नक्कली डाक्टर सुनिल आचार्य विरुद्ध मुद्धा
काठमाडौं, ८ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली डाक्टर सुनिल आचार्य विरुद्ध मुद्ध दायर गरेको छ । आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरि एमबिबिएस अध्ययन गरेको आचार्य विरुद्ध बिशेष अदालत काठमाडौंमा बुधबार मुद्धा दायर गरेको हो । निज आचार्यले आइएस्सीको नक्क्ली प्रमाण पत्र पेश गरि एमबिबिएस अध्ययन गरेका थिए । उनी २०६३/११र२७ गते नेपाल स्वास्थ्य सेवा, जनरल हेल्थ सर्भिसेस सामुह, मेडिकल अधिकृत पद सातौ तहमा सरकारी सेवा प्रवेश गरी मिति २०७३र०१र२४ गते बाट नेपाल स्वास्थ्य सेवा अब्स्ट्रेटिक तथा गाइनोकोलोजी समुह, कन्सलटेन्ट अब्स्ट्रेटिक तथा गाइनोकोलोजिस्ट नबौ तहमा बढुवा भइ लाभ सुविधा लिईरहेका थिए । आचार्यले राजाराम साह कलेज रक्सौल, पूर्बि चम्पारन भारतबाट सन् १९९७ मा आइएस्सी प्रथम श्रेणिमा उत्तिर्ण गरेको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी एमबिएिस अध्ययन गरेका थिए ।
दाङ–नयाँदिल्ली बस सञ्चालन हुँदै, भाडा दुई हजार रुपैयाँ मात्र
दाङ, ८ भदौ । राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिले अन्तर्राष्ट्रिय स्तरमा बस सेवा सञ्चालन गर्ने भएको छ । समितिले पहिलोपटक दाङको भालुवाङदेखि भारतको राजधानी नयाँदिल्लीसम्मका लागि सिधा डिलक्स बस सेवा सञ्चालन गर्न थालेको समितिका अध्यक्ष सुरेश हमालले जानकारी दिएका छन् । उनका अनुसार पहिलोपटक भदौ १३ गतेबाट दाङदेखि भारतको नयाँदिल्लीसम्मका लागि दिउँसो ११ः ३० बजे बस सञ्चालन हुनेछ । त्यसैगरी दैनिक सोमबार, बुधबार, शुक्रबार नेपालबाट भारतको दिल्लीका लागि बस छुट्ने र भारतको दिल्लीबाट आइतबार, बुधबार र शुक्रबार बस छुट्ने समितिले जनाएको छ । यात्रुको बढ्दो मागसँगै नेपाल–भारत आवातजावत गर्ने यात्रुलाई सहजरुपमा सुरक्षित र भरपर्दो सेवा दिन समितिले बस सेवा सुरु गर्न थालेको हमालले बताए । दाङको भालुवाङदेखि भारतको राजधानी नयाँदिल्लीसम्मका लागि नेपाली दुई हजार रुपैयाँ भाडा तोकिएको समितिले जनाएको छ । पहिलोपटक एउटा बसबाट सेवा आरम्भ गरे पनि यात्रुको मागअनुसार सेवा थप गरिने समितिका अध्यक्ष हमालले जानकारी दिएका छन् । विसं २०४१ देखि चारवटा बसबाट सेवा आरम्भ गरेको राप्ती समितिले राप्ती अञ्चलका दुरदराजका गाउँबस्तीदेखि हाल पूर्वी नेपालको काँकडभिट्टा, विराटनगर, पोखरा, पाल्पा हुँदै सुदूरपश्चिमको महेन्द्रनगरसम्म बस सेवा सञ्चालन गर्दै आएको छ । समितिमा हाल लामो तथा छोटो दूरीका गरी करिब ७०० बस सञ्चालनमा रहेको समितिका प्रकाश भट्टले बताएका छन् । रासस
