सामाजिक सुरक्षा कोषको आवद्धता धनी बन्न होइन : महान्यायाधिवक्ता बडाल

काठमाडौं । महान्याधिवक्ता रमेश बडालले सामाजिक सुरक्षा कोषमा आवद्धता धनी बन्नका लागि नभएको स्पष्ट पारेका छन् । सामाजिक सुरक्षा कोषले आयोजना गरेको ‘सामाजिक सुरक्षा कोषमा वृहत आवद्धता अभियानको लागि सामाजिक सुरक्षा कोष र नेपाल बार एसोसिएसनबीच सम्झौतामा हस्ताक्षर कार्यक्रम’ मा महान्यायाधिवक्ता बडालले यस्तो बताएका हुन् ।  उनले सामाजिक सुरक्षा कोषमा गरेको योगदान बैंकमा जम्मा गरेको रकम वा सेयरमा गरेको लगानी जस्तो नभएको बताए । यसबाट रकम निकालेर कहिँ घरजग्गा वा अन्य व्यवसायमा लगानी गर्न नपाइने उनको भनाई थियो । सामाजिक सुरक्षा कोषमा गरेको लगानीले कसैलाई धनी पनि नबनाउने र रोग र भोकले मर्न पनि नदिने उनको स्पष्टोक्ति थियो ।  उनले भने, ‘कतिपय सन्भर्दमा साथीहरूको प्रश्न उठ्छ ल, यो त सेभिङ फण्ड हो कि त । मैले राखेको पैसा मैले रिटर्न पाउनुपर्छ  भन्ने छ । ‘सोसियल सेक्युरिटी फण्ड’ ले कसैलाई धनी बनाउन खोज्दैन । र यसले कसैलाई पनि भोक र रोगको कारणले मर्न दिँदैन । बैंकमा राखेको पैसा निकाले म घरजग्गा किन्छु भनेजस्तो सोसियल सेक्युरिटीमा गरेको कन्ट्रिब्युसन निकालेर म घरजग्गा किन्छु र स्वाट्टै यसको भाउ बढ्ला ।’ महान्यायाधिवक्ता बडालले सामाजिक सुरक्षा कोषलाई सामाजिक सुरक्षाकै रुपमा हेर्न र बचत वा लगानीको रुपमा नहेर्न पनि कानून व्यवसायीहरूसँग आग्रह गरे । नेपाल बार एशोसिएशन र सामाजिक सुरक्षा कोषबीच सम्झौता भएसँगै बारमा आवद्ध कानून व्यवसायीहरू सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । उनले बच्चा जन्मेदेखि हुने जोखिम र दुर्घटना वा अशक्तताको अवस्थामा सामाजिक सुरक्षा कोषले मद्दत गर्ने पनि स्पष्ट पारे । 

नेपाल एसबिआईले प्रधान कार्यालय सञ्चालन गर्न १० वर्षका लागि भवन भाडामा लिने

काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले घर तथा भवन भाडामा लिने भएको छ । प्रधान कार्यालय सञ्चालनको लागि कानुनी बाधा अड्चन नभएको तथा व्यवसायीक दृष्टिकोणबाट उपयुक्त बहुतले भवन भाडामा लिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नक्साल, लाजिम्पाट, कमलादी, हात्तिसार, कमलपोखरी, ज्ञानेश्वर, बालुवाटार क्षेत्रमा उक्त भवन आवश्यक परेको हो । ३ हजारदेखि ४ हजार वर्ग फिटसम्म क्षेत्रफल भएको स्थान आवश्यकता भएकाले इच्छुकले १५ दिनभित्र प्रस्ताव पेस गर्न कम्पनीले आग्रह गरेको छ । घर आरसीसी फ्रेमस्ट्रक्चरको हुनुपर्ने, पानी, बत्ती, बाटोको व्यवस्था भएका हुनुपर्ने, सम्बन्धित निकायबाट घरको नक्सा पास भएको वा निर्माण सम्पन्न प्रमाणपत्र लिएको, सडक निर्माणको मापदण्डभित्र नपर्ने वा नभत्किने भएको हुनुपर्नेछ । घर भाडामा दिने न्यूनतम् समय अवधि १० वर्ष र त्यसपछि नवीकरण गर्न सकिने हुनुपर्ने कम्पनीले जनाएको छ । साथै, कम्तीमा ५ वटा गाडी र ३० वटा बाइक पार्किङ सुविधा भएको घरलाई विशेष ग्राहयता दिइनेछ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन २०८२ सम्पन्न

