पुनर्बीमाको वार्षिक साधारणसभा सम्पन्न, चुक्ता पूँजी १५ अर्ब रुपैयाँ पु¥याउने

काठमाडौं, १७ असार । नेपाल पुनर्बीमा कम्पनीको प्रथम वाषिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभाबाट अधिकृत पूँजी ५ अर्बबाट १५ अर्ब रुपैयाँ कायम गरिने र चुक्ता पूँजी ३ अर्बबाट १५ अर्ब रुपैयाँ कायम गरिने निर्णय भएको छ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष महेश कुमार गुरागाईंद्धारा साधारण सभामा प्रस्तुत आर्थिक वर्ष २०७१/७२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । आ. व २०७२ ७३को लागि लेखापरीक्षकमा सूबोध एण्ड एशासियट्स्, चार्टर्ड एकाउन्टेन्ट्स् लाई नियूक्त गरेको छ । कार्यक्रममा अर्थ राज्य मन्त्री दमोदर भण्डारी आगामी आ.व.का लागि सरकारले प्रस्तुत गरेको बजेट बक्तव्यमा बीमा सम्बन्धी बिबिध कार्यक्रमहरु समावेश गरिएको उल्लेख गरेका छन् । उनले जनस्वाश्थ्यलाई सहज बनाउन स्वास्थ्य बीमा लागू गर्ने । कृषि तथा पशुपालन व्यवसायलाई व्यवस्थित गर्न प्रत्येक कम्पनीले राष्ट्रभर आफ्नो व्यवसायको ५ प्रतिशत बराबर कृषि तथा पशु बीमा गर्नु पर्ने बताएका छन् । भण्डारीका अनुसार बैदेशिक रोजगारीलाई व्यवस्थित गर्न बैदेशिक रोजगारी म्यादी जीवन बीमाको शर्त र सुविधाहरु करिव दोब्बर गरिएको बताए । तेश्रो पक्ष बीमा र यात्रु बीमालाई व्यवस्थित बनाउन सरकारले क्षतिपूर्तिको रकममा बृद्दी गरेको हुनाले सोको ब्यबस्थाको लागि सबै बीमकलाई समेटि कोष खडा गरी अघि बढाउन नेपाल पुनर्बीमा कम्पनीलाई निर्देशन दिईएको छ । नेपाल पुनर्बीमा कम्पनीलाई सक्षम बनाई बिदेशी मुद्रा सञ्चिति अभिबृद्धि गर्न सबै बीमा कम्पनीहरुले ३० प्रतिशत प्राथमिकता हिस्सा कायम गरी नेपाल पुनर्बीमा कम्पनीलाई पुनर्बीमा दिने व्यवस्था गर्न सबै बीमकहरुलाई बीमा समिति मार्फत निर्देश गरिएको छ । नेपाल पुनर्बीमा कम्पनीको अगुवाईमा सबै बीमक कम्पनीहरुको सहभागितामा कृषि, पशु तथा लघु बीमा कम्पनी स्थापनाको लागि कार्य अगाडी बढाइएको छ । बीमा क्षेत्रलाई केन्द्रित गरी बिशेष प्रकारका वित्तीय औजार जारी गर्ने कार्यक्रम रहेको भण्डारीले बताए । नेपाल पुनर्बीमा कम्पनी अन्तर्राष्टिय बीमा बजारमा समेत प्रतिस्पर्धी बनाई बिदेशी पुनर्वीमा ग्रहण गर्न र राम्रो आय तथा बिदेशी मुद्रा आर्जन गर्न सक्ने बनाउन सरकार लागि परेको । बीमा समितिका अध्यक्ष प्रा.डा फत्त बहादुर के.सीले नेपाल पुनर्बीमा कम्पनीले आफ्नो प्रतिस्पर्धी क्षमतालाई अभिबृद्धि गर्दै सक्षम पुनर्बीमक बन्न सकोस भन्ने शुभकामना व्यक्त गरेका  छन् । कम्पनीका अध्यक्ष एफसिए महेश कुमार गुरागाईले कम्पनीले सबैको सहयोगमा सरकारको अपेक्षा अनुरुपको क्षमता अभिबृद्धि गर्दै आवश्यक सेवा प्रदान गर्न, कम्पनीमा सर्बसाधारणको लगानीलाई समावेश गरी सूचिकृत गर्न, अन्तर्राष्टिय वीमा बजारमा आफ्नो विश्वसनियता बढाउनको लागि प्रविधि, स्तर निर्धारण र दक्ष जनशक्तिको बिकास गर्न आवश्यक प्रकृया आरम्भ भएको बताए ।

डिसहोमको १४ औं सेवा केन्द्र बागलुङ्गमा

काठमाडौं, १५ असार । डिसहोमले बागलुङमा १४ औं सेवा केन्द्र थप गरेको छ । डिसहोमका नायव महाप्रवन्धक कल्याण अधिकारी तथा प्रवन्धक सविन महर्जनले सेवा केन्द्रद्धारा सो सेवाको उद्धघाटन गरेका हुन् । हाल सम्म डिसहोमले काठमाडौंसहित पोखरा, चितवन विर्तामोड, विराटनगर, नेपालगन्ज, धनगढी, बुटवल, दाङ्ग, लाहान, जनकपुर, चरिकोट, महेन्द्रनगर र बागलुङ्गमा सेवा केन्द्र स्थापना गरिसकेको कम्पनीले बताएको छ । कम्पनीका अनुसार सेवा केन्द्रमा हार्डवयर तथा सेवा सम्बन्धी समस्याको समाधान दिने गर्छ । त्यसैगरी सेवा केन्द्रबाट घरमै पुगेर दिने प्राविधिक सहायोग तथा रिचार्ज र सिग्नल सम्वन्धी समस्या पनि समाधान गरिने कम्पनीले जानकारी दिएको छ । डिस होमले ५ बर्षदेखि नेपाल भर सेवा दिंदै आएको छ । नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको यो प्रविधि विना तार जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिने र सिधै स्याटेलाइटमा आवद्ध हुने हुँदा ध्वनी र दृश्य दुबै गुणस्तरीय हुने कम्पनीद्धारा जारी विज्ञेप्तिमा उल्लेख छ ।

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा इलामको नँयाबजारमा

काठमाडौं, १२ असार । सनराइज बैंक लिमिटेडले शाखारहित बैंकिङ्ग सेवा इलामको नयाँबजारमा शुरु गरेको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्घेश्यले सो स्थानमा उक्त शाखा सञ्चालन गरेको हो । बैंकको इलाम शाखाका प्रमुख गुरू राज रेग्मी र स्थानीय बुिद्धजिवी एवंम् भूतपूर्व शिक्षक कमल कान्त रिमालले शुक्रबार एक समारोहकाबीच उद्घाटन गरेका हुन् । सो अवसरमा रेग्मीले शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि देवी प्रसाद अधिकारीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका छन् । शाखा कार्यालय नभएको ठाँउबाट बचत तथा भुक्तानीका लागि शाखारहित बैंकिङ्ग सेवा मार्फत एटिएम कार्ड र औंठा छापबाट कारोबार गरिने बैंकद्धारा जारी विज्ञेप्तिमा उल्लेख छ