बीवाईडीको संसारकै ठूलो कार क्यारियर ‘बीवाईडी शेनजेन’ सार्वजनिक, ९ हजार बढी गाडी बोक्न सक्ने

काठमाडौं । चीनको नयाँ ऊर्जा गाडी (एनईभी) निर्माण गर्ने अग्रणी कम्पनी बीवाईडीले ‘बीवाईडी शेनजेन’ सार्वजनिक गरेको छ । यो संसारकै ठूलो रोल-अन रोल-अफ कार क्यारियर हो । यस जहाजले ९ हजार २०० गाडी बोक्न सक्ने क्षमता राख्छ । चीनको जियाङ्सु प्रान्तको याङझाउमा निर्माण सम्पन्न भएर हालै पानीमा उतारिएको यो २१९ मिटर लामो र ३७.७ मिटर चौडा जहाज एलएनजी डुअल-फ्युल प्रविधि, बीवाईडीका अत्याधुनिक ब्याट्री प्याक र शाफ्ट जेनेरेटरद्वारा सञ्चालित छ । बीवाईडीले सन् २०२६ सम्म आफ्नो जहाज संख्या ८ पुर्‍याउने योजना बनाएको छ, जसले बढ्दो विश्वव्यापी माग पूरा गर्न सहयोग पुर्‍याउने विश्वास लिइएकाे छ । २०२४ मा बीवाईडीले ४ लाख १७ हजार ००० भन्दा धेरै विद्युतीय गाडी विदेश पठायो जुन अघिल्लो वर्षभन्दा ७२ प्रतिशत बढी हो । विद्युतीय गाडीको माग बढ्दै जाँदा बीवाईडी नयाँ प्रविधि, दिगो समाधान, र बलियो आपूर्ति प्रणालीसँग अगाडि बढिरहेको छ ।

एक्सचेन्ज एण्ड टेस्ट ड्राइभ क्याम्प भोलिदेखि सुरु, लिपमोटर सी टेनको अनुभव लिन पाइने

विराटनगर । सांग्रिला मोटर्स प्रालिको अधिकृत वितरक श्रीजा अटोमोबाइल्सले विराटनगरमा आफ्नो विशेष एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प बुधबारदेखि शुभारम्भ हुने भएको छ । क्याम्प माघ १९ सम्म विराटनगरको कञ्चनजङ्घा बैंक्वेटमा आयोजना हुन लागेको हो । यस क्याम्पमा ग्राहकहरूले लिपमोटर सी टेन र सिट्रोन ई सी थ्री जस्ता विद्युतीय सवारीसाधनको अनुभवका साथै उत्कृष्ट एक्सचेन्ज अफर र वित्तीय सम्झौताहरू पाउने आयोजकले जनाएको छ । लिपमोटर सी टेन एक नयाँ पिढीको ईभी हो जसले स्लीक डिजाइनलाई शक्तिशाली प्रदर्शनसँग मिलाएर उत्कृष्ट ड्राइभि अनुभव प्रदान गर्दछ । यस्तै, सिट्रोन ई सी थ्री सहरी गतिशीलतामा नवीनतम विकास हो जसले कार्यकुशलता, स्टायल र आरामलाई एकत्रित गरेको छ । यी दुवै सवारीसाधनहरूले स्वच्छ र दिगो यातायातको भविष्यलाई प्रस्तुत गर्ने कम्पनीले जनाएको छ । यस क्याम्पले विराटनगरका ग्राहकहरूलाई विद्युतीय सवारी साधनहरूको नवीनतम प्रविधि अन्वेषण गर्ने र बजारमा उपलब्ध सबैभन्दा राम्रो सम्झौताहरूको फाइदा उठाउने अवसर प्रदान गर्ने जनाइएको छ । सांग्रिला मोटर्स प्रालि प्रतिष्ठित गोल्छा अर्गनाइजेसनको सदस्य हो, जसले गुणस्तरीय अटोमोबाइल उत्पादन र सेवाहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धताका लागि परिचित छ। यसैगरी, श्रीजा अटोमोबाइल्स प्रालि सांग्रिला मोटर्स प्रालिको अधिकृत वितरक हो ।  सांग्रिला यस क्षेत्रका ग्राहकहरूको सन्तुष्टि र उच्चस्तरीय सेवामा ध्यान केन्द्रित गर्दै नवीनतम अटोमोबाइल प्रविधिहरू ल्याउनेमा समर्पित छ ।

विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ दीपल ई जिरो सेभेन नेपालमा सार्वजनिक, १ करोड ४ लाखबाट सुरु

काठमाडौं । नेपालका लागि ‘फ्युचरिस्टिक’ तथा ‘लक्जरियस’ ईभी ब्रान्ड दीपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ दिपल ई जिरो सेभेन सार्वजनिक गरेको छ । एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, चांगन अटो एसिया पेसिफिक भीपी गुआन जिन र एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा गाडी सार्वजनिक गाडी गरे । दीपल ई जिरो सेभेन आफ्नो रूपान्तरणीय क्षमता (ट्रान्सफर्मर क्यापाबिलिटी)मार्फत नयाँ ड्राइभिङ अनुभव प्रदान गर्दै अटोमोबाइल जगतमा नयाँ अध्यायको सुरुवात गरेको छ । यो एसयूभी एउटा बटन थिच्ने बित्तिकै पिकअप ट्रकमा परिणत हुन्छ । एसयूभी, पिकअप र क्याम्पिङ र आरभी (रिक्रिएसनल भेहिकल) सहित चार फरक प्रयोजनका लागि प्रयोग गर्न सकिने ई जिरो सेभेनले लक्जरियस र इन्टिलेजेन्ट एडभेन्चरमार्फत आफूलाई ‘फ्युचरिस्टिक मार्भेल’का रूपमा स्थापित गर्ने विश्वास गरिएको छ । यस्ता छन् फिचर दीपल ई जिरो सेभेनमा ‘रियरह्विल ड्राइभ’ र ‘अलह्विल ड्राइभ’मा उपलब्ध हुने कम्पनीले जनाएको छ । ‘रियरह्विल ड्राइभ भेरियन्ट’मा १९० किलोवाटको मोटर प्रयोग गरिएको छ जसले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्नेछ । यसमा ८९.९ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ जसले ५६६ किलोमिटरको सिंगल चार्ज रेन्ज दिनेछ । त्यसैगरी, अलह्विल ड्राइभ भेरियन्टले ४४० किलोवाटको पावर र ६४५ एनएम टर्क उत्पन्न गर्छ । २४० किलोवाट आवरसम्मको फास्ट डीसी चार्जमा जोड्न सकिने यो इभी लामो यात्राका लागि तुरुन्त रिचार्ज गर्न सक्ने क्षमताको छ । ई जिरो सेभेन ‘एरोडाइनामिक्स डिजाइन’को ‘ड्रयाग कोफिसेन्ट’ ०.२३७ सीडी रहेको छ जसले गर्दा यसको यात्रा आरामदायी बनाउँछ । त्यसैगरी यसको ‘वाटरवेडिंग’ क्षमता ६०० एमएम रहेको छ जसले यसलाई खराब भूबनोटमा सहज यात्रा गराउनेछ । ५ मिटर लामो दिपल ई जिरो सेभेनको ह्विलबेस ३१२० एमएम रहेको छ जसले यसलाई ‘स्पेसियस’ बनाएको छ र ‘क्याबिन एक्सपिरियन्स’ लाई बेजोड बनाएको छ । यसमा ‘स्टाइलिस स्टार रिंग इन्टिग्रेटेड हेडलाइट’, ‘स्लाइडिंग रियर डोम डिजाइन’ र ठूलो ‘मल्टिफंक्सन रुफ र्‍याक’ रहेको छ जसले ३०० केजीसम्मको ‘लोड’लाई उठाउन सक्छ । त्यसैगरी यसमा १३१ लिटरको फ्रंक स्पेस, ६०० केजी क्षमताको बुट र ‘अन्डर सिट स्टोरेज’ पनि रहेको छ । सुरक्षित र स्मार्ट यात्राका लागि ‘इन्टेलिजेन्ट’ प्रविधि दीपल ई जिरो सेभेनमा प्रयोग गरिएको ‘सुपर ब्रेन सेन्ट्रल कम्प्युटिङ प्लेटफर्म’ले ‘सिमलेस कन्ट्रोल’ र ‘रियलटाइम रेस्पोन्स’ दिन्छ । यसमा २८.