अनुदान पाएका कलेज नै धारशायी, करोडौ अनुदान पाउनेकै नतिजा कमजोर
काठमाडौं १५, भदौ । सरकारले सामुदायिक कलेजहरुलाई वर्षेनी करोडौं रकम अनुदान दिइरहे पनि यसको समग्र नतिजा भने निरासाजनक देखिएको छ। विश्वविद्यालय अनुदान आयोगले देशभरका सार्वजनिक क्याम्पस सञ्चालनका लागि अनुदान दिइरहेको छ। तर, अनुदान पाएका अधिकांश कलेजहरु धाराशायी बन्दै गइरहेको खबर आजको कारोबारमा छापिएको छ। आयोगका अनुसार अनुदान लिए पनि विद्यार्थी अभाव र खराब व्यवस्थापनका कारण अधिकांश सामुदायिक कलेज बन्द हुने अवस्थामा पुगेका छन्। आयोगले गरेको अध्ययनले देशभर सञ्चालन भइरहेका ९० प्रतिशत सामुदायिक कलेजको अवस्था धारासायी रहेको पाइएको छ । सरकारले सामुदायिक कलेजका लागि विगत ३ वर्षमा मात्र १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ अनुदान सहयोग प्रदान गरिसकेको छ। आयोगले नियमित र भौतिक विकास अनुदान शीर्षकमा लगानी बढाउँदै लगे पनि ९० प्रतिशत सामुदासियक कलेज विद्यार्थी अभाव झेलिरहेका छन्।
कमिसन नपाएपछि समातिनै छाडे सुन तस्कर, सुनतस्कर बढेको बढ्यै
काठमाडौं १५, भदौ । नेपालसँग सीमाना जोडिएका चीनका विभिन्न नाकाबाट तस्करी हुँदै आएको सुनको रूट परिवर्तन भएपछि नेपालमा अवैध सुन समातिन छाडेको छ। Gold bars यसअघि नेपालका विभिन्न नाकाबाट अवैधरूपमा सुन भित्रने गरेपनि अहिले भने चीनबाट तस्करी हुने न भुटान र बंगालादेश जान थालेको प्रहरीको निष्कर्ष छ। आजको नेपाल समाचार पत्रमा खबर छापिएको छ। सरकारले सुन पक्राउ गर्ने र सुराकी गर्नेलाई कमिसन नदिने नीति अवलम्बन गरेपछि पछिल्लो समय ठूला परिणाममा सुन समातिन छाडेको छ। यसअभन्द अगाडि सरकारले सुनको अवैध कारोबार गर्ने कामलाई निरूत्साहित गर्न सुराकीलाई २५ प्रतिशत र सुन समात्ने सुरक्षा निकायलाई १५ प्रतिशत कमिसन दिने गरेकोमा अहिले भने जति परिणामको सुन समातिएपनि ५० हजारदेखि ५ लाख रूपैयाँ सम्म सुराकी र समाउनेलाई दिने नीति अख्तियार गरेपछि सुराकीले सुराक दिन छाडेको केन्द्रीय अनुसन्धान व्युरोले जानकारी दिएको छ।
अपराधी नउडाउने भन्दै फर्काइदियो इतिहादले
काठमाडौं १५, भदौ । काठमाडौं–गृह मन्त्रालयले निष्कासन डिपोर्ट गर्ने निर्णय गरेको एक पाकिस्तानी नागरिकलाई इतिहाद एयरलाइन्सले बोडिङ पास नदिई फर्काइदिएको छ । निष्कासित यात्रुको उडानबारे अध्यागमन विभागले समयमै समन्वय नगरेको भन्दै इतिहादले ती पाकिस्तानीलाई फर्काइदिएको हो । विभागले भने सम्बन्धित एयरलाइन्सको टिकट खरिद गरीसकेको अवस्थामा कुनै यात्रुबारे जानकारी गराउन जरुरी नभएको दाबी गरेको छ । चोरी मुद्दामा जेल सजाय भागेका पाकिस्तानी नागरिक राना गणेशबहादुरलाई विभागको सिफारिसमा गृह मन्त्रालयले एक वर्ष अवधिभर नेपाल आउन नपाउने गरी निष्कासन गर्ने निर्णय गरेको थियो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
