काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको १९७औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गरिएको वार्षिक वित्तीय विवरण स्वीकृत गर्दै उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले लाभांश वितरण प्रयोजनका लागि आगामी मंसिर ९ गतेदेखि २३ गतेसम्म सेयर दाखिला खारेज (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।
यसअनुसार मंसिर ८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीको प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।