ग्रिन मोबिलिटी अभियानलाई तीव्रता दिन प्रोटोन र जगदम्बा मोटर्सको लक्ष्य
काठमाडौं । प्रोटोन मलेसिया र जगदम्बा मोटर्सले नेपालको विद्युतीय सवारीसाधन भविष्यलाई लक्षित गर्दै आपसी सहकार्यलाई थप मजबुत बनाएका छन् । मलेसियामा विकास गरिएको पहिलो इलेक्ट्रिक गाडी प्रोटोन इमास ७ को नेपालमा शुभारम्भ गर्दै दुवै कम्पनीले दीर्घकालीन साझेदारीका लागि प्रतिबद्धता स्पष्ट पारेका हुन् । जगदम्बा मोटर्स प्रोटोनको आधिकारिक वितरक हो। मलेसियाली बजारमा प्रोटोन इमास ७ ले पहिले नै उल्लेखनीय सफलता पाइसकेको छ । जुलाई २०२५ सम्म यो मलेसियामा नम्बर १ इभी मोडेल बनेको छ । प्रोटोन इमास ७ सी(सेग्मेन्टमा सबैभन्दा बढी बिक्री हुने इलेक्ट्रिक एसयूभीको रूपमा स्थापित भएको छ । समग्र रूपमा सबैभन्दा बढी बिक्री हुने इभी बनेर बजारमा अग्रणी स्थान ओगटेको हो। १४ वर्षभन्दा बढी अनुभव बोकेको जगदम्बा मोटर्सले नेपालमा प्रोटोनको सफल यात्रा सुनिश्चित गर्न निर्णायक भूमिका खेलेको छ । कम्पनीले ग्राहकमैत्री योजनासहित देशभर सञ्जाल विस्तार गर्ने लक्ष्य राखेको छ । सन् २०२५ को अन्त्यसम्म १२ शोरुम र सर्भिस सेन्टर सञ्चालनमा ल्याइनेछ (जसमध्ये ३ हाल सञ्चालनमा छन्) बिक्रीपछिको सेवामा कुनै कसुर बाँकी नराख्ने कम्पनीले जनाएको छ । नेपालमा यो मोडेलको आगमनसँगै प्रोटोन र जगदम्बा मोटर्सले ग्रिन मोबिलिटी अभियानलाई तीव्रता दिने र इलेक्ट्रिक सवारी प्रणालीलाई मुख्यधारमा ल्याउने लक्ष्य राखेका छन् ।
नाडा अटो शोमा चांगान लुमिन सार्वजनिक, मूल्य २३ लाख रुपैयाँ
‍काठमाडौं । नेपालका लागि दिपल र चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले मंगलबार चांगानको नयाँ इलेक्ट्रिक ह्याचब्याक लुमिन सार्वजनिक गरेको छ । नयाँ लुमिनलाई एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, डाइरेक्टरहरु तुलिका अग्रवाल, हर्षिता अग्रवाल, रुपाली सराग्वी र प्रमुख कार्यकारी अधिकृत रुपेश शर्मा भट्टले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । चांगान लुमिनको आधुनिक र आकर्षक डिजाइन, पाँच जीवन्त बडी कलर र फिचरले विशेष गरी युवा तथा पर्यावरणप्रेमी ग्राहकलाई आकर्षित गर्ने कम्पनीको विश्वास छ । चांगान लुमिनमा ३५ किलोवटा मोटर रहेको छ जसमा रहेको २८.०८ किलोवाट आवरको ब्याट्रीले ३०१ किलोमिटरको रेन्ज (एनईडीसी) दिने कम्पनीले जनाएको छ। गाडी ३५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ । यसमा १०.२५ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन छ जसमा कार प्ले, स्मार्ट किलेस इन्ट्री एन्ड स्टार्ट, मोबाइल एप रिमोट कन्ट्रोल र इलेक्ट्रोनिक नब सिफ्टर जस्ता स्मार्ट फिचर छन् । सानो आकार हुँदाहुँदै पनि लुमिनमा १०४ लिटर देखि ५८९ लिटरसम्मको लगेज स्पेस, हाईली र्याप्ड सिट, लाइट लक्जरी क्याबिन डिजाइनसहितके आकर्षक इन्टेरियर दिइएको छ । साथै यसमा डुअल एअरब्या, हाई स्ट्रिन्थ स्टिल बडी, एनबुस्टर ब्रेकिंग सिस्टम, इएसपी स्टेबिलिटी कन्ट्रोल र ब्याट्री फोट्रेस सेफटी सिस्टम जस्ता सुरक्षात्मक सुविधाले चालक र यात्रु दुवैलाई पूर्ण आत्मविश्वास प्रदान गर्छ । चांगान लुमिनको मूल्य २२ लाख ९९ लाख रुपैयाँ तोकिएको छ ।
नाडा अटो शोमा एमटी- १५ भी टु र एफजेड-एस भी थ्री डीएलएक्सका नयाँ भेरियन्ट सार्वजनिक
काठमाडौं । यामाहा नेपालले नाडा अटो शो २०२५ मा दुई नयाँ भेरियन्टहरू सार्वजनिक गरेको छ । एमटी- १५ भी टु अब आईस स्ट्रोम र भिभिड भाओलेट मेटालिक भेरियन्ट र एफजेड-एस भी थ्री डीएलएक्स आईस फ्लुओ भर्मिलियनमा सार्वजनिक भएको हो । दुवै बाइक भृकुटीमण्डप प्रदर्शनी हलको यामाहा ब्लु च्याम्बर (स्टल नम्बर टी डब्ल्यू वान) मा राखिएको छ । उद्घाटन कार्यक्रममा एमएडब्लु राइड्सका अध्यक्ष विष्णुकुमार अग्रवाल र नाडाका अध्यक्ष करण चौधरीको उपस्थिति रहेको थियो । सार्वजनिक भएका भेरियन्ट जुनसुकैमा पनि ७ हजार रुपैयाँसम्म छुट पाइने कम्पनीले जनाएको छ । साथै मोटोजीपी रेस गर्न पनि पाइने जनाइएको छ । एमटी सिरिज मोटरसाइकल बुकिङ गर्दा प्रिमियम एमटी राइडिङ ज्याकेट पाइने नि:शुल्क पाइनेछ। नाडा अटो शो भदौ ८ भदौसम्म सञ्चालन हुनेछ । एमएडब्लु राइड्स अन्तर्गतको यामाहा नेपाल अत्याधुनिक प्रविधि, बलियो आफ्टर सेल्स सर्भिस र देशव्यापी नेटवर्कको साथ दुई(पाङ्ग्रे सवारीका क्षेत्रमा अग्रणी रहँदै आएको छ।