मुस्लिम समुदायबाट पहिलो पटक केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएका अलिमिया भन्छन्ः म व्यवसायिक हितका लागि लड्छु
काठमाडौं । नेपाल उद्याेग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा जमशेर अलिमियाले उम्मेद्वारी दिएका छन् । मुस्लिम समुदायका एक मात्र उम्मेद्वार अलिमियाले लुम्बीनी प्रदेशबाट उम्मेदवारी दिएका हुन् । महासंघको इतिहासमा पहिलो पटक युवा उद्यमी अलिमिया मुस्लिम समुदायबाट पहिलो र एकमात्र केन्द्रिय सदस्यको उम्मेद्वार हुन् । उनी विगत २०६२ सालदेखि लगातार रुपमा एक कार्यकालबाहेक अध्यक्षको रुपमा रही उद्याेगी व्यापारीहरुको हकहितमा कार्य गर्दै आइरहेका छन् । उद्योगी व्यवसायीहरुले देशको अर्थतन्त्र सुर्धान विभिन्न माग तथा प्रस्तावहरु सरकार समक्ष पुर्याउने र त्यसलाई सही रुपमा कार्यान्वयन गराउन तत्परता देखाउने उनको भनाई छ । नेपालको समुन्नत विकास र अर्थतन्त्र चलायमान बनाउनको लागि व्यापारीहरु मेरुदण्ड भएकोले आफु सधैँ व्यवसायिक हितका लागि काम गर्ने बताएका छन् । ‘हामी राजनैतिक अस्थायीत्वबाट स्थायीत्वतिर गयौं र आर्थिक क्रान्ति र सम्वृद्धिको बाटोमा लागि सकेको अवस्थामा कोभिड १९ को कारण देशभर रहेका १०७ उद्योग वाणिज्य संघलाई नेपाल उद्योग वाणिज्य महासंघबाट विपन्न गरीब तथा पिछडिएका जनताको लागि तत्कालका लागि राहत वितरण गर्न र सरकारलाई सही रुपमा सहयोग गर्नको लागि आव्हान भए बमोजिम कार्य गरेका छौं,’ उनले भने । ‘हामीले १६०० गरीव घर परिवारलाई राहतको प्याकेज ल्याई कार्य गर्यौं र ती गरिबहरु भोकै नमरुन् भनी यो कार्य गरेका छौं, नेपालमा चाहिने अत्यावश्यक वस्तुहरु नेपालमा उत्पादन किन गर्न सकिदैन भन्ने सवालमा नेपाल सरकारले सबै जिल्लााहरुमा सडक सन्जालले घेरिसकेको अवस्थामाउधोग स्थापनाको नीतिलाई परिमार्जन गर्नुपर्दछ,’ उनले भने । जमशेर अलिमिया ४९ वर्षीय युवा उद्यमी अटल सिमेन्ट प्रा.लि.का अध्यक्ष हुन् । सो उद्योगबाट ओपिसी र पिपिसी सिमेन्टको उत्पादनहुन्छ भने लोकप्रिय ग्रुपको अध्यक्ष समेत रहेका छन् । जस अन्तर्गत पेट्रोलपम्प, हार्डवेयर,इटाउधोग, टायर तथा भिनीयरको व्यापार विगत ४० वर्षदेखि गर्दै आइरहको छ । यसको साथ साथै उनी नेपाल प्रजातान्त्रिक महासंघ लुम्बिनी प्रदेशको कोषाध्यक्ष्य,साँग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सदस्य, बुद्ध टेलिभिजन बुटवलको संस्थापक सदस्य,सनराइजबोडिङ्ग स्कुलचन्द्रौटाको संस्थापक शेयर सदस्य,समानताएफ.एम.,भ्वाइस एफ.एम. बाणगंगाएफ.एम. अरनिको बचत तथाऋण सहकारी संस्था एवं संजीवनी सामुदायिक अस्पताल कपिलबस्तुको संस्थापक हुन् ।
चेम्बर आन्दोलनमा मैले गरेको योगदान सम्झनुस् र मलाई विश्वास गर्नुस्ः अञ्जन श्रेष्ठसँगको अन्तर्वार्ता
