इन्द्रसरा खड्का

खाजा पसलदेखि तीन दर्जन होटल, ५० हजार ऋणबाट अर्बौंका मालिक

काठमाडौं । कुनै काम सुरु गर्दा यसरी लाग्नुहोस् कि तपाईंको मिहिनेत देखेर अरू थाकून् तर आफू थाकेको महसुस नहोस् । तन, मन र धन लगाएर गरेको मिहिनेतले कहिल्यै पछाडि फर्कन पर्दैन । बरु कसरी अगाडि बढ्ने भन्ने आँट र हिम्मत दिन्छ । यस्तै तन मन र हिम्मत लगाएर मिहिनेत गरेका एक सफल उद्यमी हुन् लक्ष्मण न्यौपाने उर्फ चिन्तामणि । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी नेपालमा आतिथ्य सेवा क्षेत्रमा उदाएको मौलिक ब्राण्ड हो, जसले होटल, रेस्टुरेन्ट, क्याफे र रिसोर्टहरू सञ्चालन गर्दै आएको छ । आजभन्दा २६ वर्षअघि एउटा खाजा पसलबाट सुरु गरेको उनको व्यावसायिक यात्रा अहिले पाँचतारेदेखि बुटिक होटलसम्म पुगेको छ । यस चेनभित्र हालसम्म नेपालमा विभिन्न ३३ ठाउँमा होेटल सञ्चालनमा छन् । नेपालभित्र सफल बन्दै गएको यस ब्राण्डलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने लक्ष्यका साथ आफू लागिरहेको उनी बताउँछन् । को हुन् लक्ष्मण ? ५३ वर्षअघि गुल्मीको छत्रकोट गाउँपालिकाको हुँगामा जन्मेका थिए न्यौपाने । ६ जना दाजुभाइमध्ये उनी माइला हुन् । त्यो बेला धन कमाउन जाने एउटै ठाउँ थियो भारत । उनका बुवा भारतमा काम गर्थे । १२ वर्षको उमेरमा उनी पनि भारत पसे । बुवाले भारतको गुवाहाटी भन्ने ठाउँमा खाद्यान्न÷रासनको सामान बेच्थे । न्यौपाने भारत जाँदा उनका बुवाले गाईफर्म सुरु गरेका थिए । जहाँ गाईलाई घाँस काट्नेदेखि दूध दुहेर बेच्ने काम बुवाले गर्थे । त्यही काममा बुवालाई सघाउन थाले उनले । एक पटक बुवाले गाईफर्म बेच्ने योजना बनाएका थिए । तर, उनले त्यसलाई रोके । आफूलाई सानैदेखि आफ्नै काम गर्ने रुचि भएको उनी सुनाउँछन् । उनको परिवार ठूलो थियो । गाउँमा खेतीपाती पनि ठूलो थियो । काम भ्याइनभ्याइ हुन्थ्यो । ‘मलाई खेलेर आनन्द लिएको याद छैन, काम गरेरै आनन्द लिनुपर्थ्याे,’ बाल्यकाल सम्झँदै न्यौपाने भन्छन्, ‘त्यही बानी परेर होला आज पनि मलाई खाली बस्न मन पर्दैन ।’ नाबालकमै भारत छिरेकाले उनी भारतमै हुर्के, बढे । करिब १४ वर्ष भारतमै बित्यो । त्यसमध्ये पनि भारतको गार्डन सिल्क मिल्स कम्पनीमा उनले धेरै वर्ष काम गरे । त्यहाँ उनको मिहिनेत देख्दा कम्पनीका सिनियरले पनि उनलाई माया गर्थे । सबैले विश्वास गर्दथे । ‘त्यहाँ काम गर्दा मैले यति धेरै माया पाएँ कि अहिले जाँदा पनि सिनियरहरू भेट्न आउनुहुन्छ,’ उनी भन्छन्, ‘मैले काम गर्दा कहिल्यै घडी हेरिनँ, मेरो समय सकियो जान्छु भनेर हिँडिनँ, जे काम भेटियो कि गरिहाल्थेँ ।’ श्रम क्षेत्रमा ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम भन्ने गरिन्छ । तर, न्यौपानेलाई यस्ता मापदण्ड सही लाग्दैनन् । उनी भन्छन, ‘कसैलाई १५ घण्टा काम गर्न मन होला, कसैलाई ८ घण्टा मात्र काम गर्न मन होला । जसलाई जति काम गर्न मन छ, त्यति गर्न दिए हुन्छ । कार्यसम्पादनका आधारमा उसले प्रतिफल पाउनुपर्छ । मान्छेले श्रम गर्ने समय मेसिनमा झैं सेट गरिनु हुन्न ।’ त्यसपछि फर्किए नेपाल न्यौपानेलाई भारतमै अरूको कम्पनीमा काम गरेर बस्न चित्त बुझेन । नेपालमै केही गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । उनी बुवासँगै नेपाल फर्के । त्यो बेला उनी २५ वर्षका थिए । उनीलाई तीन प्रकारका व्यवसाय गर्न मन थियो । पहिलो– ट्राभल, दोस्रो– गार्मेन्ट र तेस्रो– होटल । ट्राभल, गार्मेन्ट व्यवसाय गर्न आवश्यक पुँजी उनीसँग थिएन । त्यसैले थोरै पुँजीबाट चल्ने खाजा–खाना खुवाउने होटलबाट व्यवसाय सुरु गरेको उनी सुनाउँछन् । तर, सामाजिक परिवेशले न्यौपानेलाई होटल खोल्न पनि सहज भएन । ‘ठूलो रेस्टुरेन्ट खोल्न पैसा थिएन, खाजा पसल खोल्दा सबै काम आफैले गर्नुपर्ने, गाउँमा सबै चिनजानका मान्छे हुने, देख्नेहरूले भाँडा माझ्न थाल्यो भन्ने,’ उनी विगत स्मरण गर्दै भन्छन्, ‘त्यही भएर चिनेका मान्छे खासै नपुग्ने, गाउँघरबाट धेरै टाढा तर नयाँ बजार विकास हुँदै गरेको स्थानमा व्यवसाय थालेँ ।’ विसं २०५४ माघ २७ गते न्यौपानेले सिद्धार्थ फाष्टफुड सञ्चालन गरे टीकापुरमा । पसल सञ्चालनका लागि ५० हजार रुपैयाँ ऋण लिएका थिए । आफूलाई काम सघाउन एकजना सहयोगी त राखेका थिए । तर, खाना पकाउनेदेखि भाँडा माझ्नेसम्मका सबै काम आफैले गर्थे । टीकापुरमा उनको पसल राम्रो चल्यो । त्यसपछि उनलाई अझ मिहिनेत गर्न मन लाग्यो । थप लगानीमा व्यवसाय गर्न उनले ठूलो बजार खोजे र नेपालगञ्ज रोजे । त्यहाँ उनले सिद्धार्थ कटेज सुरु गरे । अब उनलाई एक्लै अघि बढ्न गाह्रो थियो । उनले साझेदार भित्र्याउन थाले । ज्वाइँ मुक्तिनाथ भण्डारी र कृष्ण भण्डारीलाई साझेदार बनाए । लक्ष्मण र ज्वाइँहरू नेपालगञ्जको सिद्धार्थ कटेजमा लाग्दा टीकापुरको सिद्धार्थ खाजा पसलको जिम्मा कान्छो भाइ केशव न्यौपानलेलाई सुम्पिए । एक्लै काम गर्दै आएका न्यौपानेलाई सहयोग गर्ने साथी हुँदा विगतको तुलनामा सहज भयो । त्यहाँ पनि व्यवसाय राम्रो चल्यो । त्यसपछि फेरि अर्को ठाउँ पुग्ने उनको योजना तयार भयो । त्यसपछि उनले सूदुरपश्चिमबाट पूर्वतिर आफ्नो व्यवसाय फैलाउँदै लगे । विसं २०५८ सालमा काठमाडौंको सुन्धारामा होटल सिद्धार्थ सञ्चालनमा ल्याए । विसं २०६० सालमा तीनकुनेमा सिद्धार्थ कटेज, रेष्टुरेन्ट एण्ड बार सुरु भयो । टीकापुर, नेपालगञ्ज, काठमाडौंमा विभिन्न होटेल, रेस्टुरेन्ट सञ्चालनमा आएपछि उनका धेरै ठाउँ व्यापार छरिए । लगानी र शाखा बढेपछि न्यौपानेले कम्पनी ग्रुप दर्ता गर्ने योजना बनाए । विसं २०६१ सालमा उनले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको रूपमा कम्पनी दर्ता गराएर व्यवसाय अगाडि बढाए । पहिले कटेजका रूपमा रहेको नेपालगञ्जको सिद्धार्थ कटेजलाई लक्जरी चारतारे होटलका रूपमा होटल सिद्धार्थ सञ्चालनमा ल्याउन सफल भए । त्यसपछि कर्णाली चिसापानीमा रिभरसाइड रिसोर्ट सञ्चालनमा ल्याए । व्यवसायले ठूलो फड्को मारेपछि उनलाई हौसला बढ्दै गयो । ५० हजार ऋण निकालेर सुरु गरेको उनको व्यवसाय अहिले अबौँमा पुगेको छ । ठाउँ-ठाउँमा सञ्चालनमा आएको व्यवसाय चल्न थालेपछि उनी टिम निर्माणमा लागे । उनले आफ्ना दाजुभाईलाई पनि आफ्नो व्यवसायमा आवद्ध गराए । अहिले उनको समूहमा वकिलदेखि सिएसम्मका व्यक्ति आवद्ध छन् । यी पनि उनको आफ्नै परिवार र साथीभाइ भित्रका नातेदार हुन् । उनी यहाँसम्म आफू पुग्न एक्लै असम्भव रहेको बताउँछन् । भन्छन्, ‘म एक्लै पुगेको होइन, मलाई लखेट्दै लखेट्दै मेरो टिमले यहाँसम्म पु¥याएको हो, साथीभाइले मलाई, मैले साथीभाइलाई, परिवारले मलाई, मैले परिवारलाई नगरेको भए यो सम्भव थिएन ।’ धैर्यता र मिहिनेत आवश्यक आजभोलि नेपालमा रेस्टुरेन्टमा गएर खानेपिउने क्रम बढेको छ । यही जीवनशैलीभित्र अवसर देखेर सहरी क्षेत्रमा धमाधम रेस्टुरेन्ट खुलिरहेका छन् । तर, लामो समयसम्म टिक्न भने गाह्रो हुन्छ । क्याफे तथा रेष्टुरेन्ट खोल्ने लहर मात्र छैन, एक सर्वेक्षणले साना तथा मझौला होटल र रेष्टुरेन्टहरूको स्वामित्व किनबेच सर्वाधिक देखाएको छ । क्याफे रेष्टुरेन्ट खोल्ने, बेच्ने क्रम उच्च रहेको जानकारहरू पनि बताउँछन् । ‘रहरले मात्र हुँदैन, व्यवसायप्रतिको प्यासन चाहिन्छ, समय दिन सक्नुपर्छ र यसलाई न्याय गर्न सक्नुपर्छ,’ न्यौपाने भन्छन्, ‘आफै भान्छामा पस्न सकिन्छ कि सकिँदैन, कस्तो खाना कुन लेबलको बनाइरहेका छौं, त्यो कुरामा पनि सोच्नुपर्छ ।’ नवउद्यमीलाई सुझाव दिँदै उनी भन्छन्, ‘मजस्तो बन्न मन लागेर मात्र हुँदैन, यसका लागि मेरो जत्तिकै संघर्ष गर्नुपर्छ ।’ न्यौपाने रेस्टुरेन्टमा खानेकुरा पकाउँदा कुक सिकेकै हुनुपर्छ भन्ने नहुने बताउँछन् । आफूसँग भएको सीपले जसरी अहिलेसम्म पकाउँदै आइएको छ त्यसरी नै पकाउँदा पनि हुन्छ, किनकि यसो गर्दा स्वादमा फरक आउँछ । ‘मानौं एउटा कुनै कलाकार गीत गाउन गयो त्यहाँ फरक स्वर भएका थुप्रै कलाकार छन् भने एउटाको धोद्रो स्वर पनि नयाँ सुनिन्छ, मासले मन पराउँछन्, खाना पनि यस्तै हो,’ उनी थप्छन्,‘ तपाईंले हृदयदेखि बनाउनुभयो भने यत्तिकै मिठो बन्छ, त्यसप्रति समय दिएर गर्नुहुन्छ भने गर्नुहोस् न भए रहरले कुनैपनि बिजनेस सुरु नगर्नुहोस् ।’ पुँजी ठूलो कि प्लान ? व्यवसायका लागि पुँजी र प्लान दुवै आवश्यक पर्छ । कुनै एकमात्र छ भने पनि राम्रो हुँदैन । ‘पैसा नभइ नहुने पनि हो, सबै पैसा पनि होइन,’ न्यौपाने भन्छन्, ‘पैसाभन्दा ठूलो साथीभाइ, ब्राण्ड हो, अर्को संस्कार हो ।’ कुनैपनि व्यक्तिले होटल, रेष्टुरेन्ट बनाउन सुरु गर्दा सबैभन्दा पहिले पुँजी हुनुप¥यो । होटल भनेको ग्लायमर बिजनेस हो, किनभने यहाँ शो बढी हुन्छ । यसका चुनौती पनि त्यत्तिकै छन् । होटल क्षेत्रमा पहिले एउटा उखान थियो, ‘भए दोब्बर, नभए गोबर’ । त्यो बेला होटलमा खाना मात्र बेच्ने भएर पनि होला । खाना खाने मान्छे आयो भने त दोब्बरै हुन्छ, होइन भने त गोबर । न्यौपाने अहिले पनि लगभग त्यही उखान रहिरहेको बताउँछन् । होटल सञ्चालन गर्नु भनेको चानचुन होइन । ठूलो लगानी हुन्छ । ठूलो पूर्वाधार निर्माण गर्नुपर्छ । चलेन भने सबै डुब्छ । होटल बनाउँदा १० वर्षपछिको बजारलाई पनि पूर्वानुमान गर्न सक्नुपर्ने उनको भनाइ छ । पर्यटकीय विकासको हिसाबले तराईभन्दा पहाडको भविष्य राम्रो भएको उनी बताउँछन् । सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीको ब्यानरभित्र १. सिद्धार्थ भिलाज बनबास, चितवन २. सिद्धार्थ भिलाज, भैरहवा ३. सिद्धार्थ होटल, नेपालगन्ज ४. सिद्धार्थ सन्नी रिसोर्ट, सुर्खेत ५. सिद्धार्थ बुटिक होटल, बौद्ध ६ सिद्धार्थ होटल ग्रान्ड सिटी, बिर्तामोड ७. सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्ट, चन्द्रौटा ८. सिद्धार्थ होटल न्यू आनन्द, महेन्द्रनगर ९. होटल सिद्धार्थ कैलाली, टिकापुर १०. होटल सिद्धार्थ, सुन्धारा ११. सिद्धार्थ होटल ग्रीन लुम्बिनी, लमही १२. सिद्धार्थ कुटीज, बुटवल १३. सिद्धार्थ रिसोर्ट, चिसापानी १४. सिद्धार्थ रिभर साइड रिसोर्ट, चुम्लिङटार १५. सिद्धार्थ होटल वाटर टावर, नुवाकोट १६. सिद्धार्थ होटल, दमौली १७. सिद्धार्थ कट्टेज रेष्टुरेन्ट एण्ड बार, तिनकुने १८. सिद्धार्थ कट्टेज रेष्टुरेन्ट, धोबीघाट १९. शान्ति सिद्धार्थ कट्टेज रेष्टुरेन्ट, नेपालगन्ज २०. सिद्धार्थ कट्टेज रेष्टुरेन्ट, जैकुटी बुटवल २१. सिद्धार्थ फुडल्याण्ड, पुरानो बानेश्वर २२. एस क्याफे, तिनकुने २३. एस क्याफे टुथ, महाराजगन्ज २४. एस क्याफे धोम्बोजी, नेपालगन्ज २५. एस क्याफे लगनखेल, ललितपुर २६. एस क्याफे मनमोहन, काठमाडौं २७. सिद्धार्थ कन्सर्न प्रा. लि. २८. सिद्धार्थ लिंक प्रा. लि. २९. सर्वा टेक्नोलोजी प्रा. लि. ३०. सिद्धार्थ केयर एण्ड रेस्पोन्सिीविलिटी ३१. सिद्धार्थ बायोटिका ३२. सिद्धार्थ एकेडेमिया, भैरहवा ३३. पाथिल होलिडे टिम आवश्यक न्यौपाने आफू यहाँसम्म पुग्नुको पछाडिको श्रेय टिमलाई दिन्छन् । आफूसँग टिम रहेको बताउँदै व्यवसायमा लाग्ने युवाहरूलाई व्यवसायसँगै राम्रो टिम आवश्यक पर्ने बताउँछन् । अहिलेको जमानामा ‘सिंगल अनरसिपमा’ बिजनेश गर्न गाह्रो हुने उनको अनुभव छ । उनको टिममा कृष्ण भण्डारी, मुक्तिराम भण्डारी, इन्द्रलाल न्यौपाने, केशवराज न्यौपाने, पुस्कल न्यौपाने, योगराज न्यौपाने, शेखर ढुंगाना, कृष्ण भण्डारी, कृष्ण न्यौपाने, भीलाल न्यौपाने, किरण रिमाल, ईश्वर पाण्डेलगायत रहेका छन् । टिमभित्र पनि आफूले कसरी नेतृत्व गर्ने भन्नेमा उनी प्रष्ट छन् । उनलाई भीडमा सँगै हिँड्दा ठोकिन्छ भन्ने हेक्का छ । पछि हिँड्न मन छैन । अगाडि जान अरूको भन्दा बढी मिहेनत गर्ने पर्ने उनको निष्कर्ष छ । ‘अरूले राति सपना देख्छन् होला, म दिउँसै कल्पना गर्छु कि म यहाँसम्म पुग्छु भनेर र सोहीअनुसार काम गर्छु,’ उनी भन्छन् । मरेपछि पनि बाँच्ने इच्छा कुनै पनि व्यक्ति सामान्य अवस्थाबाट अलि सम्पन्न हुँदा चाहनाहरू बढ्दै जान्छन् । ब्राण्डेड लुगा लगाउने, चर्चित रेस्टुरेन्टमा खाना खाने, त्यहीअनुसारको गाडी किन्ने सोख हुन्छ । तर, उनलाई खान लगाउन त्यति सोख छैन । ‘खाना पहिलेको भन्दा आधी भइसक्यो, लगाउन पनि उस्तै हो, पहिला पो कसरी राम्रो बन्ने भन्ने हुन्थ्यो अहिले त्यो पनि जाँगर लाग्न छोड्यो,’ न्यौपाने भन्छन्, ‘जस्तो भएपनि पनि चलेकै छ, मलाई ठूलो पुँजी चाहिएको हैन, म मरेपछि पनि बाँच्न चाहन्छु ।’ न्यौपानेलाई एक हप्तासम्म एउटै होटलमा बस्नुभन्दा पनि एक वर्षमा धेरै होटलमा बस्न मन लाग्छ । तर, यो उनको सोख होइन । यसलाई आनन्द लिनुभन्दा पनि फरक–फरक होटलबाट फरक–फरक सिकाइ लिन चाहन्छन् । न्यौपानेले कुनै होटल म्यानेजमेन्ट पढेका होइनन्, विश्वविद्यालयमा बिजनेश वा व्यवस्थापन पनि पढेका होइनन् । बरु उनको शिक्षा स्कुल तहसम्म मात्र हो । तर, उनले विश्वका नामी विश्वविद्यालय पढेर व्यवसायमा लाग्नेको भन्दा राम्रो गरेर देखाइरहेका छन् । आफ्नो सीप विकासको लागि उनले विभिन्न तालिमहरू लिएका छन् । खाना कसरी बनाउने भन्ने बारे कुकको तालिम लिए । अरू उनलाई चाहिने बेसिक कोर्स इन्स्टिच्युटमा गएर सिके । आवश्यकता अनुसार उनी अहिले पनि अनौपचारिक अध्ययन गरिरहेका हुन्छन् । फरक यति हो, उनले कुनै कलेज भर्ना भएर परीक्षा दिएनन् । उनीसँग उच्च शिक्षा हासिल गरेको प्रमाणपत्र छैन । ‘मलाई अहिले पनि पढ्न उत्तिकै रहर लाग्छ,’ उनी भन्छन्, ‘आजभोलि पनि दैनिक ३० पेज पढ्छु । मलाई इतिहास पढ्न बढी रुचि हुन्छ ।’ अबको योजना न्यौपानेको इच्छा सिद्धार्थलाई इन्टरनेशनल ब्राण्ड बनाउने छ । उनी अहिले त्यसैमा कोसिस गरिरहेका छन् । नेपालमा जस्तै विभिन्न देशमा म्यानेजमेन्ट गरेर जाने योजना रहेको उनले बताए । उनी भन्छन्, ‘एफडीआई गरेर पैसा लिएर गयौं भने हामी लगानी गर्न सक्दैनौं । तर, यहाँको म्यानेजमेन्ट लिएर जान मिल्छ, हामी यसैगरी जोडी खोजिरहेका छौँ । ’ उनले यसका लागि इण्डियामा एक/दुई ठाउँ कुरा पनि भइसकेको बताए । उनी आफू मरेपनि सिद्धार्थ जीवित रहोस् भन्ने चाहन्छन् । उनी लोकल ब्राण्ड कमजोर नहुने बताउँछन् । नेपालको कानुनले विदेशमा लगानी गर्न निषेध गरेको छ । विदेशमा लगानी खुला गरेमा आफूहरूले सिद्धार्थ हस्पिटालिटी ब्राण्डको चेन होटल विदेशमा पनि लैजान इच्छुक रहेको उनी बताउँछन् । ‘विदेशमा लगानी गर्न पाएँ भने त मैले नेपाललाई बलियो बनाउँछु नि, लगानी नेपालको हितमा छ कि छैन विज्ञहरूले यो विषयमा छलफल गर्नुप¥यो’, उनी भन्छन्, ‘धेरैले अहिले पनि नेपालका घर बेचेर अस्टे«लिया, युरोपतिर घर किनिरहेका छन्, यो त रोक्न सकिएन । हामीले भन्सार दर बढाउँछौं । तर, चोरबाटोबाट सामानहरू आएर यहाँ धमाधम बेचेका हुन्छौं, त्योभन्दा त भन्सार आधा गरे भइहाल्यो नि ।’ नेपालमा विदेशी ब्राण्डसँग जोडिएर चलेका होटलहरूको भीडमा नेपाली ब्राण्ड सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी (एसबीजीएच) रफ्तारमा विस्तार भइरहेको छ । २६ वर्षअघि सानो पुँजीमा फाष्टफूड क्याफेबाट व्यवसायमा प्रवेश गरेका लक्ष्मण न्यौपानेको नेतृत्वमा यस ग्रुपले देशभर २६ स्थानबाट आतिथ्य सेवा प्रदान गर्दै आएको छ । सिद्धार्थ हस्पिटालिटीलाई उच्चस्तरको ब्राण्ड बनाउँदै अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उनको लक्ष्य छ । ‘म धेरै सम्पत्ति कमाएर आफ्नो छोरा, भोलिको सन्तति बिगार्न चाहन्नँ । सन्ततिले आफै संघर्ष गर्नुपर्छ । म कर्म गर्न आएको हुँ, कर्म गर्ने हो,’ उनी भन्छन्, ‘हामी जन्मँदा मृत्युको सजाय पाएर आइसकेका छौं, धेरै साथीभाइहरू पाँचतारे होटेल खोल्दैछस् कसरी चलाउँछस् भनेर सोध्नुहुन्छ, विश्व मार्केटमा नेपालीहरूले राम्रो कम्पनीमा काम गरिरहनु भएको छ, म उहाँहरूलाई जोड्न चाहन्छु ।’ न्यौपानेको कम्पनीमा दुई हजार बढी व्यक्तिले रोजगारी पाएका छन् । जसमध्ये एक हजारभन्दा बढी रोजगारदाता सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । होटलबाहेक उनले ट्रेडिङ बिजनेशमा पनि हात हालेका छन् । अर्को होटलको सेटअपको काम पनि उनीहरूले गर्छन् । सिद्धार्थ टेकले मोबाइलको आयात गर्छ । गुल्मीमा एग्रिकल्चर फर्म खोलेका छन् । त्यस्तै, ट्राभल र ट्रेनिङ इन्स्च्यिुट सञ्चालनमा ल्याएका छन् । न्यौपानेले होटलको सेयर निष्कासन गर्ने र कम्पनीलाई पब्लिक बनाउने तयारी पनि थालेका छन् । यसका लागि एक चरणको काम सकेर निकट भविष्यमा जाने तयारी गरेको भन्दै उनले सुरुमा पाँचतारे होटललाई आईपीओमा लैजाने योजना रहेको सुनाए । त्यसपछि अन्य कम्पनीलाई एक–एक गरी लैजाने उनको योजना छ । धैर्यतामा जोड अहिले सबै विदेश गए नेपाल खाली भयो भन्ने सुनिन्छ । उनी भने अब बल्ल नेपालको सुध्रने दिन आएको बताउँछन् । ‘ठूलो नेपाली जमात विदेशमा सेटल भइसकेको छ, अझै जाने क्रम छ । अब केही समयपछि आउनेक्रम सुरु हुन्छ । त्यसपछि उसले किराना पसल खोल्दैन, मार्ट खोल्छ । आधुनिक शिक्षा र स्वास्थ्य सेवाको सुरुवात गर्छ । विकास यसरी नै हुँदै जान्छ,’ उनी आशावादी हुँदै भन्छन् । नेपालीलाई लामो समय विदेशमा नबस्न पनि उनले सुझाए । ‘४० वर्षभित्र आफ्नो भविष्यको तयारी गरिसक्नुपर्छ । तर, नेपालीहरूले यही समय विदेशमा गएर फर्किरहेका हुन्छन्,’ उनी भन्छन्, ‘४० वर्षपछि विदेशबाट फर्किँदा काम गर्ने हिम्मत नै आउँदैन । २५ देखि ३५ वर्षको उमेरलाई अत्यन्तै उपयोगी बनाउनुपर्छ ।’ नीतिगत अस्थिरता हुनु, उच्चदरको कर हुनु, उद्यमीप्रति सरकारी प्रशासन सहयोगी नबन्नु नेपालमा व्यवसाय गर्नुको मुख्य समस्या भएको न्यौपानेको बुझाइ छ । तर, चुनौतीसँग लडेर काम गर्नुको विकल्प पनि नभएको उनी बताउँछन् । ‘विदेशबाट आयात गरेको सामान बेच्ने पसलेले १३ रुपैयाँ युनिटको बिजुली पाउँछ । चारतारे होटल भन्नेबित्तिकै १८ रुपैयाँ तिर्नुपर्ने जस्तो गम्भीर समस्या छन्, यस्ता नीति सुधार गर्न सबैले सरकारलाई दबाब दिनुपर्छ,’ उनी भन्छन्, समस्या छ, चुनौती छ भनेर कहाँ जानु, हामीले यही चुनौतीसँग लडेर काम गर्नुपर्छ । समस्या भएको ठाउँमा सुधार गर्नुपर्छ, देशको बिग्रेको प्रणालीलाई सुधार्दै अगाडि बढ्नुपर्छ । अब यो जिम्मा युवाहरूको हो ।’ पर्यटनबाटै समृद्धि सरकारले नेपालको पर्यटनलाई मात्र ध्यान दिने हो भने नेपालको समृद्धि पर्यटन क्षेत्रबाट हुने न्यौपानेको विश्वास छ । नेपालको पहाडी क्षेत्रमा भूमि र हावापानी बस्नको लागि उत्कृष्ट भएकोले विदेशीलाई जमिन लिजमा दिने र घर बनाएर बस्न मिल्ने नीतिगत व्यवस्था गर्न उनी सुझाव दिन्छन् । यस्तो व्यवस्था भएको विदेशीका धनीहरूका लागि नेपाल आकर्षक भूमि हुने र उनीहरू हरेक वर्ष नेपाल आउने, लामो समय बस्ने र त्यसले पर्यटन क्षेत्रको प्रवद्र्धनमा सबैभन्दा ठूलो भूमिका खेल्ने उनको विश्वास छ । मान्छेलाई तान्ने, भिजिट गराउने, पर्यटक बोलाउने भनेको होटल भएको बताउँदै उनी ठाउँ–ठाउँमा होटल खोलिनु राम्रो भएको बताउँछन् । नेपालभन्दा सानो देशहरूले करोडौं पर्यटक भित्र्याइरहेको बेला नेपालले १६ लाख पर्यटक पनि भित्र्याउन नसकेको अवस्थामा सरकारले यस्तो विषयमा ध्यान दिनुपर्ने उनी बताउँछन् । राम्रो बाटोघाटोसहितको पूर्वाधार अभावले पनि पर्यटक नेपाल ल्याउन कठिन भएको उनको ठम्याइ छ । ‘नेपालमा एयरपोर्ट बनायो जहाज उड्दैन, ६/७ वर्षसम्म सय किलोमिटर बाटो बन्दैन, अनि कहाँबाट हुन्छ ?,’ उनी भन्छन्, ‘यहाँ होटलभन्दा बाटोघाटो राम्रो नहुँदा पर्यटक आउन सकेनन् ।’ हिमाल चढ्ने, ट्रेकिङमा जाने एक तहको परम्परागत हिसाबले आउने पर्यटक मात्र आइरहेका बताउँदै न्यौपाने छोटो समयका लागि आएर रमाएर जाने पर्यटकलाई आकर्षण गर्न नसकेको बताउँछन् । नजिकैको छिमेकी भारत तर चीनबाट मात्र ठूलो संख्यामा पर्यटक ल्याउन सकिने सम्भावना धेरै भएको उनी सुनाउँछन् ।

सुदूरको छोरो, व्यवस्थापनमा हिरो

  काठमाडौं । एउटा गाउँको बालकको मस्तिष्कमा पढाइभन्दा परको कुरा थिएन । साँझ बिहान घरको काम, दिउँसो विद्यालय र कहिलेकाहीँ छुट्टीमा गोठालो यसैगरी बाल्यकाल बित्यो । पहाडका उकाली र ओराली गर्दै गाउँको स्कुलबाटै एसएलसी दिए । जब उनी एसएलसीमा राम्रो नम्बर ल्याएर पास भए । तब उनको यात्रा सहरतिर डोरियो । सहरमा छिरेपछि मस्तिष्कमा पढाइ मात्र रहेन । अब पढाइसँगै मैले केही पनि गर्नुपर्छ भन्ने कुराहरू खेल्न थाले । यही उद्देश्य र लक्ष्यले गाउँबाट सहर हानिएका उनी अहिले शिक्षा क्षेत्रमा परिचित पात्र बनेका छन्, नेपालका अब्बल शिक्षालयको नेतृत्व गरिरहेका छन् । उनी अर्थात् डा.