भूकम्प पीडितलाई सरकारको नयाँ योजना, जग्गा किन्न अनुदान
काठमाडौं १५, भदौ । सरकारले भूकम्पपीडितलाई दुई लाख रुपैयाँ अनुदान बाड्न नसकेको बेला अर्को नयाँ योजना ल्याएको छ । सरकारले भूकम्पपीडितलाई घर बनाउान आवश्यक जग्गा किन्न अनुदान दिने घोषणा गरेको छ । डेढ वर्ष बित्न लाग्दा पनि भूकम्पपीडितले घर बनाउने रकम पाएका छैनन् । यहीबीच सरकार पीडितलाई जग्गा किन्न पैसा दिने नयाँ योजना बनाउँदै छ । भूकम्पका कारण जोखिमपूर्ण बनेको आफ्नो जमिनमा घर बनाउन नसक्ने पीडितलाई सरकारले जग्गा किन्न अनुदान दिने तयारी गरेको हो । आफ्नो जग्गामा घर बनाउन नसक्ने पीडितलाई जग्गा खरिदका लागि अनुदान दिन कार्यविधि निर्माण भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सिइओ सुशील ज्ञवालीले जानकारी दिए । ‘पीडितलाई कतिसम्म अनुदान दिने भन्ने तय गर्न कार्यविधि बन्दै छ,’ ज्ञवालीले भने, ‘जसको घर बनाउन जग्गा उपयुक्त छैन उनीहरूलाई जग्गा किन्न अनुदान दिन लागिएको हो ।’ आफ्नो जग्गामा घर बनाउन नसक्ने पीडितलाई अर्को घर बनाउने घडेरी खरिदका लागि दुई लाख रुपैयाँसम्म अनुदान दिने गरी कार्यविधि बनाउन लागिएको छ । मन्त्रिपरिषद्बाट कार्यविधि स्वीकृत भएपछि त्यस्ता पीडितलाई जग्गा किन्न अनुदान वितरण सुरु हुने ज्ञवालीले जानकारी दिए । ‘कार्यविधि स्वीकृत भएपछि घर निर्माणका लागि जग्गा किन्न अनुदान दिने हाम्रो योजना हो,’ उनले भने । भूकम्पले आंशिक क्षति भएका पीडितले घरको रेट्रोफिटका लागि ५० हजार रुपैयाँ पाउने भएका छन् । यसका लागि कार्यविधि तयार भइरहेको सिइओ ज्ञवालीले जानकारी दिए । ‘घर रेट्रोफिट गर्न पीडितलाई ५० हजार दिन कार्यविधि तयार भइरहेको छ,’ उनले भने, ‘आंशिक क्षति भएका पीडितलाई यो रकम दिन खोजिएको हो ।’ यसका लागि निर्देशक समितिबाट निर्णय भइसकेको पनि उनको भनाइ छ । समाचार स्रोत नयाँ पत्रिका दैनिक ।
नक्कली पर्वतारोहीमाथि छानविन, दुई शेर्पा फरार, कर्मचारीलाई चेतावनी
