएको अनुगमन मध्ये दुई पेट्रोल [&hellip;]</p>

काठमाडौं । मापदण्ड विपरित काम गरिएकाे भेटिएपछि दुई पेट्रोल पम्पलाई सिलबन्दी गरिएको छ ।

मापदण्ड विपरित काम गरेका प्रशान्ति आयल डिस्टिब्युटर एकान्तकुना र ललितपुरको सातदोबाटो १५ स्थित महालक्षमी विश्वकर्मा ट्रेडर्सको पेट्रोल डिस्पेलिङ पम्पमा सिल लगाइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको निर्देशनमा उपत्यकाका विभिन्न पाँच पेट्रोल पम्पमा गरिएको अनुगमन मध्ये दुई पेट्रोल पम्पमा ‘सिल’ गरिएको हो ।

सोमबार बिहान उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, मातहतका आयल निगम र गुणस्तर तथा नापतौल विभागले राजधानीका विभिन्न पेट्रोल पम्पमा अनुगमन गर्नेक्रममा मापदण्ड विपरित काम गरेको भेटिएको हाे ।

विभागले दिएको जानकारी अनुसार १० लिटर पेट्रोल हाल्दा बढीमा २५ एमएल कम हुँदा सम्म छुट पाइने निगमको प्रावधान छ । तर, प्रशान्ति आयल स्टोरमा ३० एमएल र महालक्ष्मी विश्वकर्मा ट्रेडर्समा ४० एमएल पेट्रोल कम भएको पाइएपछि सिल गरिएको जानकारी गराइएको छ ।

उक्त कैफियत देखिएको दुई पम्पलाई तत्काल सिल गरिएको जनाइएकाे छ ।

Share News