कुलमानकाे घोषणा-अवस्था सहज छ, अब पनि लोडसेडिङ हुदैन
काठमाडौं । आउदो हिउँदमा पनि विद्युत्भार कटौती (लोडसेडिङ) नहुने भएको छ । गत वर्षको भन्दा यो वर्ष सहज अवस्था रहेकाले लोडसेडिङ नहुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । बढी बिजुलीको माग हुने साँझको २ घण्टा पनि आपुर्ति व्यवस्थापन हुने उनले स्पष्टपारे । लोडसेडिङ फेरी हुदै छ भन्ने आशंकालाई चिर्दे घिसिङले अब लोडसेडिङ नहुने बताएका हुन् । आफनो एक वर्षे कार्यकालमा भएको प्रगति र आगामी कार्ययोजना सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा साँझ उद्योगमा बिजुली काटेर भएपनि लोडसेडिङ हुन नदिने योजना रहेको स्पष्टपारे । उनले प्रसारण प्रणाली र सवस्टेश ओभरलोड भइरहेकाले क्षमता बढाउने काम भइरहेको उनले जानकारी दिए । “हामीसंग पर्याप्त भएर हैन” उनले भने “संकटको बेला माग व्यवस्थापन गरेका छौ र आउदा दिनमा पनि हुने छ । कुनै आयोजनामा समस्या आएर बन्द भए हामीसंग रिजर्भ क्षमता छैन ।” २ करोड थान एलईडी चिम वितरण र सोलारबाट बिजुली उत्पादन गर्ने योजना कार्यान्वयनमा आएको भए माग व्यवस्थापन गर्न सहज हुने उनको भनाई थियो । एलईडीले साँझ र सोलारले दिउँसोको माग व्यवस्थापन गर्न सहज हुने उनको तर्क छ । लोडसेडिङ नहुने आधार के हुन ? भन्ने पत्रकारको प्रश्नको जवाफ दिदै कार्यकारी निर्देशक घिसिङले सुदुरपश्चिमा ३० मेगावाटको चमेलिया आयोजनाको काम २ महिनामा सम्पन्न भई विद्युत उत्पादन सुरु गर्ने जानकारी दिए । चमेलिया अर्धजलासययुक्त आयोजना भएकाले सुदुरपश्चिममा साँझको माग व्यवस्थापन गर्ने उनको भनाई थियो । यस्तै पुर्वमा कुसाह–कटौया र परावनीपुर–रक्सौल १३२ केभी प्रसारणलाइनबाट थप १ सय मेगावाट बिजुली आयात हुन सक्ने गरी पुर्वाधार तयार भएको उनले जानकारी दिए । यस्तै कुलेखानी आयोजना हाल सञ्चालनमा नरहेको र पानी भर्ने काम भात्र भइहरेको छ । हालसम्म जलसतह १ हजार ५१९ मिटर पुगेको छ । यो गत वर्षको भन्दा १ मिटर बढी हो । कुलेखानी आसपास क्षेत्रमा पर्याप्त वर्षा नभएकाले भरिने संभावना कम रहेको उनको भनाई छ । यस्तै १४४ मेगावाटको कालिगण्डकी, ७० मेगावाटको मध्यमस्र्याङदी, ६९ मेगावाटको मस्र्याङदी, चमेलिया, चिलिमेलगायत विद्युत प्राधिकरणका आयोजनालाई साँझमा पनि पुर्णक्षमतामा सञ्चालन गरेर माग व्यवस्थापन गर्ने उनको भनाई छ । यस्तै सहरी क्षेत्रमा लोडसेडिङ हुन नदिन हालको वितरण प्रणालीमा सुधार गरी क्षमता बढाउने काम भइरहेको घिसिङले बताए । अझै पनि ३ सय मेगावाट बिजुली अपुग भए पनि माग व्यवस्थापन भइरहेको उनले जानकारी दिए । घिसिङका अनुसार १ हजार मेगावाटसम्म विद्युत आपूर्ति भइरहेको छ भने ३ सय मेगावाट साँझ ३ घण्टासम्म औद्योगिक क्षेत्रमा लोडसेडिङ गरेर व्यवस्थापन भइरहेको छ । आउदो हिउँदमा पनि समस्या आएमा साँझमा उद्योगमा बिजुली आपूर्ति बन्द गर्ने जानकारी दिए । यो वर्ष बिजुली चुहावट ३ प्रतिशत घटाएर २० प्रतिशतमा झार्ने योजना उनले सार्वजनिक गरे । गत वर्ष पनि ३ प्रतिशत चुहावट घटाउन सफल भएको उनको भनाई थियो ।