८६ इन्टको ‘अग्मेन्टेड रियारिटी हेडअप डिस्प्ले’ र १५.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ प्रयोग गरिएको छ, जसले ‘ड्राइभिङ एक्सपिरियन्स’ लाई राम्रो बनाउने मात्र होइन सुरक्षित पनि बनाउँछ । सहज यात्रा र सुरक्षाका लागि यसमा ५ प्रकारको ‘क्र्युज असिस्ट’, ४ वटा ‘पार्किंग असिस्ट’ फिचर र १४ ‘सेफ्टी प्रोटेक्सन सिस्टम’, ५ एमएमको ‘वेब राडार’, ५ वटा क्यामेरा र १२ वटा ‘अल्ट्रासोनिक राडार’ प्रयोग गरिएको छ । साथै, यसमा ५४० डिग्रीको ‘सराउन्ड भ्यु’ र ‘सी२ सेन्ट्रल कम्प्युटिंग’ रहेको छ जसले ‘नेभिगेसन’ र पार्किंग आदिलाई सजह बनाउँछ । ‘फ्युचरिस्टिक इन्जिनियरिंग’ र ‘इकोफ्रेन्ड्ली डिजाइन’ ई जिरो सेभेनमा ‘गोल्डेन बेल जार सीटीभी इन्टिग्रेटेड ब्याट्री’ प्रयोग गरिएको छ, जसले अत्यन्त चिसोमा पनि बेमिसाल ‘पर्फर्मेन्स’ दिनेछ । ‘एडाप्टिभ आयल कुलिङ सिस्टम’ र ‘अल्ट्रा–थिन सिलिकन मोटर कभरिङ’ ले ब्याट्रीको ‘इफिसेन्सी, रिलायबिलिटी र इनर्जी सेभिङ’मा मद्दत गर्छ । यसको ‘युनिक सुपर पावर सेभिंग मोड’ ले ड्राइभिङ रेन्जलाई अझ बढाउँछ । कार्यक्रममा बोल्दै एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवालले नेपालको ईभी बजारमा दीपल एस जिरो सेभेन र एल जिरो सेभेन सफल भइसकेको र यसका लागि सबै ७५० जना ग्राहकप्रति आभार व्यक्त गरे । उनले भने,  ‘ग्राहकको सन्तुष्टिका लागि एमएडब्लुले हरसम्भव काम गरिरकेको छ । अहिले देशका ९० भन्दा बढी स्थानमा एमएडब्लुको चार्जिङ स्टेसन छन् जुन नेपालमै सबैभन्दा ठूलो सञ्जाल हो ।’ त्यसैगरी, चांगान एसिया पेसिफिक भीपी गुआन जिनले चांगान र दीपलले नेपालमा एकदम राम्रो प्रदर्शन गरिरहेको र नेपालमा विश्वस्तरीय उत्पादन दिन चांगान प्रतिबद्ध रहेको बताए । दीपल ई जिरोको मूल्य दीपल ई जिरो सेभेन सेतो, कालो, खरानी र हरियो गरी चार वटा रंगमा उपलब्ध छ । एक करोड तीन लाख ९९ हजार रुपैयाँ तोकिएको ‘रियरह्विल ड्राइभ’ ई सेभेनको को सुरुवाती मूल्य केही समयका लागि ९९ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ भने ‘अलह्विल ड्राइभ’ को मूल्य १ करोड ९९ लाख ९९ हजार तोकिएको छ ।