प्रभुको नयाँ हेलिकप्टर ‘आर६६ टरबाइन’ अब छिट्टै नेपाली आकाशमा
काठमाडौं, २१ असोज । प्रभु समूह अन्तर्गतको भगिनी संस्था प्रभु हेलिकप्टरले अमेरिकामा निर्मित रोबिन्सन आर६६ नँया हेलिकप्टर नेपालमा भित्र्याएको छ । उक्त हेलिकप्टरले चाडै नै नेपाली आकाशमा व्यवसायिक उडान शुरु गर्ने कम्पनीले जानकारी गराएको छ । यो सहित प्रभु हेलिकोप्टरसँग अहिले अमेरिकामा निर्मित दुई वटा हेलिकोप्टर रहेको छ । पोखरा र काठमाडौंमा आधार बनाएर हेलीकप्टरद्वारा दैनिक साइट–सिइङ, माउन्टेन फ्लाइट, रेस्कियू फ्लाइट आदि उडानहरु गर्ने योजना रहेको कम्पनीको रहेको छ । दक्ष प्राविधिकद्वारा सर्व सुलभ दरमा सुरक्षित उडान सेवा गर्ने कम्पनीको उद्देश्य रहेको छ । कम्पनीको पोखरामा आफ्नै ह्यान्गरमा नियमित परिक्षण तथा मर्मत सम्भार गरि सुरक्षित तथा भरपर्दो सेवाको प्रत्याभूति गरिएको छ । प्रभु हेलिकप्टरले क्रमिक रुपमा नँया हेलिकप्टरहरु थप्दै हवाई क्षेत्रमा गुणस्तरीय सेवा दिंदै पर्यटन क्षेत्रको विकासमा टेवा पुर्याउने योजना राखेको छ ।
एक एनआरएनले ३ जना पर्यटक पठाउने प्रतिवद्धता, सन् २०१७ सम्ममा १६ लाख पर्यटक नेपाल पठाउने अभियान सुरु
काठमाडौं २१, असोज । सन् २०१७ को अन्त्यसम्मका नेपालमा १६ लाख पर्यटक पठाउने र यसका लागि नेपाल भ्रमणको अभियान सुरु गर्ने गैरआवासीय नेपाली संघका उपाध्यक्ष भवन भट्टले बताए । नेपालमा विदेशी पर्यटक बढाउन संघले आफ्ना सदस्यमार्फत हरेक देशका एनआरएन एक जनाले ३ जना विदेशी पर्यटक नेपाल पठाउने प्रतिवद्धता पनि भट्टले व्यक्त गरे । कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले हरेक वर्ष नेपालमा विदेशी पर्यटकको घुम्ने संस्कृति बढ्दै गएको बताए । उनका अनुसार नेपालमा धेरै मात्रामा फूर्सदको समयमा घुम्ने मात्र नभएर मेडिकल, मनोरञ्जन, धार्मिकसहितका पर्यटकको पनि आकर्षण बढ्न थालेको पनि उनको बुझाई छ । संघले पर्यटन प्रवद्र्धनमा एनआरएनएको भूमिका प्रभावकारी बनाउन चाहेको जानकारी दिएको छ । एनआरएनले ६ महिना अगाडिदेखि बोर्डसँगको सहकार्यमा अतिथी देवो भवः नामक पर्यटन प्रवद्र्धनको अभियान संचालन गरिरहेको छ । यही अभियानलाई थप प्रभावकारी बनाउन संघले आफ्नो सक्रियाता बढाउन चाहेको बताएको छ । अभियानका प्रमुख लिडर डा. पुष्प अधिकारीले छिमेकी मुलुक भारत र चीनको तुलनामा नेपालमा साह्रै न्यून पर्यटक आगमन हुने गरेको बताए । उनका अनुसार विश्वर पर्यटनमा अगुवाई गरेको देशको बीचमा रहेको नेपालको उपस्थिति बलियो बनाउनुपर्ने तर्क पेश गरे । डेमार्कका लागि पर्यटन प्रवद्र्धन दूत सोमनाथ सापकोटा र रसियाका लागि पर्यटन प्रवद्र्धन दूत सपिला राजभण्डारीले आफ्नाफ्नो प्रस्तुतीकरण समेत दिएका छन् । उनीहरुले बोर्डले गाइडलाइन दिनुपर्ने, अन्तर्राष्ट्रिय पहुँचका लागि हवाई मार्गको विस्तार हुनुपर्ने, प्रवद्र्धनात्मक अभियानका सामग्री उपलव्ध हुनुपर्ने सहितको माग पनि पर्यटन प्रवद्र्धन दूतको छ । बोर्डले सन् २०१८ सम्मका लागि २८ जना यस्ता दूतको नवीकरण गरेको छ । कम्तिमा दुई वर्षका लागि दिने यस्तो दूत नवीकरण नभएका र प्रक्रियामा रहेको संख्या तथा बोर्डले दूत नियुक्त गरेका गरी करीब चार दर्जन रहेका छन । पर्यटन बोर्डले एउटै देशमा पाँच जनासम्म यस्तो पर्यटन दूत नियुक्त गरेको छ । बोर्डले विभिन्न देशमा गरी सन् २०१८ सम्मका लागि नवीकरण भएका यस्ता पर्यटन दूतको संख्या हाल २८ जना रहेको तथ्यांक उपलव्ध गराएको छ । बोर्डले धेरैवटा देशमा एक जना मात्रै नियुक्त गरेको भएपनि संयुक्त राज्य अमेरिकामा भने पाँच जना पर्यटन सद्भाव दूत नियुक्त गरेको छ ।
‘मफिया इशाराले डिनमा चलखेल’, तीर्थ खनियाले चलखेल गरेको केसीको आरोप
काठमाडौं २१, असोज । आमरण अनशनमा रहेका डा गोविन्द केसीले अदालतको बहाना गर्दै ‘मेडिकल माफिया’को इशारामा उपकुलपति तीर्थ खनियाँले डिन नियुक्तिमा चलखेल गरेको बताएका छन् । चिकित्सा शिक्षा सुधार र सुशासनमा केन्द्रित अनशनको ११ औं दिन नागरिकसँग विशेष कुराकानी गर्दै डा केसीले अन्तरिमा आदेशको अपब्याख्या गरेर खनियाँ षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । स्वास्थ्य अवस्था बिग्रदै गएको अवस्थामा डा केसीले पटकपटक मास्क लगाउने र केही अक्सिजन लिएपछि फेरी कुराकानी गर्ने गरेका थिए । अदालतले संविधानमै नभएको प्रावधानअनुसार कारबाही भए उनीहरुको वृत्तिविकास रोकिने भन्दै अन्तरिम आदेश दिइसकेको अवस्थामा उपकुलपतिले त्यसैलाई डिन नियुक्तिमा वरिष्ठता नकार्ने बहाना बनाएको केसीले बताए । ‘एउटा कारबाहीमा परेका एक जनालाई अहिले निमित्त दिन मिल्ने अनि नयाँलाई बनाउन नमिल्ने,’ उनले भने, ‘कारबाही अनुचित भएको भन्दै निर्णय तत्काल कार्यान्वयन नगर भनेर अदालतले भनिसकेपछि बहाना बनाउनु सरासर गलत हो ।’ नागरिक दैनिकबाट।