सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किए, एक विदेशी नागरिकको मृत्यु

काठमाडौं । सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मंगलबार बिहान अवतरण गर्ने क्रममा एयर डाइनेस्टी र फिस्टेल एयरका हेलिकोप्टरका पङ्खा एकआपसमा ठोक्किएपछि दुर्घटना भएको हो ।

प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरका अनुसार दुर्घटनामा एक विदेशी नागरिकको घटनास्थलमै मृत्यु भएको छ । मृतक कुन देशका नागरिक हुन् भन्ने भने खुल्न सकेको छैन ।

दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेलाई प्रभु एयरको हेलिकोप्टरमार्फत उद्धार गरी लुक्लास्थित अस्पताल पुर्याइएको प्रमुख जिल्ला अधिकारी थापा मगरले जानकारी दिएका छन् ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ। 

Share News