मेरियटले सञ्चालन गर्यो जापानी खाना रेसिपीको कुकिंग क्लास (फोटोसहित)

काठमाडौं । मेरियट होटल एण्ड फेयरफिल्ड मेरियट काठमाडौंले जापानी खाना रेसिपीको कुकिंग क्लास सञ्चालन गरेको छ । होटलले माघ १३ गतेदेखि दुईदिने उक्त क्लास सञ्चालन गरिरहेको छ । माघ १४ गतेसम्म हुने उक्त क्लास जापानका सेफ् क्योहेई सानले दिनेछन् । यस्ता क्लासले जापानी खाना प्रेमीहरूको लागि उत्कृष्ट नेटवर्किङ र सिक्ने समय ल्याउने बताइएको छ । विश्व-प्रसिद्ध जापानी व्यञ्जनहरूमा मिसो काकडी, यासई करी, सुशी लगायतका परिकारहरु छन् । जसको स्वाद फरक फरक हुने सेफ् सान बताउँछन् । सेफ् सानका अनुसार मीठो, खट्टा, नुन, तितो, उमामी र कोकुमी जापानी खानामा स्वादका ६ वटा आधारभूत सेन्स हुन् । यीमध्ये उनले उमामीको स्वादको बारेमा विस्तारमा वर्णन गरेका गरे जुन ब्रोथ र पकाएको मासुको विशेषता हो । यो ग्लुटामेटको स्वादसँग मेल खान्छ । विशेष गरी मोनोसोडियम ग्लुटामेट प्रत्येक डिशलाई सही स्वादको सन्तुलनको साथ तयार गर्न आवश्यक रहेको उनी बताउँछन् । माघ १३ गतेको क्लासमा उनले जापानी संस्कृति र घरमा खाना पकाउने आधारभूत विषयको बारेमा सिकाइएको छ । शुक्रबार भएको उक्त क्लासमा ४/५ जनाको विभिन्न ५ वटा समूह थियो । नेपालमा जापानी भान्सामा पकाइने खानाको अनुभव सिर्जना गराउन र सिकाउनको लागि उक्त कार्यक्रम आयोजना गरिएको होटलले जनाएको छ ।

भृकुटीमण्डपमा सुरु भयो नेपाल उड इन्टरनेशनल एक्स्पो (फोटोफिचर)

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नेपाल उड इन्टरनेशनल एक्स्पो सुरु भएको छ ।मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस्ले नेपाल उड इनटरनेशनलले आयोजना गरेको एक्सपो माघ १५ गतेसम्म संचालन हुनेछ । प्रदर्शनीमा संसारका विभिन्न देशका १०० भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरुका स्टल रहेको आयोजकले जानकारी दिएको छ । प्रदर्शनीमा उड वर्किङ एण्ड फर्निचर म्यानुफ्याक्चरिङ मिसिनेरिज्, पावर टुलस्, प्लेउड, डोर्स एण्ड विन्डोज्, फिटिङ्स, उड एसेसरिज, र्व म्याटेरियल्स, इन्टेरियर डिजाइन, होम डेकोर तथा फिनिस्ड प्रडक्टस्हरु राखिएको छ ।