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि वस्तुगत तर्फबाट उपाध्यक्ष पदका प्रत्यासी अञ्जन श्रेष्ठले चेम्बर आन्दोलनमा आफूले अग्रणी भूमिका निर्वाह गरेको बताएका छन् । विकासन्युजडटकमको विकास बहसमा सहभागी हुँदै उनले विगत १६ वर्षदेखि महासंघमा रहेर आफूलाई दिइएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेकोले अब नेतृत्वमा पुगेर व्यवसायीको समस्या समाधान र सरकारलाई सहयोग र आवश्यक समन्वयको भूमिका खोजेका बताए । यही भूमिका खोज्ने क्रममा आफू महासंघको बस्तुगत तर्फबाट उपाध्यक्ष पदको उम्मेदवार बनेको उनको भनाई छ । ‘म व्यवसायिक रुपमा पनि सफल छु र चेम्बर आन्दोलनमा निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतका विभिन्न जिम्मेवारीमा रहदा कुसलतापूर्वक जिम्मेवारी पूरा गरेको छु, अब नेतृत्व तहमा पुगेर गर्नुपर्ने काम पूरा गर्नको लागि यसपाली बस्तुगत तर्फबाट महासंघको उपाध्यक्ष पदमा उम्मेदवार बनेको छु, साथीभाइले मेरो योगदान र विगतको पृष्ठभूमि हेरेर मलाई विजयी गराउँछन् भन्ने मलाई विश्वास छ,’ श्रेष्ठले भने । श्रेष्ठले महासंघको विभिन्न जिम्मेवारीमा रहेर विगतमा गरेका कामको यसरी स्मरण गरेका छन्ः १६ वर्षअघि कुशकुमार जोशी अध्यक्ष भएको बेलामा उद्योग समिति अन्तरगत ब्राण्ड प्रोटेक्सन ग्रुपको सहसंयोजक भएँ । पछि संयोजक भएँ । ९ वर्षसम्म म रोजगारदाता परिषदमा बसेँ । श्रम ऐन बनाउने कार्यमा म प्रत्येक्ष रुपमा संलग्न छु । पछिल्लो समय श्रम ऐन आयो । त्यो ऐनमा उद्योग समितिको सभापति भएर पनि योगदान दिएको छु । त्यस्तै, म दुई पटक राजस्व समितिको सहसभापति भएको छु । त्यो बेला भन्सार ऐन संशोधनको सन्दर्भ थियो । भन्सारलाई आधुनिकीकरण गर्ने, आसिकुडा वल्र्ड लागू गर्ने, सिआरएमएसएपी लागू गर्ने, भन्सारलाई डिजिटाइजेसन गर्नको लागि भन्सार विभागसँग प्रत्येक्ष संलग्न भएर कार्य गरेको छु । पछिल्लो पटक आएको औद्योगिक व्यवसाय ऐन बनाउनको लागि हामीले धेरै मेहेनत गरेका छौं– उद्योग समितिको सभापतिको हैसियतले । त्यस्तै, सामाजिक सुरक्षा कोष ऐन बनाउन म प्रत्येक्ष रुपमा संलग्न भएको छु । औद्योगिक व्यवसाय ऐनको नियमावली बनाउन म प्रत्येक्ष रुपमा संलग्न भएको छु । बैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनको मस्यौदा आउँदा विशेष गरी साना तथा मझौला व्यवसायीबाट ठूलो विरोध भयो । कृषि क्षेत्रका व्यवसायीले विरोध गरे । डेरी, माछा पालन, छापाखाना लगायत ७÷८ वटा विधामा बैदेशिक लगानी आउनु हुदैन भन्ने कुरा व्यवसायी साथीहरुबाट आयो । संसदीय समितिको अन्तिम बैठक सहभागी भएर आफ्नो कुराहरु मैले राखेँ । त्यो बेलाको महासंघका पदाधिकारी तथा नेतृत्वले मलाई साथ दियो । मैले नै नेतृत्व गरेर ती क्षेत्रमा विदेशी लगानी आउनु हुदैन भनेर रोक्न सफल भएँ । पहिला वैदेशिक लगानीको सीमा ५० लाख रुपैयाँको थियो । त्यति सानो परिमाणको रकम विदेशी लगानी किन लिने भन्ने कुरा भयो । त्यो लगानीको सीमालाई ५ करोड बनाइयो । यसो भन्दै गर्दा हामीले बैदेशिक लगानी रोकिरहेका थिएनौं । सानो सानो परिमाणमा होइन, विदेशी लगानी आउँदा ठूलो परिमाणमा आउनु पर्छ भन्ने हाम्रो तर्क थियो । अहिले पनि छ । विश्वव्यापी रुपमा अमेरिका, चीन, भारत जस्ता देशले आफ्नो उद्योग, स्वदेशमा सक्षम रहेका उद्योगको संरक्षण गरेको देखिन्छ । जस्तो कि भारतले सन् २००८ मा आर्थिक मन्दीको कारण आफ्नो अर्थतन्त्रलाई असर