दशैं-तिहार अफर: बाइक किन्दा सतप्रतिशत क्यास ब्याकदेखि १० लाख जित्ने अवसर
काठमाडौं । चाडपर्वलाई लक्षित गरी मोटरसाइकल तथा स्कुटर बिक्रेता कम्पनीहरूले विभिन्न अफर ल्याएका छन् । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि कम्पनीहरूले दशैं तथा तिहार अफरहरू सार्वजनिक गरेका हुन् । कम्पनीहरुले पुराना बाइकहरु एक्सचेञ्जको अफरदेखि लाखौं रुपैयाँसम्मको क्यास ब्याकको अफर सार्वजनिक गरेका छन् । कुन कम्पनीको कस्ताे अफर ? केटीएम ड्युक केटीएम नेपालले दशैं तथा तिहारको अवसरमा विशेष अफर ल्याएको छ । कम्पनीले केटीएमका जुनसुकै पनि बाइक खरिदकर्तालाई केटीएम ज्याकेट प्रदान गर्ने भएको छ। कम्पनीका अनुसार उक्त ज्याकेटले राइडरलाई सूरक्षित गराउँछ । यस्तै, कम्पनीले पुराना बाइक एक्सचेन्ज गर्दा मूल्यांकनको १५ हजार रुपैयाँ थप गरिदिने जनाएको छ । हिरो चाडपर्वको अवसरमा हिरो ब्राण्डको मोटरसाइकल तथा स्कुटर खरिदमा गर्दा ५ लाख रुपैयाँसम्म जित्न सकिने नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले जनाएको छ । स्क्रयाच कार्डद्वारा ५ लाख रुपैयाँसम्म पक्का नगद जित्न सकिने कम्पनीले जनाएको छ । यसका साथै बम्पर उपहारमा नेटा ईभी कार पनि जित्न सकिनेछ । यसका साथै हिरोको जुनसकै बाइक तथा स्कुटर खरिद गर्दा ८ हजार देखि ५ लाख रुपैयाँसम्म छुट पनि पाउन सकिने कम्पनीले उल्लेख गरेको छ । यामाहा नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु राइडर्सले बिगेस्ट १०औं नामक स्कीम ल्याएको छ । चाडपर्वलक्षित ल्याइएको उक्त स्कीमअन्तर्गत १० लाख रुपैयाँसम्मको हालखाली नजाने स्योरशट क्याशब्याक पाउन सकिने कम्पनीले जनाएको छ । यसका साथै यामाहाको बाइक तथा स्कुट खरिदका गर्न शून्य प्रतिशत ब्याजदरमा ग्राहकले कर्जा सुविधा पाउने पनि कम्पनीले जनाएको छ । सीएफमोटो र जिहो नेपालका लागि सीएफमोटो र जिहो ब्राण्डको आधिकारिक विक्रेता ऋषि ट्रेड सेन्टरले दुवै ब्राण्डका लागि चाडपर्व अफर सार्वजनिक गरेको छ । चाडपर्वको अवसरमा उक्त ब्राण्डहरूको मोटरसाइकल तथा स्कुटर किन्दा छुटसहित विभिन्न सुविधा पाइने कम्पनीले जनाएको छ । सीएफमोटोका २५० एनके र ३०० एनके मोडलका बाइक किन्दा १८ हजार रूपैयाँ मूल्य बराबरको फ्री एसेसरिज पाउन सकिने छ । त्यसैगरी, हालै नेपाली बजारमा भित्रिएको ४५० एमटी बाइक किन्दा एलएस २ हेल्मेट पाउन सकिने छ । जिहो ब्राण्डको एई ६ प्लस इलेक्ट्रिक स्कुटर किन्दा २५ हजार रुपैयाँ मूल्यको लगेज बक्स लिन वा सिधै २० हजार रूपैयाँ छुट प्राप्त गर्न सकिने छ । त्यसैगरी, एई ४ मा १५ हजार रुपैयाँ र एई ८ मा १० हजार रूपैयाँ नगद छुट पाउन सकिने छ । यसका साथै विभिन्न मोडलका पुराना जुनसुकै बाइक वा स्कुटरसँग नयाँ सीएफमोटो वा जिहो ब्राण्डका बाइक वा स्कुटर साट्नसमेत सकिने छ । यसका लागि सहज फाइनान्स तथा एक्सचेन्ज सुविधासमेत उपलब्ध भएको कम्पनीको भनाइ छ । यो अफर असोज १ देखि आगामी कात्तिक २५ गतेसम्म लागू हुनेछ । होन्डा: होन्डा दुईपांग्रे सवारीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले ‘हाम्रो चाडबाड, होन्डाको खुसीयाली बारबार’ योजना सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत ग्राहकले होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्र्याच कुपनमार्फत १० लाख रुपैयाँसम्म जित्न सकिने कम्पनीले बताएको छ । साथै ‘चुज योर स्किम’ अन्तर्गत थप १० हजार वा १२ हजार ५ सय रुपैयाँ बराबरको पाँच वर्षे एएमसी प्याकेज पाउन सकिने छ । होन्डाको बिग बाइक खरिदमा एक लाख रुपैयाँसम्मको नगद छुट पाउन सकिने कम्पनीले जनाएके छ । सुजुकी नेपालको लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता भीजी अटोमोबाइल्सले दशैं-तिहार लक्षित गरी ‘दशैं आयो क्याश