जतिको मोबाइल रिचार्ज त्यति नै क्यास ब्याक दिने रिचार्जर एप्स सार्वजनिक

काठमाडौं, १७ असोज । दशैं तिहारको अवसर पारी ग्लोबल की टेक्नोलोजी प्रालिले मोबाइल रिचार्ज गर्दा रिचार्ज बराबर नै क्यास ब्याक दिने नयाँ मोबाइल एप्स रिचार्जर नेपाली बजारमा सार्बजनिक गरेको छ । सोमबार सार्वजनिक गरिएको एप्सका प्रयोगकर्ताले एनटिसी अथवा एनसेल मोबाइल रिचार्ज गर्दा सोही रकम बराबरको क्यास ब्याक प्राप्त गर्नेछन् । यसरी जम्मा भएको क्यास ब्याक रकम अनलाइन सपिङ गर्दा, फिल्म हेर्दा, रेष्टुरेन्टमा खाँदा, फ्लाइट बुक गर्दा तथा एप्सले उपलब्ध गराउने अन्य सेवाहरुमा खर्च गर्न सकिने छ । यो एप्स एन्ड्रोइड प्रयोगकर्ताले गुगल प्लेस्टोरबाट र आइओएस प्रयोगकर्ताले एपस्टोरबाट रिचार्जर टाइप गरि निःशुल्क डाउनलोड गर्न सक्नेछन । यो एप्स १०० भन्दा बढी आधिकारिक फेसबुक र इन्स्टाग्राम सपिङ पेजहरुको छुट्टै सपिङ हब हो । एन्ड्रोइड फोन प्रयोगकर्ताहरुले जुनसुकै स्रोतबाट मोबाइल रिचार्ज गरेपनि बिना इन्टरनेट क्यास ब्याक प्राप्त गर्न सकिने यो एप्स स्मार्टफोन प्रयोगकर्ताहरुलाई लक्षित गरि ल्याइएको ग्लोबल की टेक्नोलोजी प्रालिका प्रेशिडेन्ट अलाइभ ग्लाइडरले जानकारी दिए । उनले एप्स मार्फत अनलाइनमा खरिद गरिएको सामानको डेलिभरी घरमै गर्ने ब्यबस्था मिलाइएको समेत बताए । यो एप्समार्फत अनलाइन मोबाइल रिचार्ज, अफलाइन डाटाप्याक खरिद, सुनचाँदीको मुल्य, बिनिमयदर, सेयर बजार तथा बजारमा आएका नयाँ नयाँ फेसन ब्राण्डहरुको बारेमा जानकारी पाइने सुबिधा रहेको कम्पनीका प्रबन्ध निर्देशक टिकाराम बुढाथोकीले जानकारी दिए । सोसियल सपिङको अवधारणामा यो एप्स सार्वजनिक गरेको ग्लोबल कि टेक्नोलोजी प्रालिका बजार प्रबन्धक कृष्ण रोक्काले बताए ।

दश वर्षपछि उपत्यका बाहिर साझा बस, पहिलो पटक बाग्लुङ र गोरखा जिल्लामा

काठमाडौं, १६ असोज । साझा यातायातले दसैँमा काठमाडौं उपत्यका बाहिर जाने यात्रुको चापलाई ध्यानमा राखी आइतबारदेखि सेवा विस्तार गरेको छ । दश वर्षपछि पहिलो पटक आइतबारदेखि साझाले आफ्नो सेवा उपत्यका बाहिर विस्तार गरेको हो । दशैंमा घर जाने यात्रु बोकेर पहिलो पटक साझा बाग्लुङ र गोरखाका लागि छुटिसकेको साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिए। लामो समयपछि आज पहिलो दिन काठमाडौंदेखि बाग्लुङ र काठमाडौं—गोरखाका लागि दुई दुई बस बिहान ८ बजेदेखि उपत्यकाबाट बाहिरिसकेका छन् । पाण्डेका अनुसार अब एक दई दिनमा साझा बस चढेर दसैँ मान्नका लागि वीरगन्ज जान पाउने छन् । विभिन्न आन्तरिक कारणले गर्दा विसं २०६२÷६३ देखि पूर्ण रूपमा लामो दूरीमा साझाका बस सञ्चालन हुन छाडेको थियो । झन्डै दुई हप्ताअघि भारतबाट ल्याइएका तीस बस भने परीक्षणका क्रममा रहेकाले दसैँपछि मात्र सञ्चालन हुने प्रमुख पाण्डेले जानकारी दिए । काठमाडौं उपत्यकामा भने विसं २०७० वैशाखदेखि १६ बस सञ्चालन भइरहेका छन् । साझाले अहिले उपत्यका बाहिर सञ्चालन गर्न लागेको बस नयाँ नभई हाल उपत्यकामा सञ्चालन भइरहेका बस नै हुन् । सेवा विस्तार गरिएको स्थानमा जानका लागि यात्रुले पुल्चोक र कलङ्कीबाट टिकट काट्न पाउनेछन् । उक्त बसमा एक पटकमा बसेर ५५ जनाले र केहीले उठेर पनि यात्रा गरेका छन् । रासस

हिमालय एयरलाइन्सको काठमाडौँ–कोलम्बो नियमित उडान शुरु

काठमाडाैं, १६ असाेज । हिमालय एयरलाइन्सले असोज १५ गतेदेखि काठमाडौंबाट श्रीलंकाको राजधानी कोलम्बोमा सीधा हवाई सेवा शुरु गरेको छ । यस सेवाले नेपाल र श्रीलंका बीचपर्यटन प्रवर्धन गर्न, ब्यापार विस्तार गर्न र दुई देशहरु बीच सुमधुर सम्बन्धकायमगर्न मद्दत गर्नेछ । समय तालिका अनुसार विमान त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थल काठमाडौँ मध्यान्य ११ः३० बजे उडेर कोलम्बको स्थानीय सयम अनुसार १५ः०३ बजे बन्दरानाइके अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । विमानले कोलोम्बोमा आत्मीय स्वागत पाएको हिमालयन एयरलाईन्सले जनाएको छ । यस कम्पनीले हप्ताको २ दिन उडान शुरु गरेसँगै २८ वर्ष पछि नेपाल र श्रीलंकाबीच पुनः प्रत्यक्ष हवाइ सेवा जोडिएको छ । यात्र¬हरुसँगै विमानमा नेपालको लागि श्रीलंकाको राजदुत डब्लु एस पेरेरा र श्रीलंका उद्मोग वाणिज्य महासघंका महासचिव अजीत डी पेरेरा सवार भएका थिए । नियमित उडानबारे टिप्पणी गर्दै कम्पनीका भाईस प्रेसिडेन्ट विजय श्रेष्ठले भने “कोलोम्बोमा सञ्चालन गर्न लागेको उडानलाई हामीले अर्को कोशे ढङ्गा मानेका छौ किनकी हिमालयन एआलाइन्स् मात्र एउटा यस्तो एअरलाइन्स हो जसले काठमाडौ– श्रीलंका रुटको सेवा सञ्चालन गरेको छ । दुई देशका व्यापारी र पर्यटकहरुले यस सेवालाई बढि प्रयोग गर्ने छन् भन्ने हामीले आशा गरेका छौँ ।” कम्पनीले हरेक साता मंगलबार र शनिबार उडान भर्नेछ ।