विकासन्युज

पुनर्स्थापनाका कार्यक्रमहरुलाई स्थानीयकरण गरिने

काठमाडौं, १४ भदौ । पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी पञ्च वर्षिय योजनाको खाका (पिडिआरएफ)लाई स्थानीयकरण गरिने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार पारेको पिडिआरएफका आधारमा गाविस, जिविस र नगरपालिकाहरुमा योजना बनाइने र सोही अनुसार पुनर्निर्माण र पुनर्स्थापनाका योजनाहरु अघि बढने भएका छन् । प्रशिक्षकहरुलाई प्रशिक्षण दिन आयोजित दुई दिने अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माण र पुनर्स्थापनाका कामहरु अघि बढाउनका लागि पिडिआरएफलाई स्थानीय योजनासँग एकीकृत गर्न आवश्यक भएको र सोही अनुसार प्राधिकरण अघि बढेको बताए । पिडिआरएफलाई सुरुमा जिल्ला विकास समिति र नगरपालिकाका आवधिक योजनामा समावेश गर्दै गाविसका योजनालाई पनि समावेश गर्नुपर्छ, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने । स्थानीय तहको आवश्यकतालाई हेरेर योजनाहरु बनाउने र आवश्यक परे पिडिआरएफलाई संशोधन गर्दै जाने प्राधिकरणको योजना छ । एकीकृत पुनर्स्थापना योजना कार्यान्वयनले जोखिममा रहेका समुहहरु, शारीरिक रुपमा अशक्त, एकल महिला, महिला घरमुली भएका परिवार, नीजि क्षेत्र लगायत जिल्लाका सबै सरोकारवालाहरुको आवश्यकता समेट्ने र स्थानीय तहमै आर्थिक पुनर्स्थापनामा लगायतमा सहयोग पुर्याउनेछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, राष्ट्रिय योजना आयोग र संघीय मामीला तथा स्थानीय विकास मन्त्रालयको सहकार्यमा अघि बढने कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले प्राविधिक सहयोग गर्नेछ । प्रशिक्षकहरुलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा प्राधिकरण, स्थानीय विकास मन्त्रालय, राष्ट्रिय योजना आयोग लगायतका दुई दर्जन अधिकारी सहभागी छन् । प्रशिक्षण लिएपछि उनीहरुले जिल्ला तहमा पुगी अरुलाई प्रशिक्षण दिनेछन् । त्यसपछि गाउँ विकास समितिसम्म छलफल अघि बढाउने कार्यक्रम रहेको छ ।

वनस्पति तेलको विदेशमा अत्यधिक माग

काठमाडौं, १४ भदौ । नेपालमा उत्पादित विभिन्न किसिमका जडीबुटीबाट उत्पादन भएको तेलको विदेशमा अत्यधिक माग हुने गरेको छ । नेपालमा उत्पादित मेन्था, लेवन ग्रास, सिट्रोनेला, धसिङ्गरे, पामारोजा, टिमुर, क्यामोमाइललगायत वनस्पतिजन्य तेलको विदेशमा अत्यधिक माग छ । वनस्पति विभाग प्राकृतिक सम्पदा अनुसन्धानका प्रमुख ज्योति जोशी (भट्ट)ले आव २०७२/७३ मा ९५० सेवाग्राहीले उत्पादन गरेको तेल विदेश निर्यात गर्न नापजाँच गरेको जानकारी दिए । “नापजाँच गरेको तेल व्यापार र अनुसन्धानका लागि बिक्री हुने गरेको छ,” उनले भने । नेपालमा उत्पादित जडीबुटीजन्य तेल फ्रान्स, क्यानडा, अमेरिका, जर्मनी, अष्ट्रेलिया, भारतलगायत देशमा निर्यात हुँदै आएको छ । वन ऐनअन्तर्गत बहुमूल्य जडीबुटीलाई साइटिस सूचीमा राखेको छ । साइटीस सूचीमा रहेका जीडबुटी खरी, पैयुँ, भोटेचाँप, सुनाखरी, लौठसल्ला, गुन्सीलगायत हुन् । साइटीस सूचीमा रहेका यी वनस्पतिको बिक्री वितरणमा रोक लगाइएको छ । रासस