पायो’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा ७ हजार देखि ५ लाख रुपैयाँसम्म क्यास ब्याक पाउन सकिने छ । कम्पनीले एक्स्चेन्ज र फाइनान्सको सुविधा पनि दिएको छ । सुजुकीले ५ वर्षको वारेण्टीका साथै पञ्चवर्षीय फ्री सर्भिस पनि ल्याएको छ । बजाज बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले नयाँ स्किम ‘क्यास सफारी’ ल्याएको छ । योजना अन्तर्गत बजाजको हरेक बाइक खरिदमा स्योरसट रूपमा १ लाख रूपैयाँसम्म क्यास जित्न सकिने छ । यस्तै, साप्ताहिक-ड्र अन्तर्गत हरेक हप्ता एक जोडीले चितवनमा जंगल सफारीको अवसर पाउनसक्ने कम्पनीले जनाएको छ । त्यसैगरी, बम्परमा एक जोडीले केन्यामा जंगल सफारीको अवसर पाउनेछन् । टीभीएस नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘नयाँ युगको आरम्भ’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाख रुपैयाँसम्म जित्ने मौका पाइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हरेक सप्ताह १०० प्रतिशत क्याशब्याक जित्ने अवसर पनि रहेको छ । साथै, पुरानो बाइक वा स्कुटरमा एक्सचेन्जको सुविधा पनि रहेको छ ।
नयाँ बजाज पल्सर एनएसको बिक्री सुरु, मूल्य ४ लाख ५५ हजार
काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० को बिक्री वितरण सुरु गरेको छ । पहिले नै नेपाली युवाहरूको मनमा बस्न सफल बजाज पल्सर एनएस २०० अब ब्लुटुथ कनेक्सन र नेभिगेसनसहितको पूर्ण डिजिटल कन्सोलको साथमा आएको हाे । नयाँ बजाज एनएस २०० मा पावर, प्रविधि, र डिजाइनको उत्कृष्ट संयोजन रहेको कम्पनीले बताएकाे छ । यसमा ट्रिपल स्पार्क फोर भल्भ इन्जिन उपलब्ध रहेको छ । बाइकमा ६–स्पीड गियरबक्स र नयाँ प्रणालीको एलइडी लाइटिङ रहेको छ । यस मोटरसाइकलको मुख्य विशेषता भनेको ब्लुटुथ कनेक्टिभिटीसहितको पूर्ण–डिजिटल कन्सोल हो जसमा टर्न–बाई–टर्न नेभिगेसन, गियर पोजिसन इन्डिकेटर, डिस्ट्यान्स–टु–एम्प्टी रिडआउट र इन्धन खपतको डेटा रहेको छ । अपसाइड–डाउन फ्रन्ट फोर्क्स र डुअल–च्यानल एबिएसले उत्कृष्ट ब्रेकिङ कन्ट्रोल प्रदान गर्दछ । स्पोर्टी डिजाइन, उन्नत इन्जिनियरिङ र उत्कृष्ट पावर–टु–वेट रेसियोले यस मोटरसाइकल जस्तोसुकै सडकमा फिट हुने कम्पनीको दाबी छ । नयाँ बजाज पल्सर एनएस २०० को मूल्य ४ लाख ४४ हजार ९०० रुपैयाँ रहेको छ । ग्राहकहरूले उक्त मोटरसाइकल देशभरका बजाज शोरुमबाट खरिद गर्न सक्ने कम्पनीले जनाएकाे छ ।
सिएफ मोटो तथा जिहोले सार्वजनिक गर्यो दशैं-तिहार योजना, १८ हजारसम्म क्याशब्याक पाइने
काठमाडौं । विश्वविख्यात मोटरसाइकल ब्रान्ड सिएफ मोटो तथा विद्युतीय स्कुटर जिहोको नेपालको लागि आधिकारीक विक्रेता रिलायन्स समूह अन्तर्गतको ऋषि ट्रेड सेन्टरले दशैं-तिहार योजना सार्वजनिक गरेको छ । हालै सम्पन्न नाडा २०२४ को सर्वाधिक बहु–प्रतीक्षित र सबैभन्दा रुचाइएको सिएफ माेटाेकाे ४५० एमटी बाइकको खरिदमा एलएस २ हेल्मेट निःशुल्क प्रदान गरिने कम्पनीले जनाएकाे छ । ४५० एमटीकाे अग्रिम बुकिङ पनि खुला गरिएको छ । यस्तैगरी, सिएफ मोटो अन्तर्गतको २५० एनके तथा ३०० एनकेकाे खरिदमा १८ हजार रुपैयाँसम्मको निःशुल्क एक्सेसोरिजहरू प्रदान गरिने कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार जिहो स्कुटरमा पनि आकर्षक योजनाहरू राखिएको छ । एइ ४ मोडलको खरिदमा १८ हजार रुपैयाँको क्यासब्याक अफर राखिएको हाे । त्यस्तैगरी, एइ ६ प्लस खरिदमा ३१ लिटर आल्माेनियम स्टोरेज बक्स वा २० हजार नगद छुटमध्ये एक छनौट गर्न सकिने कम्पनीले जनाएकाे छ । साथै एइ ८ को खरिदमा पनि निःशुल्क एक्सेसरिजहरूसँगै १० हजार रुपैयाँको नगद छुट पनि राखिएको छ । यो योजना १ असाेजदेखि २५ कात्तिक २०८१ सम्म रहने छ । यो योजना अवधिभर ग्राहकले सरल फाइनान्सिङ सुविधा तथा उत्कृष्ट मूल्यांकनसहित एक्सचेञ्ज सुविधा पनि पाउने कम्पनीले जनाएकाे छ ।