तराई डुबानकै कारण आर्थिक वृद्धिदरमा प्रभाव पर्ने अवस्था छैन-थापा
नर बहादुर थापा, कार्यकारी निर्देशक नेपाल राष्ट्र बैंक काठमाडौं । साउन अन्तिम साता तराई क्षेत्रमा आएको बाढी र डुबानले ठुलो मात्रामा सम्पति क्षति भएको देखिन्छ । बाटो भत्किएको छ, नागरिकको घर भत्किएको छ । गाईवस्तु मरेका छन् । धानबाली, माछा पोखरीहरु धुप्रै नष्ट भएका छन् । यतिबेला त्यो डुबानले मुलुकको आर्थिक वृद्धिदरमा प्रभाव पर्छ की पर्दैन भन्नेबारे चर्चा चलिरहेको छ । सरकाले आर्थिक बर्ष २०७४/७५ का लागि ७.२ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ । आर्थिक वृद्धिदरमा कृषि, उद्योग, पर्यटन, पुर्वाधार लगायतका धेरै पक्षहरुको योगदान रहन्छ । अहिले बिशेष गरि डुबानको प्रभाव सम्बन्धी दुई वटा विचारहरु देखिएका छन् । पहिलो विचारः तराईमा डुबान एक/दुई दिन मात्रै रह्यो । त्यसले गाइ बस्तु, मान्छेको मल, पाँगो माटो सबैलाई बराबर मात्रामा वितरण गर्यो । जुन मान्छेले गर्न सक्दैन्थ्यो । अमलिलो माटोमा मलिलो माटो मिसियो । हिमालमा जुन बर्ष हिउँ पर्छ, त्यहि बर्ष धेरै गहुँ फल्छ । तराईमा पनि जुन बर्ष डुबान हुन्छ त्यहि बर्ष धेरै धान फल्छ । क्षणिक डुबानले धान उत्पादन बढाउँछ भन्ने पहिले पनि पुष्ठि भैसकेको कुरा हो । तर जुन जुन क्षेत्रमा बाढीले बलौटे माटो ल्यायो र धान सोत्तर बनायो त्यहाँ नराम्रो असर गर्छ । बाढीले केहि धान डुबाएको केहिमा बलौटे माटोले छोपिदएको हुनाले यो बर्ष तराई मधेशमा बर्षे बालीको उत्पादनमा कस्तो प्रभाव पर्छ भन्ने सन्दर्भमा सबैको चासो बढेको देखिन्छ । यी कुरा भने बाढीले खेति योग्य जमिन कति बगायो र कति पुर्यो भन्नेमा निर्भर गर्छ । मलाई लाग्छ, बाढीले १० देखि १५ प्रतिशत धान बगाउने र पुर्ने काम गरेको छ भने बाँकी ८५ प्रतिशतमा क्षणिक डुबान मात्रै भएको छ । यसले मलहरुको बराबर वितरण र पाँगो माटो राखिदिएकाले धान उत्पादनमा राम्रो नै गर्छ । डुबान लगत्तै सरकारले छिटो फल्ने धान छर्ने भनेर काम गरिसकेको छ । त्यसो त धान आफैं अधिक पानीमा फल्ने अन्न बाली हो । त्यसमा पनि तराई मधेशमा रोपिने धानहरुमा डुबानमा पनि फाल्न सक्ने क्षमता अधिक हुन्छ नै । त्यसकारण यसपाली पनि तराई मधेशमा धानको उत्पादन राम्रै हुन्छ भन्ने मेरो निष्कर्ष हो । विस्तृत अध्ययन त भैसकेको छैन् तर पनि धान उत्पादन घट्ने सम्भावना छैन् । बरु ३।