पर्यटनको प्याकेज बनाउन गृहकार्य

काठमाडौं ५, भदौ । नेपालको पर्यटनको अन्तर्राष्ट्रिय प्रवद्र्धनको प्याकेज बनाउन पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्डबीच आवश्यक गृहकार्य सुरु भएको छ । पर्यटन प्रवद्र्धन र विकास गर्न यस्तो प्याकेज आवश्यक भएकोले पनि बोर्डले निजी क्षेत्रसँग सहकार्य गर्न लागेको जानकारी दिएको छ । नेपालको पर्यटन प्रवद्र्धन गर्न निजी क्षेत्र सधै अग्रसर रहेको नेपालका पर्यटन बोर्डका सदस्य तथा पर्यटन व्यवसायी राजनिन्द्र सापकोटाले बताए । उनका अनसार पर्यटकीय प्याकेज बनाउन नेपाल पर्यटन, बोर्ड, नेपाल सरकार, नेपाल वायुसेवा निगमसहितका नियका तयार रहेकोले आवश्यक गृहकाय आवश्यक भएको बताए । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमसँग सहकार्य गरेर पहिलो प्याकेज बनाउन सकिने पनि सापकोटाले बनाए । उनले वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई भेटेरै निगममार्फत आउने विदेशी पर्यटकको लागि निजी क्षेत्रसँगको सहकार्यमा प्याकेज बनाउँन सकिने जानकारी दिए । कंसाकारले पर्यटन प्रवद्र्धन गर्न वायुसेवा निगम सदैव तयार रहेको पनि बताए । उनका अनुसार राष्ट्रिय ध्वजाबाहकको पनि प्रवद्र्धन हुने र पर्यटन व्यवसायीसँग सहकार्य गर्दै सबैले लाभ पाउने तर्क दिएका छन् । नेपाल पर्यटन बोर्डले आन्तरिक भ्रमण वर्ष मनाइरहेको र सन् २०१८ लाई अन्तर्राष्ट्रिय पर्यटन भ्रमण वर्ष मनाउने निर्णय नै गरेकोले पनि पर्यटकीय प्याकेज आवश्यक भएको बताएको छ । बोर्डले यस अघि नेपालको निजी क्षेत्र अन्तर्गतका ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल, होटल संघ नेपाल, सोसाईटी अफ टर एण्ड ट्राभल अपरेटर्स नेपाल, नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्सलगायतसँग एकपटक छलफल गरिएको नेपाल पर्यटन बोर्डका अधिकृत कुन्दन शर्माको भनाइ छ । बोर्डले नेपाल जापान स्थापना दिवसको ६० औ वर्षको अवसरा पारेर जापानीज पर्यटक आकर्षण गर्न पर्यटकीय प्याकेज बनाउने विषयमा पहिलो चरणमा छलफल सकिएको बताएको छ । निजी क्षेत्रले दिने सेवा सुुविधालाई बोर्ड तथा व्यवासायीको अन्तर्राष्ट्रिय पर्यटन मेलामा प्रवद्र्धन गर्ने गरी योजना बनेको उल्लेख छ । यस्तो पर्यटकीय प्याकेजमा वायुसेवा निगम, नेपालका पदायत्रा व्यवसायी, ट्राभल एण्ड टुर व्यवासायी सबैले छुट्टाछुट्टै पर्यटन प्रवद्र्धनको प्याकेज बनाउन आग्रह गरिएको पनि उल्लेख छ । बोर्डले गर्ने प्रवद्र्धनमा सधै निजी क्षेत्रसँगको सहकार्य हुने गरेको बोर्डका सीईओ दीपकराज जोशीले बताए । उनले नेपालको पर्यटन प्रवद्र्धन गर्ने र ब्राण्डिङ गर्ने विषयमा बोर्ड सधै तयार रहेको पनि बताए । होटल संघ नेपालका महासचिव विनायक शाहले निजी क्षेत्र सधै पर्यटनको सकारात्मक प्रचार गर्न तयार रहेको छ । यसका लागि सरकारी निकायसँगको सहकार्य आवश्यक भएको तर्क दिएका छन् । सामाजिक पर्यटनको प्याकेज बनाउन छलफल नै सुरु निजी क्षेत्रले बोर्डसँग मिलेर पर्यटकीय प्याकेज बनाउन सकिने विषयमा शनिबार एक दिने बहस सुरु नै भएको छ । शनिबार पर्यटन बोर्डमा सामाजिक पर्यटनको प्याकेज विषयमा एक अन्तरक्रिया पनि भएको थियो । समूदायको निम्ति योगदान दिन आउने पर्यटकीय गतिविधिलाई सामाजिक पर्यटनको प्याकेज बनाउन सकिने पर्यटन मन्च नेपालका अध्यक्ष मनोज गिरीले बताएका छन् । गिरीका अनुसार सामाजिक पर्यटनलाई प्याकेज बनाएर प्रवद्र्धन गर्न सके पर्यटनको दायरा फराकिलो हुने उनले पेश गरेका छन् । सामाजिक पर्यटन प्रवद्र्धन गर्न सके समाजमा पर्यटकीय गतिविधि नै सुरक्षित र व्यवस्थित हुन सक्ने तर्क पछि अगाडि सारेको छन् । सामाजिक पर्यटनले पर्यटनको उद्देश्य स्पष्ट हुने तथा पर्यटकीय गतिविधिको निगरानीमा सहजता हुने तर्क पनि पेश गरेका छन् । भिसामा पर्यटकीय प्रयोग नहुँदा समस्या नेपाल आउने विदेशी पर्यटकको भिसामा नै कुन प्रयोजका निम्ति भनेर वर्गीकरण प्रयोजन खुलाने काम नहुँदा समस्या रहेको अध्यागमन विभागका महानिर्देशक केदार न्योपानेले बताए । उनका अनुसार नेपाल आउने विदेशी पर्यटन भिसामा आएर गैरपर्यटकीय गतिविधिमा संलग्न हुनेको संख्या बढिरहेको छ । यसका निम्ति कुन प्रयोजन, कति दिन, नेपालमा के के गर्ने कहाँ बस्ने भनेर अध्यागमनमा नै खुलाएर आउनको लागि पर्यटकको भिसामा नै उल्लेख हुनुपर्ने अधिकारीको बुझाइ छ । नेपालमा आउने विदेशीमध्ये बार्षिक करीब ३० हजार जनाले पर्यटन भिसामा नाममा गैरपर्यटकीय गतिविधिमा संलग्न हुने गरेको बताइएको छ । नेपालमा विदेशी भन्नेवित्तिकै सहजै भिसा पाउने त्यसमा पनि पर्यटक भिसामा प्रवेश सहज भएकोले गैरपर्यटकीय गतिविधि बढेको केदार न्यौपानेले बताएका छन् । ‘नेपाल आउने सबै विदेशी पर्यटक होइनन्’, न्यौपानेले भने । विदेशीले पनि अन्य प्रयोजन खुलाउँदा झण्झटिलो प्रक्रिया हुने, भिसा नपाउने र आफ्नो रुचीले काम गर्न नपाइने भएकोले पर्यटक भिसामा नै आउने गरेको न्यौपाने बताउँछन् । अध्यमागमन नीति नभएको र पर्यटकले उद्देश्य खुलाउनैपर्ने बाध्यकारी व्यवस्था नभएकोछैन। भिसामा उल्लेख नहुँदा कानुनले नगर्नु भनेको कुरा गर्नु पनि अपराध नै हो । नेपालमा अहिले पर्यटकले अपराध गरे वा भिसाको समय भन्द बढी बसेको बाहेकको जानकारी नआउने नभएको अध्यागमन विभागको भनाइ छ ।

