ग्लोबल आइएमई लघुवित्तको ५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ । पुस ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले  सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ६१ करोड ८९ लाख ४५ हजार रुपैयाँको कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसअन्तर्गत ४.७५ प्रतिशत अर्थात् २ करोड ९३ लाख ९७ हजार ७५२ रुपैयाँ १४ पैसा बराबरको बोनस सेयर तथा कर प्रयोजनार्थ ०.२५ प्रतिशत अर्थात् १५ लाख ४७ हजार २५० रुपैयाँ ११ पैसा बराबरको नगद लाभांश समावेश छ । घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराई सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।  

मिथिला लघुवित्तले १५ प्रतिशत लाभांश दिने

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ । पुस ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५ प्रतिशत वितरण गर्ने निर्णय गरेको हो । बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसअन्तर्गत १४.२५ प्रतिशत अर्थात् ३ करोड १९ लाख १० हजार ४७३ रुपैयाँ ६२ पैसाबराबरको बोनस सेयर तथा कर प्रयोजनार्थ ०.७५ प्रतिशत अर्थात् १६ लाख ७९ हजार ४९८ रुपैयाँ ६१ पैसाबराबरको नगद लाभांश समावेश छ । घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराई सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।  

छिमेक लघुवित्तबाट ३ संस्थापक बाहिरिने, सेयर मूल्य ३९५ देखि ४१० रुपैयाँ

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाका ३ संस्थापक सेयरधनी बाहिरिने भएका छन् । आफ्नो नाममा रहेको सेयर बिक्री गरेर लघुवित्त संस्थाबाट ३ संस्थापक सेयरधनी बाहिरिन लागेका हुन् ।  लघुवित्तका अनुसार संस्थापक सेयरधनी एसजी सेक्युरिटिज प्रालि, शिवाङ्गी इन्भेष्टमेन्ट प्रालि र विनिता अधिकारीले कुल १ लाख ७० हजार ८४७ कित्ता सेयर बिक्रीमा राखेका हुन् । जसमध्ये एसजी सेक्युरिटिज र शिवाङ्गी इन्भेष्टमेन्टको समान ६४ हजार ३०६ कित्ता र विनिता अधिकारीको ४२ हजार २३५ कित्ता सेयर बिक्रीमा राखिएको हो । लघुवित्तका अनुसार एसजी सेक्युरिटिज र शिवाङ्गी इन्भेष्टमेन्टले बिक्रीमा राखेको सेयरको मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ र अधिकारीको सेयरको प्रतिकित्ता ४१० रुपैयाँ तोकिएको छ । लघुवित्तको सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने लघुवित्तले जनाएको छ ।