महिन्द्राको सुप्रो भ्यान र म्याक्सिट्रक सार्वजनिक

काठमाडौं, १४ भदौ । नेपाल अटोमोबाइल डिलर्स एशोसिएशनको एघारौं संस्करणको नाडा अटो शो २०१६ मा महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले आफ्ना कमर्शियल श्रेणीका गाडीहरुको प्रदर्शन गरिरहेको छ । महिन्द्रा एण्ड महिन्द्रा लिमिटेड १६.९ अर्ब अमेरिकी डलर सम्पत्ति भएको महिन्द्रा ग्रूपअन्तर्गतको एक कम्पनी हो । नाडा अटो शो मा महिन्द्राले दुई नयाँ गाडीहरु सुप्रो भ्यान र सुप्रो म्याक्सिट्रक सार्वजनिक गरेको छ । कम्पनीको अनुसार सुप्रो भ्यान आकर्षक स्टाइल र प्रशस्त स्पेश भएको आठ सीटयुक्त प्यासेञ्जर गाडी हो । यो टुर एण्ड ट्राभल सेगमेण्टको सवारी हो जुन ठूलो परिवारका लागि पनि उत्तिकै उपयोगी छ । सुप्रो म्याक्सिट्रक एक अत्याधुनिक सामान ढुवानी गर्ने साधन हो जस्ले १ टल बराबरको भार वहन गर्न सक्छ । यो शहर भित्र वा नजीकका शहरहरुबीच सामान ढुवानी गर्न उपयोगी हुने कम्पनीले जनाएको छ । गाडी सार्वजनिकको अवसरमा महिन्द्रा एण्ड महिन्द्र लिमिटेडका उपाध्यक्ष तथा इण्टरनेशनल अपरेशन्स – एएफएस (दक्षिण एशिया)का प्रमुख सञ्जय जादवले भने, “नेपाली जनता तथा उपभोक्ताहरु सामु हाम्रा अटोमोबाइल प्रडक्ट सार्वजनिक गर्नका लागि नाडा अटो शो सबैभन्दा उपयुक्त अवसर हो । यो मेलाले हाम्रा उत्पादनको बारेमा उपभोक्तालाई जानकारी दिन र उनीहरुको आकांक्षा तथा चाहनाको मापन गर्न सहयोग गर्दछ । हामीले सदैव नयाँ र इन्नोभेटिभ प्रडक्ट ल्याउने प्रयास गरेका छौं । सुप्रो त्यसैको एक कडी हो ।” दुगड ब्रदर्श एण्ड सन्स प्रा. लि.का अध्यक्ष मोतीलाल दुगडले भने, “विगत दुई दशकदेखि महिन्द्रासँग जोडिन पाउनु दुगड ब्रदर्श एण्ड सन्सका लागि गर्वको विषय हो । हामी उपभोक्तालाई गुणस्तरीय प्रडक्ट उपलब्ध गराउन प्रतिवद्ध छौं । त्यसैले नेपाली उपभोक्ताका लागि थप छनोट सिर्जना गर्नका लागि हामीले सुप्रो नेपाल भित्र्याएका हौं । सुप्रो भ्यान एक बहुआयामिक सवारी हो जसले विभिन्न प्रकारका व्यवसाय तथा घरायसी प्रयोजनमा सहयोग पु¥याउने छ ।” दुगडका अनुसार सुप्रो भ्यान ठूलो परिवारका लागि व्यक्तिगत सवारी साधन हो जसलाई व्यापारीहरुले व्यक्तिगत र व्यावसायिक काममा प्रयोग गर्न सक्छन् । टुर तथा ट्राभल कम्पनीहरुका लागि पनि यो सजिलो यातायातको साधन हो भने किसानका लागि यो अतिरिक्त आयको स्रोत हो । अर्को उत्पादन सुप्रो म्याक्सिट्रक व्यवसाय र ढुवानीकर्ताहरुका लागि उपयोगी गाडी हो ।

नेपाली हजयात्रीलाई सिटिजन्स बैंक इन्टरनेसनलको विशेष सुविधा

काठमाडौं, १४ भदौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मुस्लिमहरुको पवित्र धार्मिक स्थल मक्का/मदिनामा जाने तीर्थालु नेपाली हजयात्रीहरुको सुविधाको आवश्यक पर्ने साउदी रियाल सटही सुविधा प्रदान गरिरहेको जनाएको छ । हजयात्रीहरुको सुविधाको निमित्त बैंकले घण्टाघर स्थित पञ्चकश्मिर ताकिया मस्जिदमा काउण्टर राखि साउदी रियाल सटही सुविधा प्रदान गरिरहेको छ । नेपाली हजयात्रीले आफ्नो राहदानी तथा टिकटबापत अधिकतम साउदी रियाल ९ हजारसम्म प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