कार्यविधि नहुँदा पर्यटन वर्ष अलपत्र, हतारमा घोषणा भएको निजी क्षेत्रको आरोप
काठमाडौं, ८ भदौ । सरकारले २०७३ सालको नयाँ वर्षबाट सुरु गरेको अन्तरिक पर्यटन वर्ष अर्थात घुमफिर वर्ष २०७३ अलपत्र परेको छ । घोषणा भएको पाँच महिना पुगिसक्दा पनि यसको औचित्य र स्पष्ट खाका बनाउनै नसकेका कारण आन्तरिक भ्रमण वर्षको औचित्य नभएको नेपाल पर्यटन बोर्डकै कर्मचारीले बताउन थालेका हुन् । ‘आन्तरिक भ्रमण वर्ष एउटा अभियान र नाराको वर्ष मात्रै हो यसले खासै कुनै ठूलो उद्देश्य लिएकै छैन’, बोर्डका एक कर्मचारीले भने । बोर्डको काम पर्यटनको पूर्वाधार निर्माण गर्ने नभएर प्रवद्र्धन गर्ने मात्रै भएको तर्क बोर्ड पदाधिकारी नै दिएर बस्छन तर पर्यटन अभियान वर्षको कुनै प्रभावकारी योजना बने बनाउँदैनन । ‘सरकारले हतार हतारमा घोषणा गरेको यस्तो पर्यटन वर्षले अहिलेसम्म कुनै उत्साह छ, न त प्रभावकारित नै देखिएको छ’, सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोट्टो) नेपालका अध्यक्ष यमबहादुर खड्काले भने । सरकारी घोषणा मात्रै भयो कसरी गर्ने, कुने विधि अपनाउने र के गर्ने भन्ने स्पष्ट खाका नै हुन सकेन, उनले भने । सरकारले घोषणा मात्रै गरेर हुँदैन यसलाई कार्यान्वयन गर्ने आधार पनि दिनुपर्ने उनको बुझाई छ । बोर्डले अन्तरिक पर्यटन प्रभावकारी बनाउन ल्याएको यो अभियानको कार्यविधि अहिलेसम्म सरकारी निकायले स्वीकृति नै नगरेको पनि उनले जानकारी दिए । पर्यटन मन्त्रालयले वार्षिक करीब ६ लाख आन्तरिक पर्यटकलाई देशका विभिन्न गन्तव्यमा लैजाने उद्देशयले यस्तो अभियान ल्याएको जानकारी दिएको छ । यो अभियान सफल बनाउन पर्यटन बोर्डको तालुक निकाय पर्यटन मन्त्रालयले आन्तरिक पर्यटन कायविधि बनाएर स्वीकृतिका लागि अर्थ मन्त्रालय पुराएको छ । पर्यटन बोर्डले पर्यटन वर्ष घोषणा हुनासाँथ अगाडि बढाएको यो कार्यविधि दुई महिना पर्यटन मन्त्रालयमा र तीन महिनादेखी अर्थ मन्त्रालयका अड्किएको बोर्ड स्रोतले जानकारी दिएको छ । बोर्डले पठाएको कार्यविधिमा अर्थले चासो नदेखाएपछि आन्तरिक पर्यटन वर्षको योजनानै अलपत्र परेको हो । कार्यविधि अड्किएपछि ग्रामीण पर्यटन प्रवद्र्धनका धेरै कार्यक्रम अलपत्र परेको मन्त्रालयका सचिव प्रेमकुमार राईले बताए । हरेक महिना ताकेता पर्यटन मन्त्रालयले कायविधिका सम्बन्धमा हरेक महिनाजसो अर्थमा ताकेता गरे पनि पास नभएको पर्यटन मन्त्रालयको गुनासो छ । ‘भूकम्पपछि नराम्रोसँग प्रभावित बनेको पर्यटन क्षेत्रमा उत्साह ल्याउन यस कार्यक्रमको सफलता जरुरी छ,’ पर्यटन सचिवल भने । अर्थ मन्त्रालय उदार नभएपछि कार्यक्रम नै अलपत्र पर्ने