काठमाडौं १५, भदौ । भारतीय जोडीमाथि छानविन शुरु भएपछि उनीहरुको सहयोगीका रुपमा खटिएका शेर्पा फुर्तेम्बा शेर्पा र फुर्वा शेर्पा फरार भएको मन्त्रालयको भनाई छ । ‘उनीहरुको खोजी र अनुसन्धान जारी छ’, मन्त्रालयका सहसचिव उपाध्यायले भने, ‘सम्पर्क अधिकृतका रुपमा खटिएका कर्मचारी र प्रमाणपत्र दिने अधिकारीलाई चेतावनी दिइएको छ ।’ विभागका अनुसार सन् २००१र०२ मा पनि एक जना बेलायती नागरिकलाई नक्कली तस्वीर प्रयोग गरी आरोहणको दाबी गरेको अभियोगमा तीन वर्षको प्रतिवन्ध लगाइएको थियो । तर, प्रमाणपत्र खारेज भएको इतिहास भने पहिलो हो । भारतीय जोडीमाथिको प्रतिवन्धले नेपालमा गैरकानूनी गतिविधि गर्नेमाथि कारवाही हुन्छ भन्ने सन्देश प्रवाह भएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव घनश्याम उपाध्यायको भनाइ छ । आरोहीहरुका अनुसार शेर्पा सहयोगी र सम्पर्क अधिकृतलाई रकम खुवाएर मिलेमतोमा आरोहणको प्रमाणपत्र लिने आरोही धेरै हुन्छन् । तर, नेपालमा नक्कली तस्वीर प्रमाणित गर्ने उच्च प्रविधिको अभाव र उजुरी नआएपछि यस प्रकारका गतिविधिको छानविन हुँदैन । नक्कली आरोहण निरुत्साही गर्न शेर्पा सहयोगीको भूमिका महत्वपूर्ण हुने श्रेष्ठले बताए । नयाँ पत्रिका दैनिकबाट ।
जापानमै लुके नौ गैरखेलाडी, क्रिकेटका नाममा मानवतस्कर
काठमाडौं १५, भदौ , काठमाडौं–क्रिकेट खेलाडीका रुपमा मैत्रीपूर्ण खेल खेल्न जापान लगिएका नौजना गैरखेलाडीले काठमाडौं फर्कने टिकट जापानबाटै रद्द गराएको खुलेको छ । १५ दिनको भिसासहित जापान लगिएका उनीहरु जापानमै भासिएको मंगलबार ४७ दिन बितेको छ । अध्यागमन विभागका अनुसार अन्य नेपाली टोलीसहित गत १५ जुलाईमा जापान गएका ती गैरखेलाडी मंगलबारसम्म स्वदेश फर्किएका छैनन् । ती गैरखेलाडीले पहिलै नै बुकिङ गरिसकेको आफ्नो फर्कने टिकटसमेत रद्द गरेको जानकारी सम्बन्धित ट्राभल एजेन्सीले दिएको छ । गत १५ जुलाईमा जापानमा आयोजना भएको होण्डा कप क्रिकेट प्रतियोगितामा सहभागि हुन गएका १८ जनाको टोली जापान गएको थियो । त्यो टोलीमा सातजना क्रिकेटर, दुइजना पदाधिकारी र नौ जना गैरखेलाडी थिए । सोही गैरखेलाडी जापानमै लुकेर बसेका हुन । जापानमै लुकेका गैरखेलाडी रामसुर बुढा सञ्जिव बुढा रोमी सरङ्कोटी राना सूर्य बानियाँ नरेन्द्र बुढा सुन्दरकुमार ओली श्यामकुमार पुन डेन्डी शेर्पा लक्ष्मण छन्त्याल अन्नपूर्ण पोष्टबाट
हेलिकोप्टर चढेर मन्त्री स्कूल उद्घाटनमा, हेलिकोप्टर अवतरण हुँदा वृद्ध घाइते