शिवम् सिमेन्टको दशैंतिहार अफर, सिमेन्ट खरिदमा “चाँदी नै चाँदी” को उपहार

काठमाडौं, १४ भदौ । नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्टले “चाँदी नै चाँदी” नामक योजना बजारमा ल्याएको छ । कम्पनीले नजिकिदै गरेको दशैं, तिहार र छठ पर्वको अवसरमा आफ्ना सम्पूर्ण ग्राहकहरुलाई चाडपर्वको शुभकामना व्यक्त गर्दै सो योजना बजारमा ल्याएको हो । यस योजना अन्तर्गत, चाडपर्वको अवसरमा शिवम् सिमेन्टले प्रत्येक ४० बोरा सिमेन्टको खरिदमा १० ग्राम “लक्ष्मी–गणेश” अकिंत चाँदीको सिक्का उपहार योजना लागू गर्ने भएको छ । यो योजना सीमित समयको लागि नेपाल अधिराज्यभर लागू गरिएको छ । विगत लामो समयदेखि शिवम् सिमेन्टले समय–समयमा आफ्ना ग्राहकहरुलाई विभिन्न योजनाहरु मार्पmत थप उत्साह प्रदान गर्दै सहुलियत दिँदै आइरहेको छ । यसै क्रममा अब कम्पनीलले विशेष चाडपर्वलाई लक्षित गर्दै लक्ष्मी र गणेश अंकित चाँदीको सिक्का उपहार स्वरुप प्रदान गर्ने योजना ल्याएको हो । महान् चाड विजयादशमी, दिपावली र छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीहरुलाई शुभकाना व्यक्त गर्दै यसपालीको चाडपर्वमा अब क्वालिटी घरको निमार्णसँगै “चाँदी नै चाँदी” को उपहारको खुशीयाली बाँड्ने कम्पनीको लक्ष्य रहेको छ ।

नाडा अटो शो सुरु, नयाँ सवारी साधन सार्वजनिक गर्ने प्रतिष्पर्धा

काठमाडौं, १४ भदौं । राजधानीको भृकुटीमण्डपमा अटो मोबाइलको कुम्भ मेला सुरु भएको छ । अर्थमन्त्री कृष्ण बहादुर महराले उद्घाटन गरेको अटो शोमा दर्जनौ कम्पनीले नयाँ सवारी साधन सार्वजनिक गरेका छन् । १९ गतेसम्म सञ्चालन हुने मेलामा ७४ वटा कम्पनीका १२५ वटा स्टलहरू रहेका छन् । शोमा १६ वटा ब्राण्डका चार पाङग्रे, १५ वटा ब्राण्डका दुई पाङग्रे तथा ५ वटा ब्राण्डका हेवी कमर्शियल सवारी साधनहरू रहने छन् । चार पाङग्रेमा डाट्सुन, फियट, फोर्ड, होण्डा, हुण्डाई, किया, महिन्द्रा, एमजी, निशान, रेनाउल्ट, स्कोडा, सुजुकी, टाटा, टोयोटा, भल्कसवागेन र साङयोङ रहेका छन् । यीमध्ये अधिकांश कम्पनीले नयाँ सवारी साधन सार्वजनिक गरेका छन् । दुई पाङग्रेमा बजाज, बेला, बेनेली, हिरो, होण्डा, केटिएम, महिन्द्रा, रोयल इनफिल्ड, रनर, स्कोमाडी, सुजुकी, टिभिएस, युएम ग्लोबल, भेस्पा र यामाहा कम्पनी सहभागी छन् । हेवी कमर्शियलमा अशोक लिलेण्ड, आइसर, इस्कोर्ट, महिन्द्रा र टाटा रहेका छन् । अटो शोमा बिभिन्न वित्तिय संस्था, नया प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरूको पनि सहभागिता रहने छ । मेलामा नयाँ सवारीका साथै लुब्रिकेनट, स्पेयर्स तथा वर्कशप, बैंकलगायत सहायक सेवा तथा बस्तुहरुको पनि प्रदर्शनी रहेको छ । ६ दिन सम्म चल्ने नाडा अटो शोमा ५० हजार आगन्तुकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ भने २ अर्बको कारोबार हुने अनुमान गरिएको छ । नाडा अटो शोमा नयाँ सवारी साधन ल्याउने प्रतिष्पर्धा, धमाधम नयाँ गाडी सार्वजनिक हुँदै 