अवस्थामा पुग्न लागिसकेको पनि मन्त्रालयको गुनासो छ । किन आवश्यक छ कार्यविधि ? सरकारले बिदा पर्यटनको नाम दिएर सरकारी कर्मचारीलाई निश्चित खच दिनेगरी कार्यविधि अगाडि सारेको छ । यस्तो रकम लिएर पर्यटन मन्त्रलायका कर्मचारी मात्रै विभिन्न आन्तरिक गन्तव्यमा जाने गरेकोमा कार्यविधिपछि अन्य मन्त्रालय र सरकारी अधिकारी पनि यो कार्यक्रम सहभागि हुन सक्छन् । यसका लागि पर्यटन मन्त्रालयले प्रत्येक वर्ष बजेट पनि छुट्याउँछ । कायविधिले सरकारसँगै कर्पोरेट हाउसहरूले पनि आफ्ना कम्पनीलाई वर्षमा निश्चित समय घुम्न पठाउनुपर्ने प्रावधान समेटेको छ । यस कायविधिको उद्देश्य नै आन्तरिक पर्यटन वर्ष तथा घुमफिर वर्ष २०७३ लाई सफल बनाउने रहेको उल्लेख छ । एक साता अनिवार्य बिदा मन्त्रालयले सरकारी कार्यालय तथा निजी कम्पनीले कर्मचारीलाई ७ दिन अनिवार्य बिदा पर्यटनमा पठाउनुपर्ने प्रावधान राखी कायविधि बनाएको छ । मुलुकभरका पर्यटन व्यवसायीबाट आफ्नो सेवा–सुविधामा दिन सक्ने अधिकतम छुट र प्याकेज सरकारलाई उपलब्ध गराउन सकिने व्यवसथा पनि कार्यविधिमा छ । सरकारी नियकाले कुनै पनि काम कानुन, विधि र विधान बाहेक नहुने भएकोले पनि आन्तरिक पर्यटनको प्रवद्र्धन विकास, निजी क्षेत्रलाई प्रोत्साहन तथा व्यवसायीक प्योकज निर्माणमा बोर्डको साथसहतिका विषयका काम गर्न कार्यविधि आवश्यक रहेको छ । अन्तर्राष्ट्रिय पर्यटन वर्षलाई धक्का सरकारले ल्याएकको आन्तरिक भ्रमण वर्ष असफल भए आगामी सन् २०१८ को अन्तर्राष्ट्रिय पर्यटन भ्रमण वर्ष पनि प्रभावित हुने भएको छ । अहिले प्रभावकारी ढंगले काम गर्न सके र आन्तरिक पर्यटन वर्षले कुनै सन्देश दिने काम हुन सकेन भने सन् २०१८ को पर्यटन भ्रमण वर्षमा नकारात्ममक सन्देश प्रवाह हुन्छ । आन्तिरक वर्ष नै सफल नभए निजी क्षेत्रले अन्तर्राष्ट्रिय वर्षलाई पनि कुनै साथ नदिन सक्छन् । निजी क्षेत्र नाफामुखी र जहाज बढी फाइदा हुन्छ त्यहि जाने निकाय भएकोले पनि अहिले कुनै लाभ नपाए यसपछि पनि लाभ हुन्छ भन्नेमा विश्वास गुम्ने उल्लेख छ । यसर्थ आन्तरिक भ्रमण वर्ष असफल भए यसको गम्भिर धक्का २०१८ को अन्तर्राष्ट्रिय भ्रमण वर्षलाई लाग्ने छ । आन्तरिक जागरण प्रभावकारी हुन्छ घुमफिर वर्ष सफल हुन सके र विविध कार्यक्रम गरी यसलाई सफल बनाउन सकिए आन्तरिक जागरण पनि प्रभावकारी हुने बोर्डको भनाइ छ । पर्यटन क्षेत्रमा कुनै न कुनै गतिविधि भइरहने र पर्यटन कृयाकापमा प्रभावकारि सन्देश प्रवाह गर्न पनि यसले सहयोग पुग्ने बोर्डले बुझाई छ । यस अघि पर्यटन वर्ष २०११ ले लक्षित विदेशी पर्यटकको सङ्ख्या नपुगे पनि आन्तरिक पर्यटक भने बढाएको