काठमाडौं १५, भदौ । वाणिज्य मन्त्री रोमी गौचन हेलिकोप्टर चार्टर गरेर गोरखाको एक विद्यालय भवन उद्घाटन गर्न पुगेका छन् । काठमाडौँबाट करिब एक सय ५० किलोमिटरको दूरीमा रहेको महालक्ष्मी उच्च मावि ताप्लेको भवन उद्घाटन गर्न मन्त्री गौचन एकलाख रुपैयाँ बढी तिरेर हेलिकोप्टर चार्टर गरेर पुगेका हुन् । उनी मङ्गलबार दिउँसो एक बजे कार्यक्रम उद्घाटन स्थलमा पुगेका थिए । मन्त्री चढेको हेलिकोप्टर अवतरण हुँदा हावाले उडाएको प्रवेशद्वारको काठले लागेर ताप्ले ९ का ९० बर्षीय हरिप्रसाद भट्ट घाइते भएका छन् । स्थानीय कलाधर भट्टका अनुसार वृद्धको टाउकोमा चोट लागेको छ । गाउँको एउटा विद्यालय भवन उद्घाटन गर्न हेलिकोप्टर उडाएर तडकभडक देखाएकोप्रति स्थानीयबासी भने सन्तुष्ट छैनन् । ‘भूकम्पले आहात बनाएको ठाउँमा यस्तो तडकभडक सुहाएन’ माओवादी केन्द्रका गाउँ संयोजक समेत रहेका भट्टले भने, ‘आफू उद्घाटन गर्दै हिड्दिन भन्ने प्रधानमन्त्रीले मन्त्रीलाई यस्तो तडकभडक गर्न दिनु ठिक भएन ।’ प्रधानमन्त्रीले आफ्ना मन्त्रीलाई नियन्त्रणमा राख्न नसकेको समेत उनले टिप्पणी गरे । अर्का स्थानीयबासी रज्मदिन मियाँले असन्तुष्टि व्यक्त गरे । ‘एक करोड ५५ लाख खर्च गरेर विद्यालय भवन बनाइदिने संस्थाका अध्यक्ष, उपाध्यक्ष सबै गाडीमा आएका छन् । तर मन्त्री एक घण्टा बस्न हेलिकोप्टरमा आउनु भयो’ मियाँले भने, ‘हेलिकोप्टर उडाउने पैसाले मन्त्रीले कुनै गाउँको विद्यालय भवन बनाउन सहयोग गरेको भए राम्रो हुनेथियो ।’अन्नपूर्ण पोष्टबाट ।
तलबसँगै रोग भित्र्उँछन् पेशाकर्मी, ७५ प्रतिशत पेशाकर्मी दीर्घ रोगी भएको प्रतिवेदन सार्वजनिक
काठमाडौं, १४ भदौ । नेपालमा व्यवसायजन्य(पेशागत) स्वास्थ्य र सुरक्षाका विषयमा चेतना नभएका कारण ७५ प्रतिशत कामदारमा दीर्घकालिन रोग देखिएका छन् । वाँकी २५ प्रतिशतमा भने केही न केही प्रकारका रोग आफूले गरि आएको पेशाकै कारण उत्पन्न हुने गरेको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द (रेस्फेक) ले गरेको दु्रुत अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । अध्ययन प्रतिवेदन सम्वन्धि मंगलवार भएको कार्यक्रममा रेस्फेकका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले ७५ प्रतिशत दीर्घ रोगीमध्ये ३२ प्रतिशतमा आँखाको समस्या, १३ प्रतिशतमा हाडको समस्या र १२ प्रतिशतमा पेटसम्वन्धि रोग रहेको छ । नेपालमा पेशागत (व्यवसायजन्य) रोगका बारेमा पर्याप्त जानकारी नभएकाले शारीरिक श्रमिक र बौद्धिक श्रमिक पनि उत्तिकै मात्रामा रोगी हुँदै आएको कार्यक्रममा बताइयो । उद्योग, कार्यालय, कलकारखाना, विद्यालयलगायतका औपचारिक क्षेत्रमा काम गर्ने कामदार र कर्मचारीमा समेत रोगको भयावह स्थिति रहेको छ भने निर्माण, घरेलु कामदार, कृषिलगायतका अनौपचारिक क्षेत्रमा रहेको असंगठित कामदारहरुको