४ प्रतिशत कृषि उत्पादन बढ्न सक्छ । साउन अन्तिम साताको डुबानले अब तराईमा हिउँदे बाली पनि झनै राम्रो हुनेछ । सिधा अर्थमा भन्ने हो भने तराई डुबानले धानको उत्पादन घट्दैन र हिउँदे बाली पनि झनै फस्टाउँछ । अब केहि हदसम्म उद्योग, घर, माछा पोखरी, गाई बस्तुको क्षति भएको छ । यसले उत्पादनमा असर गर्यो भने आर्थिक वृद्धिदरमा असर गर्ने हो । उद्योगमा क्षति पुगेर उत्पादनमा कमि आयो भने त्यसले प्रभाव पार्छ नै । तर कहिले काँही भने डुबानका कारण धानको उत्पादन भने बढाउँछ । यसपाली पनि त्यस्तै हुन्छ भन्ने मलाई लाग्छ । बाढीले नागरिकको घर बगायो, पुल भत्कियो, बाटो बगायो । नागरिकले दुःख पाए तर डुबानकै कारण धानको उत्पादन घट्ने अवस्था चाँही आउँदैन् भन्नेमा म चाँही निश्चिन्त छु । अब डुबानले आर्थिक वृद्धिदरमा कस्तो असर गर्छ भन्नेबारे कुरा गरौं । डुबानले अधिक क्षति पुगेको भनेको बर्षे बालीमा हो र तराईको बर्षे बाली भनेको धान नै हो । समग्र कृषि क्षेत्रमा धानको योगदान २१ प्रतिशत छ । अनि समग्र अर्थतन्त्रमा भने धानको योगदान ७ प्रतिशत देखिन्छ । अधिकतम १५ प्रतिशत धान बाली डुबानले नष्ट भएको जस्तो देखिन्छ तर जहाँ क्षण्कि डुबान मात्रै भएको छ, त्यहाँ धानको उत्पादन बढ्छ । त्यसकारण डुबानका कारण धानको उत्पादन घटेर आर्थिक वृद्धिदर घट्दैन् । समग्र आर्थिक वृद्धिदरका लागि धेरै कुराले भूमिका खेल्छन तर तराई डुबान र धान उत्पादनका कारण आर्थिक वृद्धिदर घट्ने अवस्था छैन् । (नेपाल राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख समेत रहेका कार्यकारी निर्देशक थापासँग गरिएको कुराकानीमा आधारित)
संसारभर फैलँदै विद्युतीय कार, विकसित पाँच देशले हटाउँदै छन डिजेल/पेट्रोलका गाडी
एजेन्सी । विश्वका केही ठुला मुलुक पेट्रोल तथा डिजेलबाट चल्ने कारहरु हटाउने दौडमा छन् । विश्वको ठुलो कार बजार भएको चीनले जिवास्म ईन्धन (पेट्रोल तथा डिजेल) बाट चल्ने गाडीको उत्पादन तथा बिक्रीलाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । त्यस्तै भारत, फ्रान्स, बेलायत र नर्वे लगायतका मुलुकले पेट्रोल तथा डिजेल कारलाई निषेध गर्दै सफा गाडीको अवधारणा अनुसार जाने तयारी थालेका छन् । जर्मनका चान्सलर एन्गेला मार्केलले आधुनिक कारले आफ्नै अवसान मिती तय गरेको बताएकी छन् । न्युनतम ८ मुकहरुले विद्युतीय कारलाई प्राथमिकतामा राख्ने लक्ष्य राखेका छन् । यस्ता छन् सिएनएनले तयार पारेको रिपोर्ट बेलायत गत जुलाईमा बेलायतले वातावरण स्वच्छ राख्ने उद्येश्य सहित सन् २०४० सम्ममा पेट्रोल तथा डिजेल कारको बिक्रीमाथि प्रतिबन्ध लगाउने अठोट लिएको थियो । सन् २०५० सम्ममा सबै गाडिहरुले सडकमा शुन्यमात्रामा प्रद्षण अनिवार्य गरिने लक्ष्य रहेको छ । विश्वकै छैठौं ठुलो गाडी बजार रहेको बेलायतमा सन् २०१६मा २७ लाख कारहरु दर्ता भएका थिए । फ्रान्स फ्रान्स सरकारले ग्लोबल वार्मिङ विरुद्ध लड्न सन् २०४० सम्ममा पेट्रोल तथा डिजेल गाडीको बिक्रीको अन्त्य गर्ने घोषणा गरेको छ । सो मितीपछि सरकारले विद्युतीय तथा वातावरणमैत्री सवारी सञ्चालनका लागि मात्र अनुमति प्रदान गर्नेछ । यद्यपी मझौला किसिमका कारलाई भने अनुमति दिइनेछ । फ्रान्सका सरकारी अधिकारी निकोलास ह्युलटले सो लक्ष्यबाट