दाबी बोेर्डको छ । नेपालको एक स्थानकाबाट अर्काे स्थानमा घुम्ने आन्तरिक पर्यटक करीब २५ देखि ३० प्रतिशत बढेको नेपाल पर्यटन बर्ष २०११ का राष्ट्रिय कार्यक्रम संयोजक योगेन्द्र शाक्यले भनाइ छ । विदेशी पर्यटक अपेच्छा अनुसार भित्र्याउनु नसक्नु कमजोरी भएको स्वीकार्दै शाक्यले भने, ‘आन्तरिक जागरणमा बढाएर पर्यटन वर्षमा सरकारले पर्यटकीय क्षेत्रका गाँउ घुम्ने नेपालीको सङ्ख्या भने बढाएको छ । पर्यटन वर्षमा नेपाल आएका ४० प्रतिशत पर्यटकलाई गाँउ पु¥याँउने लक्ष्य सन् २०११ मा नै राखिएको थियो, शाक्यले भने । सोही लक्ष्य अनुसार विदेशी पर्यटक कति गाँउ पुगे भन्ने स्पष्ट तथ्यांङ्क नभएपनि आन्तरिक पर्यटकले भने सन्तुष्ट हुनसक्ने माहौल बनेको शाक्य बताउँछन् । सबै ग्रामिण भेगसम्म पुग्न नसकेपनि प्रमुख पर्यटकीय क्षेत्रमा भने पर्यटन वर्षले लिएको ४० प्रतिशतको लक्ष्य अहिलेसम्म करीब पुगेको छ । पर्यटन अभियान वर्षको लाभ होमस्टेमा सरकारले ल्याएको यस्तो पर्यटन वर्ष नीतिगत रूपमा सफल भए वा नभएपनि होमस्टेले पाउँने लाभ भने निकै राम्रो भएको काभ्रेको पात्लेखेत होस्टेका अध्यक्ष केशव बडालको भनाइ छ । बढालका अनुसार आन्तरिक पर्यटक जागरण अभियान चलेको छ । धेरेथोरै जे भएपनि पाहुना होमस्टे भन्दै आफ्नो घरमा आए बस्ने खाने गरेका छन । यसले गर्दा आर्थिक आम्दनीको अतिरिक्त माध्यम पनि बनेकोले पर्यटन वर्ष अभियानले होमस्टेलाई भने लाभ पुगेको उनको तर्क छ । सरकारले पर्यटन वर्षकै माध्यमबाट होमस्टेमार्फत गाँउगाउँसम्मा पर्यटनको जागरण अभियान चलाउनु, विभिन्न महोत्सवलाई आन्तरिक पर्यटन महोत्सवका रूपमा मनाउनु र राजनीतिक दलले समेत आ–आफ्नो क्षेत्रमा पर्यटनको गतिविधि सञ्चालन गर्नु नै आन्तरिक जगरणको अभियान चालएको छ । पर्यटन वर्ष घोषणा भएपश्चात सात सय ट्रभलएजेन्सी अहिले तीन हजार पुगेका छन् । १ हजार ट्रेकिङ एजेन्सी २५ सय। एक दर्जन हवाई खेलकुद कम्पनीका संस्था पाँच दर्जन, आधा दर्जन आन्तरिक वायुसेवा संख्या डेढ दर्जन भएको पनि मन्त्रालयको तथ्यांकले देखाएको छ । घुमफिर वर्षलाई एक करोड घुमफिर वर्ष २०७३ लाई प्रवद्र्धन गर्न पर्यटन बोर्डले एक करोड १५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । आन्तरिक पर्यटक प्रवद्र्धन गर्न र आन्तरिक पर्यटकीय गन्तव्यको विकासका निम्ति बोर्डले यो रकम विनियोजन गरेको हो । यो बजेटले पर्यटकीय स्थलको भ्रमण, जनचेतना अभिवृद्धि, पर्यटकीय गन्तव्यको स्थलगत निरीक्षणसहितका कार्यमा खर्च गर्ने गरी बजेट तय भएको बोर्ड सदस्य सापकोटाले बताए । बोर्डका अनुसार कार्यविधि नआए यो पैसा पनि खर्च हुन सक्दैन ।