प्रभु इन्स्योरेन्सको नाफा १३ करोड, इपीएस १९ रुपैयाँ

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षमा नाफा बढाएको छ । गत चैतसम्म प्रभुले १३ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा १० करोड ६४ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीले गत चैतसम्म २१ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा प्रभुले १७ करोड ७४ लाख रुपैयाँ गरेको थियो । समीक्षा अवधिमा प्रभुले ६५ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा ६० करोड ५० लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ पुगेको छ । चैतसम्म कम्पनीले २५ करोड ५८ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । अझै ११ करोड रुपैयाँ दावी भुक्तानी हुन बाँकी रहेको प्रभुले जनाएको छ ।

शिखर इन्स्योरेन्सको नाफा ३१ करोड, ईपीएस ३९ रुपैयाँ

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनामा नाफा बढाएको छ ।  गत चैतसम्म कम्पनीले ३१ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा शिखरको नाफा २६ करोड ६३ लाख रुपैयाँ थियो । ९ महिनामा कम्पनीले ५० करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ४३ करोड ७५ लाख रुपैयाँ गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ६६ पैसा पुगेको छ । समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आम्दानी २३ प्रतिशत बढेर २ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा २ अर्ब रुपैयाँ थियो । कम्पनीको जोखिम जगेडा कोष बढेर ९४ करोड ५० लाख रुपैयाँ पुगेको छ । तराई बाढी र डुवानका कारण ३० करोड रुपैयाँको दावी भुक्तानी परेको छ । सो दावी मध्य कम्पनीको हिस्सा १ करोड रुपैयाँ मात्र रहेको छ ।

बीमा कम्पनीका सञ्चालक समितिको निर्णयमा भर परेर सेयरमा लगानी नगर्नुहोस्- चिरञ्जीवी चापागाईंसँगको भिडियो अन्तरवार्ता

काठमाडाैं । बीमा समितिको अध्यक्ष चिरञ्जीबी चापागाईंले बीमा कम्पनीहरुको सेयर मूल्यमा अस्वभाविक उतारचढाव आउनुमा बीमा कम्पनीका सञ्चालक समितिको अपरिपक्व निर्णयहरु जिम्मेवार भएको बताएका छन् । विकासन्युजको नियमित स्तम्भ विकास वहसमा बोल्दै उनले लगानीकर्ताहरुलाई सञ्चालक समितिको निर्णयमा मात्र विश्वस गरेर सेयर किन्ने निर्णय नलिन सुझाव दिएका छन् । सञ्चालक समितिका निर्णयहरु गलत भएकै कारण एभरेष्ट इन्स्योरेन्स, यूनाईटेड इन्स्योरेन्स लगायतका बीमा कम्पनीहरुको लगानीकर्ता मर्कामा परेको बताएका छन् । वर्षौ साधारणसभा नभएको कम्पनीको १०० रुपैयाँको सेयरलाई १८/२० हजार रुपैयाँ तिर्नु लगानीकर्ता आफैको कमजोरी भएको उनले बताएका छन् । बीमा समितिको अध्यक्ष भएर आएपछि बीमा क्षेत्रको धेरै समस्या हल गरेको, बीमाको पहुँचमा उल्लेख्य वृद्धि गरेको उनको भनाई छ ।