पर्यटनबाट उचित लाभ लिन सभापति देउवा सुझाव, ‘मुलुकको आर्थिक समृद्धिको दरिलो आधार’

काठमाडौं ५ भदौ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आर्थिक समृद्धिको दरिलो आधारका रुपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार विकासमा जोड दिएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा  बोल्दै उनले प्राकृतिक, भौगोलिक र धार्मिक तथा सांस्कृतिक रुपमा नेपालको पर्यटनको प्रचुर सम्भावना रहे पनि अपेक्षित लाभ लिन नसक्नु विडम्बना भएको बताए। उनले प्राकृतिक सुन्दरता र जैविक विविधतायुक्त पर्यटकीय स्थलको वातावरण र जैविक विविधता संरक्षणलाई ध्यान दिई भौतिक पूर्वाधार विकास गरेर मात्र नयाँ पर्यटकीय गन्तव्यको विस्तार गरिनुपर्नेमा जोड दिए। नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटा, पर्यटन व्यवसायी मोहन लम्साल, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलिया र गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीले पर्यटकीय पूर्वाधार विकासका लागि राज्यको ध्यान जानुपर्ने धारणा राखेका थिए। यसैबीच गन्तव्य नेपालले ‘टुरिजम म्यान अफ दी इयर’बाट वरिष्ठ पर्यटन व्यवसायी मोहन लम्साललाई सम्मानित गरेको छ । त्यस्तै नगद रु १० हजार राशिको गन्तव्य नेपाल पत्रकारिता पुरस्कारबाट राजधानी दैनिकका मधुजङ पाण्डे र इमेज टेलिभिजनका प्रतीक लामिछानेलाई सम्मान गरिएको छ ।