खगेन्द्र प्रसाद ओझा । लेक्चररकै रूपमा काम गरिरहेका भए हामी उनलाई त्रिभुवन विश्व विद्यालयमा भेट्थ्यौं । जागिर होइन आफैं केही गर्नुपर्छ भन्दै उनले पदबाट राजीनामा दिएर शिक्षण पेशासँगै शिक्षण व्यवसायमा पनि हात हाले । उनी आज उत्कृष्ट शिक्षक मात्र छैनन्, देशकै ठूलो शिक्षण संस्थाको कार्यकारी प्रमुख छन् । खगेन्द्र ओझा प्रो-इडी लिमिटेड (प्रोफेसनल एजुकेटर) को अध्यक्ष छन् । प्रो-इडी लिमिटेडको प्रतिनिधित्व गर्दै ग्लोबल कलेज इन्टरनेशनल, यूनिग्लोबल कलेज, यूनिग्लोबल स्कूल, भ्याली भ्यू स्कूलको अध्यक्ष छन् । ग्लोबल कलेज अफ म्यानेजमेन्टको प्रमुख कार्यकारी अधिकृत छन् । उनी मध्य पश्चिम विश्वविद्यालयलको प्राज्ञीक परिषद सदस्य, काठमाडौं वल्ड स्कूल, भूजुङ हाइड्रोपावरको अध्यक्षको भूमिकामा पनि छन् । ९ हजार विद्यार्थी, करिब ८०० बढी शिक्षक कर्मचारीको नेतृत्व उनले गरिरहेका छन् । डा. ओझाको घर सूदुरपश्चिमको डोटी जिल्लामा हो । उनले डोटीकै दिल्पेश्वर माविबाट एसएलसी पास गरे । १६ वर्षको उमेरमै विवाह गरे । पारिवारिक जिम्मेवारी पनि समाले । तर उनी गाँउ छोडेर उच्च शिक्षाको लागि सहर पसे । एसएलसीपछि उनले कैलालीको धनगढीबाट आइकम पास गरे । प्लसटुमा पास मात्र गरेनन्, उनले जिल्लामै सर्वोत्कृष्ट नम्बर ल्याए । त्यसपछि उनी काठमाडौंमा आएर शंकरदेव कलेजमा स्नातकमा भर्ना भए । स्नातकमा उनी नेपालकै बोर्ड छैटौं भए । त्यसपछि उनी त्रिभुवन विश्वविद्यालयमा एमबीएमा भर्ना भई अध्ययन र अध्यापन दुबैलाई अगाडि बढाए । वि.सं. २०४९ सालमा एमबीए भर्ना भएका उनले वि.सं. २०५१ को सालमा सर्वोत्कृष्ट नम्बर ल्याउँदै त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडलिस्ट’ उपाधि पनि चुमे । एमबीएमा भर्ना भएसँगै उनले कलेजमा पनि पढाउन सुरु गरे । एकातिर काम अर्कोतिर पढाइ । यसैगरी उनको दैनिकी चलिरहेको थियो । खगेन्द्रले त्यही बेला काठमाडौं त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा आवेदन खुलेको थाहा पाए । उनले त्यहाँ फर्म भरेर परीक्षा दिए । पहिलो पटकमै उनको नाम निस्कियो । त्यसपछि सुरु भयो उनको सरकारी जागिर त्रिभुवन विश्व विद्यालयमा । वि.सं. २०५३ सालमा उनी लेक्चररको रूपमा त्रिभुवन विश्वविद्यालयमा काम गर्न थाले । त्यो बेला मासिक तलब थियो पाँच हजार रुपैयाँ । बाँकी समय ट्यूसन पढाउँथे । एक घण्टा ट्यूसन पढाउँदा ६० रुपैयाँ पाइन्थ्यो । विगत स्मरण गर्दै उनले भने, ‘काठमाडौंमा अहिलेजस्तो महँगी थिएन, दुई हजारमा फ्ल्याट पाइन्थ्यो, मट्टीतेलले स्टोपमा खाना पकाएर खान्थ्यौं, अहिलेको जस्तो ग्यास थिएन ।’ खगेन्द्रले १७ वर्ष त्रिभुवन विश्व विद्यालयमा पढाए । त्यसपछि उनी विद्यावारिधी गर्न छात्रवृत्ति कोटामा पोल्याण्ड गए । उनले उनले सहश्राब्दी विकास लक्ष्य (मिलिनियम डेभलपमेन्ट गोल) विषयमा पीएचडी गरे । विद्यावारिधी गरिसकेपछि उनी नेपाल फर्के । राजधानी काठमाडौं महंगिदै थियो । खगेन्द्र राम्रो अवसरको खोजीमा थिए । वि.सं २०६० सालमा डनबोस्को कलेजमा संयोजकको रुपमा काम गर्ने प्रस्ताव आयो । तलब मासिक ५० हजार हुने भयो, जुन त्रिविले दिने भन्दा गुणात्मक रुपमा बढी थियो । त्यो बेला कलेजको प्रिन्सिपल थिए तारानाथ शर्मा । त्यहाँ उनी संयोजकको रूपमा काम गर्न थाले । त्यहाँ उनले करिब ७ महिना मात्र काम गरे । खगेन्द्रलाई जागिर गर्दैगर्दा अब आफैं केही गर्नुपर्छ भन्ने हुटहुटी भयो उनका दाजु पनि व्यवसाय गरिरहेका थिए । दाजु पनि शिक्षक पेसा छोडेर व्यवसायमा लागेको देख्दा उनलाई पनि त्यतातिर रुचि जाग्यो । ‘व्यवसाय गर्न मन त लाग्यो । तर, पैसा थिएन,’ उनले व्यवसाय सुरु गर्दाका दिनहरू स्मरण गर्दै भने । खगेन्द्र र उनका दुई/तीन जना साथीहरू मिलेर होस्टेल सञ्चालन गर्ने योजना बनाए । योजनाअनुसार उनले साथीहरूसँग मिलेर बानेश्वरमा होस्टेल सञ्चालन गरे । ‘होस्टेल सिज्नल चल्दो रहेछ, कहिले विद्यार्थी हुने, कहिले नहुने, यसमा पनि राम्रो होला जस्तो भएन, फेरि साथीहरूले सल्लाह गर्यौं, त्यसपछि स्कुल नै सञ्चालन गर्ने योजना बन्यो,’ उनले भने, ‘फेरि पनि पैसा थिएन । समस्यामा परेर बिक्रीमा रहेको भ्याली भ्यू स्कुल लिने योजना बन्यो । थोरै लगानीमा स्कूलमा प्रवेश गर्यौं ।’ स्कुल सञ्चालनमा ल्याउँदा खगेन्द्र र उनका साथीले त्यत्तिकै बस्नुपर्यो । किनकि उनीहरूको विज्ञता भनेको कलेज पढाउने थियो । फेरि उनीहरूलाई पढाउने रहर लाग्यो । उनी भन्छन्, ‘स्कुलले पनि नहुँदो रहेछ, किनकी हामीले पनि काम पाउनु थियो, फेरि कलेजको खोजी गर्यौं ।’ कलेज खोज्दै जाँदा ग्लोबल कलेज चलाउन नसकेर बन्द हुने अवस्थामा रहेको खबर सुनियो । पुराना लगानीकर्ता कलेज किन्ने मान्छे खोज्दै थिए । खगेन्द्र लगायतको समूह कलेज किन्ने सोचमा थियो । ‘हामीले कलेज खोजेको कुरा उनीहरुले चाल पाएछन् । यो कलेज चलाइदिनुपर्यो, हामीहरू पनि यही सेयरमा समाहित हुन्छौं भनेर आउनुभयो, त्यसपछि हामीले ग्लोबल कलेज किन्यौं,’ ओझाले भने, ‘त्यसपछि भाडाको घरमा कलेज सञ्चालन गरियो ।’ खगेन्द्र ओझा प्रो-इडी लिमिटेड (प्रोफेसनल एजुकेटर) को अध्यक्ष छन् । प्रो-इडी लिमिटेडको प्रतिनिधित्व गर्दै ग्लोबल कलेज इन्टरनेशनल, यूनिग्लोबल कलेज, यूनिग्लोबल स्कूल, भ्याली भ्यू स्कूलको अध्यक्ष छन् । ग्लोबल कलेज अफ म्यानेजमेन्टको प्रमुख कार्यकारी अधिकृत छन् । उनी मध्य पश्चिम विश्वविद्यालयलको प्राज्ञीक परिषद सदस्य, काठमाडौं वल्ड स्कूल, भूजुङ हाइड्रोपावरको अध्यक्षको भूमिकामा पनि छन् । ९ हजार विद्यार्थी, करिब ८०० बढी शिक्षक कर्मचारीको नेतृत्व उनले गरिरहेका छन् । भ्याली भ्युपछि ग्लोबल कलेज सञ्चालनमा आइसक्दा पनि आर्थिक पाटोमा समस्या नै थियो । आर्थिक समस्या समाधानका लागि उनीरूले एउटा कम्पनी स्थापना गरे । व्यावसायिक यात्राका क्रममा आएका उतार चढावले खगेन्द्रलगायत उनका साथीहरू मिलेर कम्पनी सुरु गरे । कम्पनीको नाम राखे ‘प्रोफेसनल एजुकेटर लिमिटेड । कम्पनी दर्ता गरिसकेपछि त्यसको अध्यक्ष डा पुस्कर बज्राचार्य बने । कम्पनी दर्ता गर्दा एउटा नियम बनाइयो । न्यूनतम ५० हजार रुपैयाँ र बढीमा ५ लाख रुपैयाँ सेयर राख्न मिल्ने । त्योभन्दा तलपनि राख्न नमिल्ने र माथि पनि राख्न नमिल्ने । ‘सबै अग्रजहरूलाई आग्रह गर्यौं, उहाँहरू पनि सहमत हुनुभयो, यसरी हाम्रो कम्पनीलाई बामे सार्यौं,’ उनले भने । त्यो कम्पनीमा ठूल्ठूला व्यवसायी तथा पैसावालाहरू आवद्ध भए । अहिलेका अर्थमन्त्री डा.प्रकाशरण महतसहित र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, हामी स्टीलका बालकृष्ण श्रेष्ठ लगायतका ठूला व्यवसायी पनि सेयर साझेदार बने । सुरुमा १०३ जनाबाट १ करोड २५ लाख रुपैयाँ संकलन भयो । यही मोड नै उनको व्यवसायको उदगम् स्थल बन्यो । उनी भन्छन्, ‘म पहिले पनि पैसावाला थिएन, अहिले पनि मसँग पैसा छैन, मेरो काम भनेको समन्वय गर्ने हो, अहिले पनि यही काममा व्यस्त छु ।’ होस्टेल सञ्चालनदेखि स्कुल र कलेजसम्म पुग्दा सुरुमा आर्थिक रूपमा समस्या नै थियो । भनिन्छ नि- ‘व्यवसाय गर्नेहरूसँग दरिलो मुटु चाहिन्छ ।’ किनकि व्यवसायमा घाटा र नाफा भइरहन्छ । कहिले शिक्षकहरूलाई तलब दिन पैसा पुग्दैन थियो । समस्या पर्दा पैसा भएका अग्रजहरूसँग सहयोग माग्ने गरेको उनी सुनाउँछन् । पैसा नभएर ऋण मागेर तलब खुबाएको उदाहरण उनीसँग प्रशस्त छन् । पछिल्लो समय बैंकबाट ८० प्रतिशत कर्जा लिएको पनि उनले सुनाए । विद्यार्थी खोज्न गाउँ-गाउँमा कुनैपनि काम सहज हुँदैन । कलेज सञ्चालन गरिसकेपछि पनि ढुक्क हुने अवस्था रहेन । कलेज सञ्चालनपछि विद्यार्थी आवश्यक पर्यो । आफैं पढाउने, आफै व्यवस्थापन गर्नु पर्दाको अनुभव अर्कै थियो । ती दिनहरूको अनुभव सुनाउँदै उनी भन्छन्, ‘त्यो बेला काममा निकै खटिनु पर्थ्यो, बिहान ६ बजेदेखि राति ६ बजेसम्म खट्थ्यौं, आफै पढाउँथ्यौं, आफैं विद्यार्थी खोज्न जान्थ्यौं ।’ ‘कामप्रतिको प्यासन, डेडिकेशन र हाडवर्क’ यो गुण असल व्यवस्थापकमा हुनैपर्छ । यति भएन भने ऊ राम्रो व्यवस्थापक हुन सक्दैन, जसरी एउटा मूर्ति कुद्ने मूर्तिप्रति, गीत गाउने गीतप्रति समर्पित हुन्छ त्यस्तै व्यवस्थापन गर्ने व्यक्तिले पनि आफ्नो संस्थाप्रति समर्पित हुनुपर्छ, मिहिनेत नगरी केही हुँदैन ।’ खगेन्द्रले कलेज पढ्ने विद्यार्थी खोज्न धुलिखेल र बनेपा लगायत ठाउँका घर-घर चहारे । कसैको घरमा एसएलसी दिएको केटाकेटी छन् भन्ने सुनेपछि उनीहरूको घरमा जाने, अभिभावकलाई कन्भिन्स गरेर विद्यार्थी ल्याउने कार्यमा खगेन्द्रको टिम भिड्न थाल्यो । मिनभवन र शंकरदेव लगायतका कलेजमा गएर पनि त्यहाँका विद्यार्थीलाई आफ्नो कलेजमा पढ्न आग्रह गर्थे । भ्याली भ्यू स्कुल सञ्चालन गर्दा सुरुमा ८० जना विद्यार्थी थिए भने अहिले १६ सय बढी विद्यार्थी छन् । त्यतिबेला ग्लोबल कलेजमा ९०/१०० जना विद्यार्थी थिए भने अहिले कलेजमा तीन हजार विद्यार्थी प्लसटुमा मात्र छन् । सबै विद्यार्थी गरेर करिव ९ हजार विद्यार्थी छन् । विस्तारै जग्गा किन्दै भवनको संरचना निर्माण गर्दै अहिले कलेज १५ रोपनी जग्गामा छ । ‘म आफैं एकाउन्ट फाइनान्स पढाउने हुनाले व्यावसायिक योजना बनाउन सहयोग भयो, बजेट बनाउने काम आफैं गर्थें, योजना बनाएर बैंकलाई ऋणका लागि प्रस्ताव गरेपछि एक्सेप्ट भइहाल्थ्यो,’ उनी भन्छन्, ‘अहिले मलाई सजिलो छ, कतिपय बैंकमा आफ्नै साथी र विद्यार्थी सीईओ छन्, खुसी लाग्छ ।’ सबै स्थायित्व भइसकेपछि अब कम्पनी आईपीओमा जाने तयारी गरिरहेको छ । सुरुमै पब्लिकमा जाने योजना रहेपनि जान नसकेको बताउँदै खगेन्द्रले अब आईपीओमा जाने तयारी भइरहेको बताए । उनी भन्छन्, ‘कम्पनीको नाम पनि पब्लिक लिमिटेड राखेर सेयर मार्केटमा सुचिकरण गर्ने हो, भोलि पब्लिकमा गएपछि पनि अब कम्पनी बन्द हुँदैन भन्ने अवस्थामा त ल्याउनुपर्यो ।’ उनले अबको तीन वर्षभित्र आईपीओमा जाने योजना सुनाए । प्रोफेसनल एजुकेटर लिमिटेडमा ४ जना पब्लिक सेयरधनी र ७ जना प्रमोटर गरी ११ जनाको सञ्चालक समिति छ । कम्पनीमा पब्लिकमा नगएकाले ४ जना पब्लिकको सिट खाली छ भने बाँकी ७ जना निर्वाचित हुन्छन् । कुनै व्यवसाय राम्रो किसिमले अघि बढाउन सबैभन्दा पहिले त्यहाँको व्यवस्थापन राम्रो हुनुपर्ने खगेन्द्र बताउँछन् । उनी त्यसको लागि कसरी कामदारहरूलाई काम गरायो भने काम गर्छन् ? कस्तो वातारवरण दियो भने मोटिभेट हुन्छन् भन्ने विषयमा ध्यान दिनुपर्ने बताउँछन् । ‘एउटा त राम्रो पारिश्रमिक दिनुपर्यो, समयमै दिनुपर्यो, व्यवहार राम्रो हुनुपर्यो, कस्तो वातारण तयार पार्ने भन्ने विषयमा नेतृत्व सजक बन्नुपर्छ, तब मात्रै कम्पनी र नेतृत्व पनि सफल हुन्छ’- उनले भने । उनी विद्यार्थीलाई सिकाउँदा ५० प्रतिशत सिद्धान्त र ५० प्रतिशत सीप कसरी सिक्ने भनेर सिकाउनु पर्ने धारणा राख्छन् । यस्तो गर्ने हो भने व्यक्तिले जागिर गरेपनि वा आफ्नै काम गरेपनि राम्रो गर्न सक्ने उनको भनाइ छ । एउटा विद्यार्थीलाई स्कुलदेखि नै उसको जीवनमा चाहिने आधारभूत कुराहरूको सिकाइ विद्यालयबाटै हुनुपर्ने उनको भनाइ छ । हाम्रो शिक्षा जीवन उपयोगी हुनमा चुकेको उनी बताउँछन् । कसरी बन्ने अब्बल व्यवस्थापक ? हाल ‘प्रोफेसनल एजुकेटर लिमिटेड कम्पनी अन्तर्गत युनिग्लोबल स्कुल, काठमाडौं वर्ल्ड स्कुल, जीसीई ए लेवल कलेज सञ्चालित छन् । यी सबै स्कुल तथा कलेजको व्यवस्थापनको जिम्मा उनै डा. ओझाको काँधमा छ । उनले व्यवस्थापनको जिम्मेवारी पाएपछि यी सबैं संस्था अब्बल बनेका छन् । ‘व्यवसायको हिसावले मेरो मुख्य प्राथमिकता शिक्षा हो, मैले विद्यार्थी र शिक्षकसँग राम्रो व्यवहार गर्नुपर्यो, समस्या के छ ? अनुभव के मा छ, उनीहरू के चाहिरहेका हुन्छन् भन्ने कुरामा नेतृत्वले बुझ्न सक्नुपर्छ, त्यो बुझेर समस्याको समाधान गर्ने व्यक्ति नै अब्बल व्यवस्थापक हो,’ उनले भने । ‘कामप्रतिको प्यासन, डेडिकेशन र हाडवर्क’ यो गुण असल व्यवस्थापकमा हुनैपर्छ । यति भएन भने ऊ राम्रो व्यवस्थापक हुन सक्दैन, जसरी एउटा मूर्ति कुद्ने मूर्तिप्रति, गीत गाउने गीतप्रति समर्पित हुन्छ त्यस्तै व्यवस्थापन गर्ने व्यक्तिले पनि आफ्नो संस्थाप्रति समर्पित हुनुपर्यो, मिहिनेत नगरि केही हुँदैन ।’ (देशविकासबाट)  बैंकिङमा ‘बोल्ड’ बज्राचार्यः कडा स्वभाव, तत्काल निर्णय नेपालमा पाँच प्रकारका व्यवस्थापक; देशको खाँचो गगन प्रधान र मीनबहादुर गुरुङ्गजस्ताको बीमामा शिखर चुम्न सफल, नम्बर वानमा रहिरहने अठोट तीन दशकदेखि एउटै संस्थाको नेतृत्व हाँकिरहेका प्रभाकर, ‘पैसा र प्रख्यातिभन्दा प्लेटफर्म महत्वपूर्ण’ हामीले बैंक चलाए जसरी सरकारले देश चलाउन सक्यो भने धेरै अगाडि पुगिसक्थ्यौं : अध्यक्ष पौडेल  कक्षा र कार्यकक्षमा कुशल कुलमान १५ वर्षमै सीईओ, ‘सपनाको सिटिजन बनाउँछु’  शक्तिशाली कम्पनी हाँक्ने महिला : ‘चुनौतीसँग जुध्छु, प्रतिस्पर्धीसँग डराउँदिनँ’ विश्वासिला व्यवस्थापक, सिर्जनशील सल्लाहकार अप्रेशन र प्रशासनमा काबिल रीता, ‘तिलगंगा अझै चलाउँछु’ अटोमा अब्बल राजनबाबु, ‘सिप्रदीलाई ५० अर्बको बनाउँछु’ पैसा गौण, काम सर्वोपरि अग्रणी चिकित्सक, अब्बल व्यवस्थापक पायोनियर कम्पनीका युवा सीईओ, ‘डिजिटल रुपान्तरण नै आइएमईको लक्ष्य’