पेशागत स्वास्थ्य झनै पीडादायी अवस्थामा रहेको छ । व्यवसायजन्य स्वास्थ्यसम्वन्धि अध्ययनकर्ता जीवन लोहनीले लुगा, खाने भाडा निकै समस्या रहेको बताए । ६८ प्रतिशतले सुरक्षा सामग्रंीको प्रयोग नै नगरिकन धुलो धुवाँमा काम गर्ने गरेको तथ्यांक पेश गरे । उनका अनुसार ५३ प्रतिशत कामदार चर्को ध्वनी प्रदुषणमा काम गर्न वाध्य छन् । औपचारिक क्षेत्रमा काम गर्ने वौद्धिक पेशाकर्मीमध्ये १७ प्रतिशत एउटै शैलीमा दिन भरी काम गर्छन भने ३३ प्रतिशत एउटै ठाउँमा बसेर काम गर्छन् । यो तथ्यांकले भविष्यमा चर्कोखाले स्वास्थ्य समस्या पैदा हुने पक्का पक्की हुने लोहनीको ठहर छ । व्यवसायजन्य स्वास्थ्यका एकमात्र विज्ञका रुपमा रहेका काठमाडौं मेडिकल कलेजका प्राडा सुनिलकुमार जोशीले सन् २००० देखि यसवारेमा आफूले वहस पैरवी, स्वास्थ्य परिक्षण र प्रशिक्षण दिंदै आए पनि यसवारे आवश्यक चेतना जागृत गर्न कठिनाइ भइरहेको र नीतिगत स्पष्टता पनि सरकारले दिन नसकेको जानकारी दिए । उनका अनुसार व्यवसायजन्य स्वास्थ्य भनेको प्राथमिक कुरा हो। मानवअधिकार हो । काम गरेपछि ज्याला तलवसँगै रोग पनि लिएर आउने गरेको र सोही रोगका कारण समयअगावै मृत्यु वा दीर्घरोग बोक्नुपर्ने अवस्था नेपालमा रहेको उनले जानकारी दिए । रोगको कारक तत्व आफ्नै पेशा भएकाले यसको उपचारको जिम्मा पनि पेशाबाटै हुनुपर्ने उनको धारणा रहेको छ । नेपालमा खुटा भाँच्यो भने उपचार आफैले गर्नुृपर्छ । कथंकदाचित क्षतिपुति १ लाख पाएपनि कामबाट निस्कनु पर्ने र जीवनभर अपांग भइ बाच्नुपर्नै अवस्था रहेको छ । उनले भने, ‘यसर्थ जिविकोपाजनको जिम्मा कसले लिने त भने कुरा नीतिगत स्पष्टता आवश्यक छ । उनका अनुसार श्रम ऐनले पेशागत रोग लागेको छ भने रिकडिङ्ग र रिपोटिङ्ग गर्नुपर्छ भनेको छ । तर व्यवसायजन्य रोग भनेर कसले कसरी पत्ता लगाउने र कहाँ रिपोटिङ्ग गने भने छैन । उनले अगाडि भने, ‘ पेशागतजन्य सुरक्षा गर्ने भए स्वास्थ्य र श्रम मन्त्रालयले जिम्मा लिनुपर्छ । नेपालमा मलेरियाका लागि अरबौ रुपैयाँ खर्चन्छ । तर पेशागत स्वास्थ्यबाट मनेको संख्या मलेरियाभन्दा दोब्बर छ । यसमा कसैंको चासो देखिएको छैन ।’ स्वास्थ्य मन्त्रालयका सहसचिव दिपेन्द्ररमण सिंहले खाने समयलाई छोट्याएर काममा डट्ने प्रवृत्ति हटाएर आवश्यकता अनुसार आरा मगर्ने समय छुट्याउन मात्र सके पनि धेरै रोगबाट आक्रान्त नहुने बताए । पेशागत स्वास्थ्य र सुरक्षासम्वन्धि नीति बनाउने काम भइरहेको जानकारी दिंदै उनले यथासिघ्र यसले मुर्त रुप पाउने जानकारी दिए ।