नेपालका दूरसञ्चार पूर्वाधारमा हुवावेको दवदवा, विटिएस टावरदेखि अन्तराष्ट्रिय गेटवेसम्म

काठमाडौं, ५ भदौ। मुलुकको दूरसञ्चार क्षेत्रमा प्रयोग हुने पूर्वाधारमा चीनको हुवावे टेक्नोलोजिज कम्पनीको वर्चश्व देखिएको छ । सेवाप्रदायक कम्पनी नेपाल टेलिकम, एनसेल, युनाइटेड टेलिकम (यूटीएल), स्मार्ट टेलिकमलगायत कम्पनीमा अधिकांश पूर्वाधार हुवावेका छन् । पछिल्लोपटक बोलपत्रमार्फत वा सिधै हुने सम्झौता दुवैमा हुवावेको छनोट बढ्दो छ । हुवावे चीनको निजी क्षेत्रको सबैभन्दा ठूलो सूचना, सञ्चार र प्रविधि पूर्वाधार वितरक कम्पनी हो । टेलिकमका १ करोड लाइन क्षमताको जीएसएम मोबाइलका दुवै परियोजनामा हुवावे छनोट भएपछि कम्पनीमा एकाधिकारजस्तै देखिएको छ । टेलिकमका २० लाख आईपी सीडीएमए, साधारण टेलिफोनलाई आईपी प्रविधिमा लैजाने प्रविधि (टीडीएम माइग्रेसन, अन्तरराष्ट्रिय गेटवेलगायत मुख्य परियोजनामा हुवावेकै पूर्वाधार प्रयोग भएका छन् ।   चालू आर्थिक वर्षको अन्त्यसम्म सबै पुराना पूर्वाधारलाई प्रतिस्थापन गर्दै हुवावेमा रूपान्तरण हुने र तिनिहरु प्रविधिमैत्री रहेको उनले बताए। त्यस्तै एनसेलका कर्पोरेट कम्युनिकेसन एक्सपर्ट मिलनमणि शर्माका अनुसार काठमाडौं उपत्यकाभित्र कम्पनीको सेवा आधुनिकीकरणमा सबै जिम्मा हुवावेले नै पाएको छ भने काठमाडौंबाहिर पनि जेडटीईसँगै हुवावेले राम्रो सर्भिस दिइरहकेको बताए। प्रतिस्पर्धामा कम लागत भएकै कारण हुवावेको ‘डिपेन्डेन्सी’ टेलिकममा बढ्दो छ । हुवावेका बेस्ड स्टेसन टावर (बीटीएस) टुजीबाट थ्रीजी र एलटीईमा जाँदा थोरै मात्रै प्राविधिक परिवर्तनपछि सपोर्ट गर्ने भएकाले पनि कम्पनीहरूको रोजाइमा पर्ने गरेका छन् । ३५ लाखको जीएसएम परियोजनामा जेडटीईले निर्धारित समयभन्दा ढिला र गुणस्तरमा अपेक्षाकृत प्रभाव देखाउन नसकेपछि टेलिकममा हुवावेको पूर्वाधार प्रयोग बढेको हो । निजी क्षेत्रको एनसेलले पूर्वाधार खरिद गर्दा सार्वजनिक खरिद पालन गर्नु नपर्ने भए पनि उसको छनोटमा पनि हुवावेकै पूर्वाधार पर्ने गरेका छन् । एनसेलले पुरानो नेटवर्कको मर्मतमा जेडटीईलाई संलग्न बनाए पनि नयाँ परियोजनाका लागि भने हुवावेकै पूर्वाधार छान्ने गरेको छ । नयाँ आउने प्रविधिमा ‘अपग्रेड’ गर्न सजिलो हुँदा दीर्घकालमा लागत कम पर्ने हुँदा कम्पनीहरू हुवावेलाई छनोट गर्छन् । पछिल्लोपटक जीएसम मोबाइल सेवाको लाइसेन्स लिएको स्मार्ट टेलिकमले पनि नेटवर्क विस्तार गर्दा अधिकांश पूर्वाधार हुवावे कम्पनीकै प्रयोग गरेको जनाएको छ । स्मार्ट टेलिकम छिट्टै राजधानीमा मोबाइल सेवा विस्तार गर्ने तयारीमा रहेको कम्पनीका कर्पाेरेट कम्युनिकेसन प्रमुख पवन शाक्यले बताए । नेपाल दूरसञ्चार प्राधिकरणले ‘पूर्वाधारको सहप्रयोगसम्बन्धी निर्देशिका २०७२’ कार्यान्वयनमा ल्याई नयाँ आउने कम्पनी तथा हाल सञ्चालित कम्पनीले ठूला पूर्वाधार निर्माण गर्दा पूर्वाधारको सहप्रयोग अनिवार्य गरेको छ ।