सिप्रदीले ज्याला मजदुरी गर्दै आएका बाढीपीडितलाई गर्यो सहयोग
काठमाडौं । सिप्रदीले बाढीपीडितलाई सहयोग गरेको छ । गत साता अविरल वर्षाका कारण देशमा ठूलो मात्रामा जनधनको क्षति भएको छ । कम्पनिले उपत्यकाको खोला किनारमा ज्याला मजदुरी गर्दै आईरहेका बाढी पीडित मेकानिक्सहरूलाई दैनिक उपभोग्य सामाग्रीहरू तथा खाद्यान्न सहगोग प्रदान गरेको छ । सिप्रदीयन सहायता संस्थाका प्रतिनिधिहरू र सिप्रदी अटोपार्टस्का प्रतिनिधिहरूको उपस्थितिमा २६ घरधुरीलाई सिरक, डस्ना र सिरानि एक एक वटा, १ बोरा चामल, ३ किलो दाल, १ लिटर तेल तथा अन्य खाद्य तथा घरायरी सामाग्रीहरु राहत स्वरुप वितरण गरेको कम्पनिले बताएको छ । यसैगरी मनसुनी वर्षाका कारण आएको बाढीले नेपालका विभिन्न भू–भागमा बसोबास गरिरहेका व्यक्तिहरूको जनजीवन प्रभावित भएको छ भने कैयौँ घरबार बिहिन भएका छन् । सिप्रदियन सहायता संस्थाले त्यस्ता प्रभावित क्षेत्रहरुमा विभिन्न किसिमका अत्यावश्यक वस्तुहरू राहत स्वरुप वितरण गर्दै आइरहेको कम्पनिले बताएको छ ।
पोखरामा सुरु भयो एमएडब्लु वृद्धि ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’
पोखरा । दिपल, सेरेस र नामी इभीको नेपाली वितरक एमएडब्लु वृद्धिले पोखरामा ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ सुरु गरेको छ । पोखरा इभेन्ट सेन्टर, बुलाउदी–०६ मा सोमबारबाट सुरु ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ बुधबारसम्म चल्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार एमएडब्लु वृद्धिको ‘एक्सचेन्ज इभेन्ट’को अवधिमा ग्राहकले दिपल, सेरस र नामीले नाडा अटो सोमा जारी गरेको विशेष अफर उपयोग गर्न सक्नेछन् । जसअन्तर्गत दिपल एस ०७ बजेट अघिको मूल्य यानि ७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् । साथै, नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सक्नेछन् भने नामी इभीमा ७ किलोवाटको चार्जर पाउनेछन् । ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउनेछन् । यसबाहेक ‘अनस्पट फाइनान्सिंग’ र ‘अनस्पट डेलिभरी’ पनि लिन सक्ने कम्पनीले बताएको छ । दिपल, सेरेस र नामीलाई ८.४९ प्रतिशतको निश्चित ब्याजदरमा घर लान सक्नुका साथै यो कार्यक्रममा सहभागी हुने एक जना भाग्यशाली विजेताले रुपाकोटको स्टे पाउने कम्पनीको भनाई छ । यी अफरहरुबाहेक एक्सचेन्ज क्याम्पमा आएर टेस्ट ड्राइभ गर्नुहुनेले ‘फुडस्टल’ र ‘म्युजिक’को मज्जा लिन सक्ने कम्पनीले बताएको छ ।
सिपद्रीले गर्यो काठमाडौं उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन
काठमाडौं । सिप्रदी ट्रेडिङ र सिप्रदियन सहायता संस्थाले काठमाडौं उपत्यकाका १५ प्रमुख स्थानमा यात्रु सहायता कक्षको व्यवस्था गरेकाे छ । काठमाडौं महानगर, महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग र नाडाको सहकार्यमा सहायता कक्षको व्यवस्था गरिएका हो । दशैं मनाउन उपत्यका छोड्ने यात्रुहरूको संख्या उल्लेख्य रूपमा बढ्ने हुनाले सहजीकरणका लागि काठमाडौंमा बल्खु, नयाँ-बसपार्क, गौशाला, चापागाउँ, हल्चोक, चावहिल, जावलाखेल वाफल, कलंकी, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुन्धारा, नागढुंगा, जडीबुटी र जगातीमा यात्रु सहायता कक्ष राखिएको हाे । विगतका वर्षभन्दा यो वर्ष यात्रुको संख्या अधिक बढ्ने देखिएकाले यात्रुहरूलाई टिकट बुकिङका क्रममा विभिन्न समस्या र अन्याैलता नहाेस् भनी सेवा दिइएको जनाइएकाे छ । उपभोक्ता संघ तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार धेरैजसो गुनासो महँगो टिकट मूल्य, टिकट नपाउनेसँग सम्बन्धित हुने भएकाले त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न रुटमा लागू हुने भाडा नै उल्लेख गरेर सहायता कक्ष निर्माण गरिएको बताइएको छ । यात्रु आवतजावतको क्रममा सर्वसाधारण यात्रीलाई सुरक्षासम्बन्धि सुसूचित गर्नका लागि यात्रु सहायता कक्षले मनिटरिङ गर्ने छ ।