राष्ट्रका कार निर्माता कम्पनीको अनवेषण तथा बजार प्रतिनिधित्वमा सघाउ पुग्ने बताएका छन् । फ्रान्समा विद्युतीय कारको बजार हिस्सा चार प्रतिशत रहेको छ । सन् २०१७ को पहिलो चौमासिकमा विद्युतीय कारको बिक्री २५ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । भारत यसै वर्षको सुरुवातमा भारतले सन् २०३० सम्ममा सबै सवारीसाधनलाई विद्युतबाट सञ्चालनमा ल्याउने अठोट प्रस्तुत गरेको थियो । सरकारका उर्जा सल्लाहकार अनिलकुमार जैनले भने, यो एक महत्वाकांक्षी योजना हो । अन्तत यो कार्यन्वयनमा आउनेछ ।’ वायु प्रदुषणले ग्रस्त भारतमा विश्वकै अत्याधिक प्रदुषित सहरहरु छन् । यद्दपी यहाँ नीतिनिर्माताबाट ठुलो परिवर्तन ल्याउन सक्ने अपेक्षा राख्न सकिन्छ । नर्वे नर्वे सरकारको यातायातसम्बन्धी योजनाले स्पष्टरुपमा लक्ष्य लिएको छ ( सन् २०२५ सम्ममा बिक्री हुने सबै नयाँ प्यासेन्जर कार तथा भ्यानहरु प्रदुषण रहित हुनुपर्नेछ । यसले सोहि बाटो अवलम्बन गरिरहेको स्पष्ट रुपमा देखिन्छ । गत वर्षको तथ्यांक अनुसार यो मूलुकमा जम्मा बिक्री भएका कार मध्ये करिब ४० प्रतिशत विद्युतीय तथा मझौला किसिमका कार रहेका छन् । यसबाहेक अस्ट्रिया, डेनमार्क, आयरल्याण्ड, जापान, कोरिया, नेदरल्याण्ड, पोर्चुगल तथा स्पेनले औपचारिकरुपमा नै विद्युतीय सवारीमा बिक्री बढाउने लक्ष्य राखेका छन् । अन्तराष्ट्रिय उर्जा संघको रिपोर्ट अनुसार विश्वको ९५ प्रतिशत विद्यतीय कारहरु चीन,अमेरिका, जापान, क्यानडा, नर्वे, बेलायत,फ्रान्स, जर्मनी, नेदरल्यान्ड र स्विडेनमा बिक्री वितरण हुन्छन् ।
नेसनल माइक्रोफाइनान्सले ३५ प्रतिशत लाभांश दिने, २० प्रतिशत बोनस र १० प्रतिशत नगद
काठमाडौं । नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने भएको छ । संस्थाको बुधबार बसेको ६२ औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट २० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंक तथा वित्तीय संस्थासंग जनशक्ति र सामाजिक उत्तरदायित्वमा गरेको लगानी विवरण माग्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासंग जनशक्ति क्षमता अभिवृद्धि र सामाजिक उत्तरदाइत्वमा गरेको लगानीको विवरण माग्ने भएको छ । केन्द्रीय बैंकले गत आर्थिक वर्षको मौद्रीक नीतिमा बैंक तथा वित्तीय संस्थाले गर्ने कुल खर्चको ३ प्रतिशत कर्मचारीको वृति विकास र १ प्रतिशत समाजिक उत्तरदाइत्वअन्र्तग सामाजिक सेवामा खर्च गर्नुपर्ने व्यवस्था गरेको छ । दक्ष जनशक्तिको अभावलाई पूर्ति गर्न राष्ट्र बैंकले जनशक्ति विकासमा खर्च गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । कतिपय बैंक तथा वित्तीय संस्थाले निर्देशन पालना नगरेको भन्दै केन्द्रीय बैंकले गत आर्थिक वर्षसम्म कर्मचारीको वृति विकास र सामाजिक काममा गरेको खर्चको विवरण दिन निर्देशन जारीको गर्न लागेको छ । बैंकका सहायक प्रवत्ता राजेन्द्र पण्डितले बैंकले जनशक्ति विकास र समाजिक क्षेत्रमा गरेको लगानीको अनुगमन गर्ने बताउछन् । उनले राष्ट्र बैंकले अनुगमन गरिरहेको र आगामी दिनमा जारी राख्ने उनको भनाई छ ।
