हुन्डाईले ल्यायो ‘टेष्ट ड्राइभ एण्ड वीन’ अफर
काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘टेष्ट ड्राइभ एण्ड वीन’ अफर सञ्चालनमा ल्याएको छ । कम्पनीले ल्याएको स्कीममा हुन्डाईको कुनै पनि गाडी टेष्ट ड्राइभ गर्दा उपहार जित्न सकिने कम्पनीले बताएको छ । कम्पनीले ल्याएको स्कीम अनुसार टेष्ट ड्राइभ गर्ने ग्राहक मध्येबाट हरेक साता माइक्रोवेभ ओभन जित्न सक्नेछन् । त्यस्तै बम्पर उपहार स्वरुप फ्रिज राखिएको कम्पनीको भनाइ छ । कम्पनीले आफ्ना एसयूभीहरु टेष्ट ड्राइभको लागि आह्वान गरेको छ । लक्ष्मी हुन्डाईले मेड इन नेपाल भेन्यू र फेसलिफ्ट क्रेटा बजारमा ल्याएर विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको छ ।
जगदम्बा मोटर्स र पोस्टामले सय ‘कन्टेन्ट क्रिएटर’ लाई टिभिएस एन्टर्क स्कुटर पुरस्कार दिने
काठमाडौं । नेपालका लागि टिभिएस स्कुटर र मोटरसाइकलको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली सोसल मिडिया एप पोस्टामसँग सहकार्य गर्दै नेपालकै सबैभन्दा ठूलो कन्टेन्ट प्रतियोगिताको आयोजना गर्ने भएको छ । यस प्रतियोगिताको मुख्य उद्देश्य नेपालभरिका कन्टेन्ट क्रिएटरहरूलाई आफ्नो कला देखाउँदै रोमाञ्चक पुरस्कारहरू जित्न प्रोत्साहन गर्ने रहेको छ । उक्त प्रतियोगिता पोस्टामको प्लेटफर्ममा हुनेछ । अन्य सोसल मिडिया प्ल्याटफर्महरू भन्दा भिन्न रहेको पोस्टाममा प्रयोगकर्ताहरूले सूचना आदान–प्रदान गर्न, मानिसहरूसँग कनेक्ट हुनुका साथै आफ्नो कन्टेन्टलाई मनिटाइज गरेर नियमित पोस्टहरु मार्फत पनि आम्दानी गर्ने अवसरहरू प्राप्त गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो प्रतियोगिता एक ऐतिहासिक र नेपाली कन्टेन्ट क्रिएटरहरूको लागि सबै भन्दा ठूलो पुरस्कार राशि रहेको प्रतियोगिता हो । टिभिएस नेपालकी प्रोडक्ट हेड करुणा पुडासैनीले यस प्रतियोगिताको लागि पोस्टाम एपसँग साझेदारी गर्न पाउँदा निकै उत्साहित रहेको बताइन् । साथै, यो प्रतियोगिता कन्टेन्ट क्रिएटरलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने उनको भनाइ छ । त्यस्तै पोष्टमका प्रमुख कार्यकारी अधिकृत र सह–संस्थापक रोनिश दाहालले यो प्रतियोगिताले कन्टेन्ट क्रिएसनलाई आफ्नो करियरको रुपमा स्थापित गर्न नेपालभरका कन्टेन्ट क्रिएटरहरूलाई मद्दत गर्ने कुरामा विश्वस्त रहेको बताए । कन्टेन्टको क्वालिटी र इङ्गेजमेन्टको आधारमा टप १०० जना छनोट हुने आयोजकले बताएका छन् । पोस्टामले आवश्यक कन्टेन्ट थिमको बारेमा गिग फिचरमार्फत स्पष्ट निर्देशनहरू प्रदान गर्नेछ जसले सहभागीहरूलाई सुरुवात गर्न निकै सहज बनाउने बताइएको छ । पोस्टाम प्रयोगकर्ताहरूले यो बाहेक अन्य थुप्रै अवसरमार्फत पनि आम्दानी गर्न सकिने सुविधा प्रदान गर्ने आयोजकले जनाएको छ । जगदम्बा मोटर्स र पोस्टामको सहकार्यमा हुन लागेको यस प्रतियोगिताले कन्टेन्ट क्रिएटरको प्रतिभालाई पुरस्कृत गर्ने मात्र नभई नेपाली युवाहरूमा रचनात्मक अभिव्यक्तिको लहर ल्याउन मद्दत पुर्याउनेमा आयोजक विश्वस्त रहेको छ । प्लेस्टोर प्रयोगकर्ताहरूले https://apps.apple.com/np/app/postaam/id1594377538 र एन्ड्रोइड प्रयोगकर्ताहरुले https://play.google.com/store/apps/details?id=com.upliftsolutions.postaam बाट पोस्टाम डाउनलोड गरेर यस प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।
एमएडब्लु वृद्धि कमर्सियल भेहिकलद्वारा पोखरामा नयाँ शोरुम सञ्चालन
काठमाडौं । नेपालमा व्यावसायिक सवारीसाधन कम्पनी एमएडब्लू वृद्धि कमर्शियल भेइकल्स प्रालिले पोखरामा आफ्नो ब्राण्ड न्यू शोरुमको उद्घाटन गरेको छ । पोखरा बुद्ध चोकमा रहेको यो अत्याधुनिक सुविधा सम्पन्न शोरुम यही साउन २७ गतेदेखि आधिकारिक रूपमा सञ्चालनमा आएको हो । शोरुममा दुई ब्राण्डहरू फोटोन र सोकोनका कमर्सियल गाडीहरू उपलब्ध छन् । फोटोन मोटर्स (चीनको नम्बर १ व्यावसायिक वाहन निर्माता) को आधिकारिक वितरकको रूपमा कम्पनीले हाइरुफ ईभी भ्यान, टुनल्याण्ड र टिएम वानसहित कुशल र भरपर्दा सवारीसाधनहरूको रेन्ज प्रदान गर्दछ । आफ्नो व्यावसायिक सवारीसाधनको विकल्पलाई थप विस्तार गर्न एमएडब्लु वृद्धिले सोकोन मोटर्सलाई पनि भित्र्याएको छ जसको बहुमुखी ईसी थर्टी सिक्स भ्यान यात्रुवाहक, स्कुल र कार्गो भेरियन्टहरूमा उपलब्ध रहेकाे कम्पनीले जनाएकाे छ ।