फेसबुकले ल्यायो म्यासेन्जर लाइट, पुरानो सेटमा गज्जबले चल्छ!

पुरानो भर्सनको एन्ड्रोइड स्मार्टफोन चलाउनेहरूलाई खुशीको खबर छ । फेसबुकले कम क्षमताका स्मार्ट फोन र सुस्त इन्टरनेट हुँदा पनि सजिलै प्रयोग गर्न सकिने ‘म्यासेन्जर लाइट’ सोमबार सार्वजनिक गरेको छ । लाइट भर्सनको यो म्यासेन्जर इन्टल गर्न जम्मा १० एमबि स्टोरेज भए पुग्छ । नियमित संस्करणको म्यासेन्जरलाई भने ५० एमबि भन्दा बढिको स्टोरेज चाहिन्छ । म्यासेन्जर लाइटले मोबाइल डेटा प्लानमा चल्नेहरूलाई पनि ठुलो राहात दिने छ । नयाँ सेट किन्न नचाहने र इन्टरनेट सुस्त हुनेलाई यो राम्रो म्यासेजिङ बिकल्प हुने भएको छ । म्यासेन्जर चलाउँदा फोन ह्याङ हुन्छ भने पनि यो गज्जबको बिकल्प हुने छ । १ अर्ब भन्दा बढि प्रयोगकर्ताले अहिले फेसबुकको म्यासेन्जर प्रयोग गर्छन् । ‘बाँकी इन्टरनेट प्रयोगकर्ता जो सँग कमसल फोन छन् र इन्टरनेट कनेसक्सन कमजोर छ हामी उनिहरूलाई जोड्न चाहन्छौं’ फेसबुक न्युजरूममा भनिएको छ । नेपाल जस्ता विकासशील देशलाई लक्षित गरी डेभलप गरिएको यो म्यासेन्जर तत्कालका लागि भने केन्या, ट्युनिसिया, मलेसिया, श्रीलंका र मलेसियामा मात्र प्रयोग गर्न मिल्ने छ । सामान्य म्यासेन्जरका धेरै सुविधा भएपनि कतिपय महत्वपूर्ण सुविधा भने लाइट भर्सनमा छैनन् । टेक्ट, फोटो र भिडियो म्यासेज पठाउन मिले पनि भ्वाइस कल सुविधा भने यो भर्सनमा छैन् ।

चारतारेकै स्तरबाट पाँचतारेको सेवा दिँदै हिमालय होटल, ३६ वटा कोठा तत्काल थप गर्ने तयारी