परेको भन्दै विश्व व्यापार संगठनमा प्रतिवद्धता जनाएका विषय पूरा गराउनको लागि सन् २०२० सम्मको समय तय गर्यो । सबै देशले आफ्नो देशको स्वार्थ संरक्षण गर्दा रहेछन् । यसैकारण हामीले ५० लाखको बैदेशिक लगानीको सीमा बढाएर ५ करोड बनाएका हौं । स्वदेशी लगानीकर्ताले नै लगानी गर्न सक्ने विषयमा विदेशी लगानी आउनु हुँदैन भन्ने हाम्रो कुरा हो । अब चाहिएको लगानी के हो ? त्यसमा व्यापक छलफल र अध्ययनपछि विशेष गरेर नेपालीले लगानी गर्न नसक्ने पूर्वाधार जस्ता क्षेत्रमा मात्रै विदेशी लगानी आउनु पर्छ भनेर मैले कुरा राखेको छु । मैले महासंघको सदस्य, सहसभापति र सभापति हुँदा धेरै काम गरेको छु । जस्तो कि नेपालमा उत्पादन हुने बस्तुहरु गुणस्तरीय हुनुपर्छ, आयात हुने बस्तुहरु पनि गुणस्तरीय हुनुपर्छ भनेर महासंघबाट प्रतिनिधित्व गर्दै गुणस्तर तथा नापतौल विभागमा गएर नेपाल स्ट्याण्डर्ड बनाउन पहल गरेको छु । धेरैभन्दा धेरै गुणस्तर चिन्ह बनाउनु पर्छ भनेर, गुणस्तरको मापदण्ड बन्नुपर्छ भनेर पहल गरेको छु । अहिले केही नयाँ मापदण्ड आइसकेको छ भने निकट भविष्यमा धेरै नयाँ मापदण्ड आउँदैछन् । यी सबै कुराहरुले गर्दा महासंघको नेतृत्वमा म जान आवश्यक छ । मैले गरेका यी काम कसैले नदेखेर वा देखे पनि नदेखे जस्तो गरेर मलाई आरोप लगाइएको होला । म नेपालको चेम्बर आन्दोलनमा सफल रुपमा सहभागी भएको छु । बस्तुगत संघहरुको एक वर्षको चुनावी भेटघाटमा साथीहरुले मलाई उत्साह र उर्जा दिनु भएको छ । साथीहरुले नै अगाडि बढ्न जोड गर्नुभएको छ । त्यही विश्वास बोकेर म अगाडि बढिरहेको छु । आगामी शनिवार निर्वाचन छ । बस्तुगत संघका सबै अध्यक्ष साथीहरुलाई म अनुरोध गर्दछु कि मलाई विश्वास गरिदिनुस्, मेरो ३० वर्षको सफल व्यवसायिक यात्रा र १६ वर्षदेखिको चेम्बर आन्दोलनमा मेरो योगदान स्मरण गरिदिनुस् भन्न चाहन्छु । निजी क्षेत्रको लगानीको सुरक्षा र व्यवसायिक वातावरण बनाउन म दत्तचित्त भएर लाग्नेछु भने प्रतिवद्धता पनि जनाउछु । श्रेष्ठसँग गरिएको अन्तवार्ताको भिडियो तलको लिंकमा लिंक गरी हेर्न र सुन्न सकिन्छ ।
एफएनसीसीआई निर्वाचनः सर्वोच्च द्वारा कारण देखाउ आदेश जारी, निर्वाचन नराेकिने
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न माग राख्दै परेको रिटको विषयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सर्बोच्च अदालतका न्यायधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशमाले कारण महासंघलाई कारण देखाउ आदेश जारी गरेको हो । २ नम्बर उद्योग वाणिज्य महासंघका अध्यक्ष शिवशंकर साहले प्रदेशको निर्वाचन नगर्दै महासंघले केन्द्रको निर्वाचन गर्न लागेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । राष्ट्रिय निर्देशन ऐन २०१८ अन्तर्गत दर्ता भएको संस्थामा पदावधि सकिएका पदाधिकारी स्वतः अवैधानिक हुने र उनीहरूले गर्ने कुनै पनि निर्णय अवैधानिक हुने भएकोले आगामी निर्बाचन समेत अवैधानिक भएको भन्दै शाहले सर्वोच्चमा उजुरी गरेका थिए । सर्वाेच्चले कारण देखाउन आदेश गरेसँगै अब महासंघकाे निर्वाचन भने नराेकिने भएकाे हाे ।