काठमाडौं । पोखरा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेल्स कन्भेन्सन २०८२ सम्पन्न गरेको छ ।  उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष, केशवप्रसाद भट्टराई, सञ्चालक हेमन्त नाहाटा, चुडामणि देवकोटा, प्रमुख कार्यकारी अधिकृत, प्रकाशविक्रम खत्री, व्यवस्थापनका उच्च पदाधिकारी लगायतकाहरूको उपस्थिति रहेको थियो । यसैगरी, देशभरका प्रोभिन्स हेड, रिजनल म्यानेजर, शाखा प्रमुख, सेल्स एक्जुकेटीव, ब्रान्च अपरेशन, विभागीय प्रमुख, उच्च व्यवस्थापन लगायत सञ्चालक समितिका पदाधिकारीसहितको उपस्थित रहेको थियो ।   इन्स्योरेन्सले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ह्वी क्यान थीमलाई मूलमन्त्रका रूपमा आत्मसात गर्दै सम्पूर्ण कर्मचारीहरु एकजुट भएर लक्ष्य प्राप्तिका लागि अघि बढ्ने प्रण गरेको छ । उक्त कार्यक्रममा भारतका सेल्स ट्रेनर अनिलकुमार झाले व्यक्तित्व विकास, अभिकर्ता निर्माण लगायत सेल्ससम्बन्धी विशेष ट्रेनिङ दिनुका साथै जीवन बीमा क्षेत्रमा सिकेको आफ्नो ३० वर्षभन्दा बढीको अनुभव बाँडेका थिए ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले जीवन बीमा क्षेत्रमै ऐतिहासिक सफलता हासिल गर्न आफ्नो अमूल्य योगदान दिने सम्पूर्ण कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गरे । साथै कम्पनीका चिफ बिजनेश अफिसर फर्शुराम मरासिनीले कम्पनीको वार्षिक व्यवसायिक समीक्षा र आगामी रणनीतिका बारेमा प्रष्ट पार्दै लक्ष्य प्राप्तिका लागि अघि बढ्न कर्मचारीहरूलाई प्रेरित गरे ।  बेस्ट इम्प्लोइ अफ द इयर अन्तर्गत ५ विधामा क्रमशः प्रदेश प्रमुखबाट प्रदेश ७ का प्रमुख मोहन पुरी, रिजनल म्यानेजर अन्तर्गत सू।प। हिलबाट रामप्रसाद उपाध्याय, ब्रान्च म्यानेजर अन्तर्गत दैलेख ब्रान्च बाट रविन्द्रप्रसाद शर्मा, ब्रान्च अपरेशन अन्तर्गत नयाँ बानेश्वर शाखाबाट सन्जय सुन्दास र सेल्स एक्जुकेटिव अन्तर्गत बुटवल पाल्पारोड शाखाबाट सन्तोष ज्ञवाली देशभरिका कर्मचारीहरूमध्ये सर्वोत्कृष्ट भए । कम्पनीले नविनतम प्रविधिमा जोड दिँदै समयसापेक्ष उत्कृष्ट सेवा पस्कँदै जीवन बीमा क्षेत्रमा नेपालकै पहिलो अनलाइन मार्फत सजिलै लोन लिन सकिने सूर्यज्योति ई- कर्जा र आफ्ना बीमित तथा अभिकर्ताहरुको हितलाई मध्यनजर गर्दै सूर्यज्योति केयर्स डिजिटल कार्डको सेवा सुभारम्भ गरिसकेको छ । कम्पनीको हाल चुक्ता पूँजी ५०१ करोड, कुल लगानी ४ हजार ६०० करोड, जीवन बीमाकोष ४ हजार २०० करोड, नेटवर्थ ६२८ करोड, जारी बीमालेख संख्या ३४ लाख, प्रशिक्षित अभिकर्ता संख्या १ लाख ३ हजार ७३८ र देशभर रहेका १७३ शाखा सञ्जालद्वारा सेवा प्रदान गरी रहेको छ ।