सिप्रदिको ग्लोवल सर्भिस क्याम्प सुरु, देशभरका २४ वटा सर्भिस सेन्टरमा ग्लोवल क्याम्प गरिने
काठमाडौं, ७ मंसिर । ग्राहकलाई उच्चस्तरीय सेवा दिने उदेश्यले सिप्रदी ट्रेडिङले ग्लोबल सर्भिस क्याम्प आयोजना गरेको छ । कम्पनीको नेपालभरी रहेका २४ वटा सर्भिस सेन्टरमा ग्लोबल क्याम्प सुरु भएको हो । टाटा मोटर्सले संसारभरी रहेका सम्पूर्ण ग्राहकलाई उच्चस्तरीय सेवा दिने उदेश्य राखेको छ । सोही उदेश्य अनुसार सिप्रदीले यो ग्लोबल क्याम्प गरेको जनाएको छ । सोमबारदेखि तीन दिनसम्म चल्ने यो क्याम्पमा टाटाका कमर्सियल गाडीहरुको निशुल्क सर्भि्सिङ गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सर्भिस चार्ज,ब्याट्री तथा इलेक्ट्रिक चेकअप,फ्युल इन्जेक्सन पम्प चेकअप,आँखा तथा साधारण स्वास्थ्य जाँच,चालकलाई तालिम र एचआइभी एड्स जनचेतना तालिम निशुल्क गरिनेछ । कम्पनीले म्याक लुब्रिकेन्ट्समा २० प्रतिशत र टाटा जेन्युइन स्पेयर पार्टसमा १० प्रतिशत छुट दिने जनाएको छ । यो अवधिमा उत्कृष्ट माइलेज अवार्ड,मोबाइल उपहार,प्रत्येक गाडीलाई आकर्षक उपहार र वम्पर उपहारमा ४० इन्चको एलइडी टेलिभिजन दिइने कम्पनीले जनाएको छ। कम्पनीले तीन दिनको अवधिमा तीन हजार भन्दा बढी गाडीको सर्भि्सिङ गर्ने लक्ष्य राखेको जनाएको छ ।
यामाहाले १० जना विजेतालाई जापान भ्रमणमा लैजाने
काठमाडौं, ६ मंसिर । यामाहा मोटरसाइकल तथा स्कुटरका लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैं अफर ‘टेक्नो ट्रिप टु टोकियो’का १० जना साप्ताहिक विजेतालाई जापान लग्ने भएको छ । आइतबार गरिएको लकी ड्रबाट शशीराम विक दसौं तथा यो योजनाका अन्तिम विजेता घोषित भएका हुन् । उनले सुर्खेतस्थित डेनिस अटो सप एन्ड सप्लायरबाट १५० सीसीको एजजीआरआर खरिद गरेका थिए । यसअघि पुकार शर्मा, रवि भोमी, आशिष भुजेल, अरुण फुँयाल, धु्रव प्रसाद बेल्बासे, रतिराम चौधरी, चित्रबहादुर श्रेष्ठ, मनोजकुमार शर्मा र मीनादेवी पौडेलले यामाहाको जापान भ्रमणमा जाने अफर जितेका थिए । एमएडब्लुले दसैं र तिहारको अवसरमा आफ्ना ग्राहकहरुका लागि ‘टेक्नो ट्रिप टु टोकियो’ अफर ल्याएको थियो । यो योजनाअन्तर्गत यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने हरेक ग्राहकले आठ हजार रुपैयाँ नगद छुट पाएका छन् । साथै, हरेक साता एक जना भाग्यशाली ग्राहकले प्रविधिको पर्याय मानिने देश जापान भ्रमणको अवसर पाएका छन् । भाग्यशाली विजेताले टोकियोस्थित यामाहाको कम्युनिकेसन प्लाजा, प्लान्ट र अन्य पर्यटकीय क्षेत्रको अवलोकन गर्ने कम्पनीले जनाएको छ ।
महिन्द्राको नयाँ युवो ट्याक्टर बजारमा
काठमाडौं, ५ मंसिर । महिन्द्राको नयाँ ट्याक्टर नेपाली बजारमा भित्रिएको छ । महिन्द्रा एण्ड महिन्द्रा ग्रुपको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेड प्रालिले नयाँ रेन्जका ट्याक्टर सार्वजनिक गरेको हो । ३०–४५ हर्सपावर सेग्मेन्टमा सबैभन्दा उत्कृष्ट टेक्नोलोजीका साथ उक्त ट्याक्टर बजारमा ल्याएको कम्पनीले दावी गरेको छ । १२ फरवार्ड र ३ रिभर्स् फुल कन्स्ट्यान्ट–मेश गियर बक्स्का साथ महिन्द्रा युवो ट्याक्टर निर्माण गरिएको हो । यसले हार्भेस्टिङ्गदेखि ल्याण्ड प्रिपेरेशन र पोस्ट–हार्भेस्टिङ्ग आवश्यकताहरुसम्म पुरा गर्ने कम्पनीले जनाएको छ । कार्यक्रममा बोल्दै महिन्द्राका साउथ एसिया भाइस प्रेसिडेन्ट सञ्जय जादवले भने,‘महिन्द्रा भोल्यूमको आधारमा विश्वकै नं. १ ट्याक्टर ब्राण्ड हो जो विश्वभरका कृषकहरुलाई नवीनतम टेक्नोलोजीका कृषि–मुखी समाधानहरु पस्कन प्रतिबद्ध छ । महिन्द्रा युवोले नेपाली किसानको मन जित्नेछ ।’ भारतको मुम्बईमा आधारित १७ दशमलब ८ अर्ब अमेरिकी डलरकोे मल्टी नेशनल ग्रुप महिन्द्राले एक सय देशमा आफ्ना उत्पादन बेच्दै आएको छ । महिन्द्राले कृषि व्यवसाय, एयरो स्पेश, कम्पोनेन्ट्स, कन्सल्टिङ्ग सेवा, डिफेन्स्, उर्जा, अद्यौगिक उपकरणहरु, लजिस्टिक्स्, रियल इस्टेट, रिटेल, स्टील, कमर्शियल भेहिकल तथा टू–व्हीलरको उत्पादन गर्दै आएको छ ।