नेपाल टेलिकमको २५५ एमबी डाटा अफर, भदौ १६ गतेदेखि लागू

काठमाडौं, १४ भदौ । नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरुका लागि बुवाको मुख हेर्ने दिनको अवसरमा शुभ बिहानी–सन्ध्या डाटा प्याक अफर ल्याउने भएको छ । सो अफर विहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ७ बजेसम्म प्रयोग गर्न सकिने छ । कम्पनीका अनुसार  उपभोक्ताले १०० एमबी डाटा सव्सक्राइब गर्नका लागि स्पेशल १०० एमबी र २५५ एमबी डाटा सव्सक्राइब गर्नका लागि SPECIAL225MB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ । उपरोक्त महसुल दरमा नियमानुसार लाग्ने कर समावेश गरिएको छैन । उक्त अफर आगामी भदौ १६ गतेदेखि ३ महिनासम्म लागू हुने कम्पनीले जनाएको छ ।

‘स्पोर्टी स्कुटर’ रे जेडआर सार्वजनिक

काठमाडौं, १४ भाद्र । नेपालकालागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नाडा अटो शोमा मंगलबार नयाँ सिग्नस रे जेडआर सार्वजनिक गरेको छ । स्कुटर सेग्मेन्टमा यामाहाको नयाँ उत्पादन चीरपरिचित ‘रे’ स्पोर्टी लुक्समा रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार रे जेडआरमा एअर कुल्ड ४–स्ट्रोक, एसओएचसी, सीभीटीजडित ११३ सीसी ‘ब्लु कोर’ इन्जिन जडान गरिएको छ । सीभीटीले स्कुटर सुरु हुँदा र गुडिराख्दा ‘स्मुथनेस’को आभाष दिलाउँछ । नयाँ स्कुटरको डिजाइन अतुलनीय रुपमा आकर्षक छ भने इन्धनको अधिकतम प्रयोगलाई प्रत्याभुत गर्छ र यसकै कारण यसको माइलेज ६६ किलोमिटर प्रति लिटर रहेको कम्पनीले जनाएको छ । ‘मोटरसाइकल जगतमा स्कुटर सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको सेग्मेन्ट हो । हाम्रो सेल्समा स्कुटरको ३९ प्रतिशत योगदान छ र आउँदो वर्ष हामीले २८ देखि ३० प्रतिशत बजार हिस्सा ओगट्ने लक्ष्य लिएका छौं,’ एमएडब्लुको सेल्स एन्ड बिजनेस डेभलपमेन्ट–एजीएम दिपक रौनियारले भने, ‘नेपाली बजारमा यामाहाको फेसिनो, रेजी र अल्फा निकै रुचाइएको छ । हामीलाई आशा छ, स्टालिस बडी भएको रे जेडआरले ट्रेन्डप्रति संवेदनशिल युवा राइडर्सको अपेक्षालाई पुर्ति गर्नेछ ।’ उनले यामाहाका स्कुटरहरुलाई नेपाली बजारमा सहर्ष स्वीकार गरिएको पनि बताए । ‘फेसिनो सार्वजनिक गरेपछि हाम्रो स्कुटर बिक्री तीव्र रुपमा बढेको छ । रे जेडआर ल्याएपछि हामी थप उत्साहित भएका छौं,’ उनले थपे । कम्पनीका अनुसार स्कुटरमा ‘कि सटर लकिङ सिस्टम’ राखिएको छ जसले स्कुटर चोरी हुनबाट बचाउँछ । चुच्चो टेल लाइटले स्कुटरलाई थप आकर्षक बनाएको छ । पछाडिको साइट लाइट बडीबाट बाहिर निस्कने गरी डिजाइन गरिएको छ जसले यसलाई स्पोर्टी देखाउँछ । साथै, डिस्क ब्रेक, ट्युबलेस टायर र रोबस्ट बडीमा कुँदिएको ग्राफिक्सले यसलाईस्पोर्टी स्कुटर बनाइदिएको कम्पनीको भनाइ छ । रे जेडआर डिस्क र ड्रम ब्रेकमा उपलब्ध छ । डिस्क ब्रेक मोडेल ‘म्याट ग्रिन’ र ‘फिज् ह्वाइट’ गरी दुई आकर्षक कलर र ड्रम ब्रेक मोडेल ‘माभेरिक ब्लु’ र ‘रुस्टर रेड’मा आउँछ । यामाहाले ग्राहकको आवश्यकता र मागअनुसार निरन्तर रुपमा स्कुटरका विभिन्न मोडेल उत्पादन गर्दै आएको छ । यामाहाको सिग्नस रे महिलाप्रति लक्षित थियो भने रे जेड युवाप्रति र प्रिमियम फेसनका लागि फेसिनो स्कुटर ल्याएको थियो । युवाहरुलाई लक्षित गरी स्टाइल, स्पोर्टीनेस र इनोभेसनले भरिएको नयाँ रे जेडआर ल्याएको कम्पनीले जनाएको छ ।