काठमाडौं २०, असोज । राजधानीको चारतारे होटल हिमालयले आफ्नो स्तर र क्षमता बढाउने भएको छ । होटलले पाँचतारे सरहको सेवा र सुविधा दिइरहेको छ भने स्तर वर्गिकरणमा भने चार तारे मात्रै लिएको छ । होटलले कोठा र सेवा सुविधा थप गरेर पाँचतारेको भन्दा पनि गुणस्तरीय सेवा सुविधा दिने भएपनि स्तर वर्गीकरणमा भने चार तारेकै लिने जानकारी दिएको छ । होटलमा हाल १२५ कोठा रहेको भएपनि सेवा र सुविधा विस्तारका लागि अझैं ३६ वटा कोठा थप गर्न लागिएको होटल हिमालयका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रल्हादराज कुँवरले बताए । उनका अनुसार होटल ५७ रोपनी क्षेत्रफलमा फैलिएकको यो होटल संचालमा आएका पाँचतारेको सेवा सुविधा भन्दा राम्रो सुविधा प्रदान गरिहेको छ । यो होटलले तारा पनि स्तारोन्नति गरेर पाँचतारे लिने भनेपनि होटलमा आउने यूरोपेली युनियन, विश्व खाद्य कार्यक्रम, एनजीओ र आइएनजीको ठूलो ग्रुपबाट राम्रो व्यापार लिएको छ । यस्तो ग्रुप पाँच तारे होटलमा नबस्ने र सेवा सुविधा पाँचतारे वा सो भन्दा बढी भएपनि चारतारे भन्न सहज हुने भएकोले ती ग्रुपको हिमालय होटलमा आकर्षण हुने गरेको पनि होटल स्रोतको भनाइ छ । होटलका अनुसार स्तर निर्धाणर होटलले चाहेकै समयमा हुने भएकोले पनि गुणस्तर र ब्राण्डमा पहिलो प्राथमिकता हुने उल्लेख छ । होटललमा भएको सेवा सुविधा र एउटा कोठा थप गर्ने लाग्ने करिब एक करोडको लगानिले पाँचतारे वा सो सरहको सेवा सुविधा होटलमा रहेको छ । होटलमा जुनियर स्वीट्स, एक्जुकेटिभ र डिलक्स रुम रहेका छन् । थप हुने कोठमा एउटा प्रेसिडेन्टल स्वीट्ससहितको अन्य एक्जुकेटिभ र डिलक्स रुम थप हुने होटलले जानकारी दिएको छ । होटलमा पाँच तारेका लागि चाहिँने सबै सेवा सुविधा पुगिसकेको छ । राजधानीका अन्य होटल एक सय कोठमा नै पाँचतारे भएका छन भने हिमालयको अहिले नै १२५ वटा छ भने थप ३६ वटा थप हुनुले यसको सेवा सुविधा र गुणस्तरलार्य पनि बढाउने होटलको दाबी छ । चार तारे होटलमा स्तर निर्धारण गरेको भएपनि यो होटलको गुणस्तर, सेवा र सुविधा पाँच तारेसरहकै रहेको पनि कुँवरले बताए । हाल नेपालमा हिमालय र शंकर होटल मात्रै चारतारे स्तरमा संचलान भएका छन् । पाँचतारे होटल भने हाल नौ वटा संचालनमा रहेका छन् । आगामी तीन वर्ष भित्रमा थप आधा दर्जन चारतारे होटल थप गर्ने घोषणा पनि विभिन्न व्यवसायीक समूहले गरेका छन् ।

दसैंको मुखमा सौर्य एयर ग्राउण्डेड, दैनिक २५० यात्रु प्रभावित

काठमाडौं २०, असोज । दसैंको मुखैमा नियमति उडानको सौर्य एयरलाइन्स ग्राउण्डेड भएको (विग्रिएर थन्किएको) छ । बुधबार विहान विराटनगरबाट काठमाडौं आएपछि जहाजको कोपाइलटतर्फको अगाडिको झ्यालको सीसा टुटेको छ । सीसामा देखिएको सानो क्र्याकले पनि विन्डो हिटमा समस्या आउने भएकोले जहाज ग्राउण्डेड भएको समाचार विहिबारको अन्नपूर्ण पोष्टमा छापिएको छ । सीसामा देखिएको सानो समस्या भएपनि ग्राहकको सुरक्षा संवेदशीलतालाई ध्यानमा राखेर जहाज ग्राउण्डेड गरिएको सौर्य एयरलान्यसका प्रवन्ध निर्देशक गोपाल भट्टराईले बताए । उनका अनुसार झ्यालको सीसा नै फेर्नुपर्ने र त्यसो सामान अमेरिकाबाटै मगाउनुपपर्छ । यसका लागि करिब ३० देखि ४० लाख खर्च लाग्ने उल्लेख छ । अमेरिकादेखि सामान मगाउने र ल्याएर जडान गर्दा तीनचार दिन लाग्ने एयरलाइन्सको भनाइ छ । ५० जना यात्रु बोक्ने यो वायुसेवासँग एउटा मात्रै जहाज भएकोले पनि सानो समस्या आउँदा पनि शत् प्रतिशत उडान रद्द हुने गरेको छ । यो वायुसेलाई काठमाडौंबाट विराटनगर, नेपालगन्ज र भद्रपुरको लागि दैनिक ५ देखि ६ वटासम्म उडान गर्ने गरेको छ । जहाज ग्राण्डेड हुँदा दैनिक साढे दुई सय देखि ३० सय जना प्रभावित भएका छन् ।