कालिकोटको मान्मामा कृषि विकास बैंकको सुविधा सम्पन्न बैंकिङ सेवा

<p>काठमाडौं । कालिकोट जिल्ला खाडाचक्र नगरपालिका मान्मामा कृषि विकास बैंक लिमिटेडको सुविधा सम्पन्न बैंकिङ सेवा प्रदान गरिने भएको छ । उक्त बैंकिङ सेवा सञ्चालन गर्न औपचारिक उद्घाटन गरिएको छ । उद्घाटन एक कार्यक्रमबीच कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले गरेको बताइएको छ । उनले कार्यक्रमको अवसरमा बैंकले दिने सम्पूर्ण सेवा सुविधा तथो प्रोडक्टको [&hellip;]</p>

काठमाडौं । कालिकोट जिल्ला खाडाचक्र नगरपालिका मान्मामा कृषि विकास बैंक लिमिटेडको सुविधा सम्पन्न बैंकिङ सेवा प्रदान गरिने भएको छ । उक्त बैंकिङ सेवा सञ्चालन गर्न औपचारिक उद्घाटन गरिएको छ ।


उद्घाटन एक कार्यक्रमबीच कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले गरेको बताइएको छ । उनले कार्यक्रमको अवसरमा बैंकले दिने सम्पूर्ण सेवा सुविधा तथो प्रोडक्टको बारेमा प्रकाश परेका थिए ।

त्यस्तै कृषि तथा लघुउद्यम विभागका विभागीय प्रमुख धु्रबचन्द्र गौतमले बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम सञ्चालन गर्ने, देशको आर्थिक विकासमा टेवा पुर्याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्ने लगायतका कार्य गरिरहेको जानकारी गराए ।

Share News