सेयर बजारमा अवसरै अवसर छ
मान्छे धनि बन्ने लालचमा महंगो ओच्छानमा निदाउन नसकि निन्द्राको गोलि खान्छन । एक लिटर दुध बेचेर दुई कप चिया खान्छ । धान खेत बेचेर चामल किन्छ । घर बेचेर गाडि किन्छ । र, भन्छ दःुख पाए । आफुलाई सर्वज्ञान सम्पन्न ठान्छ । अरुलाई अपमान गर्छ र आफुले सम्मान नपाएको गुनासो गर्छ । हो ठ्याक्कै यस्तै प्रवृतिका केही मान्छे शेयर बजारमा छन् र त शेयर बजारको महत्व छ । नत्र बालि भित्राउने बेलामा कसले किन खेत बेच्थ्यो र, स्वस्थ रहने बेलामा दुध बेचेर चिया कसले खान्थ्यो र ? अनि, यो शेयरमा फाप्दै फापेनअचाक्लि घाटा भयो भनि फलाक्दै हिन्ने को नै हुन्थ्यो र ? महोदय तिमिहरु छौ र शेयर बजारमा अवसरै अवसर छ ।
सानिमामाई हाइड्रोपावरको हकप्रद निष्कासन अाज अन्तिम दिन
काठमाडौं । सानिमामाई हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर निष्कासन बिहीबारदेखि बन्द हुने भएको छ । कम्पनीले ८२ मेगावाटका दुईवटा जलविद्युत आयोजनामा लगानी जुटाउन सानिमाले हकप्रद सेयर निष्कासन गरेको हो । २२ मेगावाटको माई र ७ मेगावाटको माईक्यासकेड गरी २९ मेगावाट क्षमताको २ आयोजना निर्माण सम्पन्न गरेको सानिमाले ५४ मेगावाटको मध्यतमोर र २८ मेगावाटको तल्लोलिखु आयोजनामा लगानीका लागि हकप्रद निष्कासन गरेको छ । हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ११ करोड रुपैयाँ पुग्ने छ । कम्पनीमा संस्थापकको ७०, आयोजना प्रभावित स्थानियबासिन्दाको १० र सर्वसाधारणको २० प्रतिशत सेयर लगानी रहेको छ । तमोर सानिमा इनर्जीले ५४ मेगावाट क्षमताको मध्यतमोर जलविद्युतबाट उत्पादन गर्न अनुमति (लाइसेन्स) पाएको छ ।आयोजना आगामी सन् २०२२ सम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ । सानिमा समूहले तल्लोलिखु आयोजनाको प्रारम्भीक काम सुरु गरेको छ । स्वेत गंगा हाइड्रोपावर एन्ड कन्सट्रक्सन लिमिटेडले तल्लो लिखु आयोजना निर्माण गर्नेछ । यो आयोजना बनाउन कम्पनीले लाइसेन्स पाइसकेको छ । विद्युत प्राधिकरणसंग पीपीए भइसकेको छ । यो आयोजना पनि आउदो सन् २०२२ मा सम्पन्न गर्ने प्रवद्र्धकको लक्ष्य छ ।
एक्सेल डेभलपमेन्ट बैंकले असोज १८ देखि हकप्रद सेयर निष्कासन गर्दे
काठमाडौं । चुक्तापुँजी बढाउन एक्सेल डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासन गर्न लागेको छ । बैंकले आउदो असोज १८ गतेदेखि हकप्रद बिक्री खुला गर्न लागेको हो । २ बराबर १ अनुपातमा १९ लाख २२ हजार ८१२ कित्ता हकप्रद सेयर बिक्री गर्दे छ । हकप्रद बाँडफाँडपछि बैंकको चुक्तापुँजी ५७ करोड ६८ लाख ४३ हजार रुपैयाँ पुग्ने छ । अब बैंकको पुँजी संरचना ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी हुने छ ।